आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी धनाढ्यको निजी पानीजहाज इटाली प्रहरीको नियन्त्रणमा

प्रकाशित
243
SHARES

काठमाडौ। इटालीको वित्तीय प्रहरीले रुसी धनाढ्यको निजि पानीजहाज नियन्त्रणमा लिएको छ। इटालीको प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार रुसी धनाढ्य आन्दे्रई इगोरेभिच मेलिन्चेन्कोको विलासी पानीजहाज नियन्त्रणमा लिएको हो।

रुसले युक्रेनमा आक्रमण गरेपछि मेलिन्चेन्कोलाई युरोपेली युनियनले प्रतिबन्धको सूचीमा राखेको थियो। इटालीको प्रहरीले नियन्त्रणमा लिएको १४३ मिटरको ‘सेइलिङ याट ए’ को मूल्य ५३ करोड युरो बराबर रहेको जनाइएको छ।

नोबिस्क्रुग नामक कम्पनीले जर्मनीमा बनाएको यो पानीजहाज विश्वकै सबैभन्दा ठूलोमध्येको एक रहेको इटाली सरकारले जनाएको छ। मेलिन्चेन्को रासायनिक मल बनाउने युरोकेम ग्रुप र कोइला कम्पनी सुएकका मालिक रहेको जनाइएको छ।

यद्यपि उनले यही साता राजीनामा दिएको रोयटर्सले जनाएको छ। यता उनका प्रवक्ताले भने मेलिन्चेन्कोको कुनै राजनीतिक सम्बन्ध नरहेको र युक्रेनमाथि रुसी आक्रमणमा कुनै सरोकार नरहेको जनाएका छन्।

गएको साता यता इटालीको प्रहरीले रुसी धनाढ्यहरुबाट ७० करोड भन्दा धेरैको सम्पत्ति जफत गरेको त्यहाँका अर्थमन्त्री डानियल फ्राङ्कोले जानकारी दिएका छन्।

तेस्तै, युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रँदै गएको र धेरै सहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ। युक्रेनमाथि रुसी हमलाको १७औँ दिन शनिबार ‘विशेष सैन्य कारबाही’का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो।

दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भनेका छन्।

युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत्, पानी, खाद्यान्न र औषधिबाट वञ्चित भएको उनले बताए।

दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको सहरमा लाखौँ मानिस फँसेको उनले बताए।

विदेशीसहित लाखौँ मानिसहरूलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन्, उनले भने ।युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् ।

त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ। युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ।

रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ।फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्।राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ