आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको १८औँ दिन युक्रेनी राष्ट्रपतिले गरेको यस्तो खुलासाले विश्वभर तरङ्ग

प्रकाशित
0.9K
SHARES

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् ।

त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ। युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ।

रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।

त्यस्तै युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ। युक्रेनमाथि रुसी हमलाको १७औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो।

दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने।

युक्रेन राष्ट्रवादी आवासीय क्षेत्रमा विस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बन्चित भएको उनले बताए।

दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रवादीहरुले घेरा हालेको सहरमा लाखौं मानिस फसेको उनले बताए।

विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रवादीहरुले नियन्त्रणमा लिएका छन् , उनले भने। युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे।

यस्तै रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अ‌फ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेको बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो।

रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ। शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिब १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन्।

यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ। सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अप्नाएको बताएका छन्। यो दृष्टिकोण पहिलेको वार्ताविपरित भएको उनको भनाई छ।

भर्खर प्राप्त भएको समाचारमा रुसी सेनाले रास्ट्रपति जेलेन्स्की सहित राजधानी राजधानी किभलाई घेरा हालेपछि विश्वभर तरङ्ग पैदा भएको छ। राजधानी किभलाई रुसी सेनाले चारै तिरबाट घेरा हालेको छ। समाचारमा जनाइए अनुसार रास्ट्रपति जेलेन्स्की पनि रुसी सेनाको घेरा भित्र फसेका छन्।

रुसी फौज युक्रेनको राजधानी किभलाई सबै कुरा बाट सम्पर्क बिच्छेद गरिएको छ। उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभ पुगेको हो। चारैतीर बाट घेरा हालेर युक्रेनी सेनालाई आत्मसमर्पण गर्न माईकिङ्ग गरिरहेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अ‌ाफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेको बताइरहेका बेला रुसी सेनाले किभ घेराउ गरेको हो।

रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ। शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिब १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन्।

यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ। सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अप्नाएको बताएका छन्। यो दृष्टिकोण पहिलेको वार्ताविपरित भएको उनको भनाई छ।

युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ। राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ। रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ