आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

प्रकाशित
390
SHARES

साउदी। साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ। उनीहरू सबैलाई ‘घोर अ’प’रा’ध गरेकोमा दोषी ठहर गरिएको थियो, साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी एसपीएले जानकारी गराएको छ।

उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरू सहित ‘आ’तं’क’वा’दी संगठनहरू’ मा आवद्ध रहेको जनाइएको छ।

अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आ’क्र’म’ण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा ह’त्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा जनाइएको एसपिएले उल्लेख गरेको छ।

८१ जनामध्ये ७३ साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए। एसपीएका अनुसार मृ’त्यु’द’ण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए।

तेलका लागि विश्वकै धनी खाडी मुलुकमा विश्वकै सबैभन्दा धेरै मृ’त्यु’द’ण्ड दर छ। शनिबारको फैसलाले एक दिनमा राज्यमा यस पहिले उच्च रेकर्ड गरिएको सबैभन्दा धेरै मृ’त्यु’द’ण्ड र सन् २०२१ को कूल ६९ मृ’त्यु’द’ण्ड’लाई पनि पछि पारेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ