आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमानस्थलमा आक्रमण, ६ जनाको घटनास्थलमै मृत्यु, थप बिबरण सहित

प्रकाशित
2.3K
SHARES

एजेन्सी। सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती ह’म’ला भएको छ। सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्या’न गएको छ। आ’त्म’घा’ती ह’म’ला’का’रीले गरेको ह’म’ला’मा परी ती नागरिकको ज्या’न गएको हो।

आ’क्र’म’ण विमानस्थलनजिकैको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको थियो। आ’क्र’म’ण’मा परी अरू नागरिक पनि घाइते भएका छन्। यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर आ’क्र’म’ण गराइएको प्रहरीले जनाएको छ।

सो आ’त्म’घा’ती आ’क्र’म’ण कसले र किन गराएको भन्नेबारे केही खुलेको छैन। सोमालिया सन् १९९० को दशकदेखि हिं’सा’को सिकार भएको छ। यहाँ हरेक महिनाजसो हिंसामा परेर कैयौँ नागरिकको ज्या’न जाने गरेको छ।

तेस्तै, सोमालियामा उग्रवादी समूहहरूविरुद्ध लडिरहेका मानिसले अफगानिस्तानको नियतिबाट पाठ सिक्नु आवश्यक छ। किनकि त्यहाँ पनि अफ्रिकन युनियन मिसन टु सोमालिया’अन्तर्गत रहेर अफगानिस्तानमा जस्तै राष्ट्र निर्माणको प्रक्रिया चलिरहेको छ।

विगत १४ वर्षदेखि अफ्रिकन देशहरूले अलकायदासम्बद्ध आतंककारी समूह अल सबाबविरुद्ध लड्नका लागि र सोमालियाको कमजोर सरकारलाई बचाउनका लागि पश्चिमको समर्थनमा युगान्डा, बुरुन्डी, जिबुटी, केन्या, इथियोपियालगायतका देशहरूबाट आयातीत सेना तैनाथ गरेका छन्। अमिसोमसँग नागरिक संस्थाहरूको पुनर्निर्माण गर्ने उद्देश्य बोकेका नागरिक तथा प्रहरी संगठनहरू पनि छन्।

तर, वर्षौँ लामो प्रयास र वार्षिक रूपमा करिब नौ सय मिलियन डलर खर्च गर्नुको बाबजुद सोमालियाको सरकार कमजोर र अलोकप्रिय छ। सहरी क्षेत्रबाट बल्लतल्ल हटाइएका इस्लामिक विद्रोहीहरूले अधिकांश ग्रामीण क्षेत्रहरू नियन्त्रणमा राखेका छन् र चाहेको वेला राजधानीमा विनाशकारी हमला गर्ने क्षमता पनि उनीहरूसँग छ।

अफगानिस्तानमा जस्तै अल सबाबलाई मोगादिसु तथा अन्य सहरहरूबाट हटाएपछि सोमालियाले आर्थिक उन्नतिसँग साक्षात्कार गर्न पायो। वर्ल्ड बैंकले अनुमान गरेअनुसार सन् २०१५ र १६ मा कुल गार्हस्थ्य उत्पादनमा पाँचदेखि ६ प्रतिशतसम्म वृद्धि भयो। तर, त्यो विकास सहरकेन्द्रित, उपभोगकेन्द्रित, दाताहरूद्वारा सहयोग गरिएको र सोमालियन प्रवासीहरूको विप्रेषणमा आधारित थियो।

असुरक्षा, राजनीतिक अस्थिरता, कमजोर संस्थाहरू, अपर्याप्त पूर्वाधार, व्यापक भ्रष्टाचार र व्यवसायका लागि प्रतिकूल वातावरणका कारण निजी क्षेत्रको विकास र विविधिकरण हुन सकेन। त्यसैले कम उत्पादकत्व भएका कृषि क्षेत्रमा रोजगारी केन्द्रित छ। गत वर्षको डुइङ बिजनेस सर्भेमा सोमालियाको र्‍यांक सबैभन्दा तल थियो।

अफगानिस्तानसँगको समानताहरू यतिमै सकिँदैनन्। सन् २००६ मा इथियोपियाविरुद्धको धार्मिक युद्ध घोषणा गरेपछि अमेरिकी समर्थनमा इथियोपियाले सोमालियामा आक्रमण गर्‍यो र युनियन अफ इस्लामिक कोर्टलाई सत्ताच्युत गर्‍यो। सो आक्रमणले शान्तिको क्षणिक झलक देखेको, केही मानिसहरूले भन्ने गरेको, सोमालियाको ६ महिने ‘स्वर्ण युग’को अन्त्य गर्‍यो।

युआइसी सोमालियका व्यापारीहरूद्वारा समर्थित इस्लामिक न्यायालयहरूको एउटा गठबन्धन थियो। यसले हिंसाका लागि कुख्यात मानिएकाहरूलाई शक्तिबाट हटाएर संगीत, सिनेमा र खेलकुदमाथि प्रतिबन्ध लगाउँदै महिलाहरूलाई बुर्का अनिवार्य गरेर तालिवानी शैलीमा इस्लामिक कानुनलाई संस्थागत गरेको थियो।

तर, उनीहरूले मोगादिशु सहरका गल्लीहरूमा तुलनात्मक रूपमा स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने र अमनचयनको वातावरणको सिर्जना गरेर सामान्य अवस्थाको झलक पनि दिएका थिए। विमानस्थल पुनः खुला गर्नुका साथै आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने कामहरू उनीहरूले गरे। इथियोपियाको आक्रमणपछि भने यस्तो अवस्थाको अन्त्य भयो।

युआइसी सशस्त्र समूह अल सबाबसँग जोडिन पुग्यो। यसले सन् २००९ मा इथियोपियाको सेना फिर्ता भएपछि सोमालियालाई नियन्त्रणमा लिएर युगाण्डा र बुरुन्डीलगायतका अन्तर्राष्ट्रिय शक्ति समर्थित संक्रमणकालीन संघीय सरकारलाई राजधानीका केही भवनहरूमा सीमित रहन बाध्य तुल्यायो।

फाइनान्सियल टाइम्सको ओपेडमा नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले अतिवादमाथि विजय प्राप्त गर्न वा समाज रूपान्तरणको सुनिश्चिता गर्न सैन्य शक्ति मात्र अपर्याप्त हुन्छ भन्ने पाठ अफगानिस्तान पराजयबाट अफ्रिकाले सिक्नुपर्छ भन्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘सरासर रूपमा गरिएको बल प्रयोगले आतंकलाई दबाउन सक्छ। तर, आतंकलाई दबाइनु नै यसको पुनरागमनको कारक बन्न सक्छ।’

उनी तर्क गर्छन्– आतंकवाद निर्मूलीकरणका लागि अफ्रिकाका लागि ‘तरबार होइन, हलोहरूमा अपनत्व’ आवश्यक छ। अर्थात् एउटा यस्तो आर्थिक साझेदारी जसले आममानिसलाई रोजगारीजस्ता वास्तविक लाभ प्रदान गर्दछ। उनले भनेका छन्, ‘हामीलाई जमिनमा सेनाका होइनन्, निर्माणकर्ताका बुटहरू आवश्यक छ।’

उनको विचारमा गम्भीर सत्यता भए पनि त्यो नै पूर्ण सत्य भने होइन। समस्याग्रस्त राष्ट्रहरूमा व्यापक आर्थिक वृद्धि र सुरक्षा पूर्वाधार निर्माणमा लगानी आवश्यक हुन सक्छ। तर, यो मात्रै पनि पर्याप्त हुँदैन। आधारभूत रूपमा अफगानिस्तान र सोमालियाजस्ता देशहरूमा सरकारप्रतिको विश्वसनीयताको अभाव छ।

सरकारका कामकारबाही र निर्णय प्रक्रियामा जनसहभागिता र उत्तरदायित्वको अभाव छ। छोटकरीमा भन्नुपर्दा वास्तविक लोकतन्त्रको अभाव छ। अमेरिकी सेनाका रूपमा अफगानिस्तामा लामो अनुभव संगालेका तथा हाल अमेरिकी सांसदका रूपमा रहेका जेक असिनक्लसले उनको पछिल्लो अन्तर्वार्तामा भनेका छन्, ‘तालिवानले २० वर्षअघिको भन्दा धेरै भिन्न अफगानिस्तानलाई नेतृत्व गर्दै छ ।

साक्षरतादर दुई गुणाले बढेको छ, शिशु मृत्युदर आधा घटेको छ, विद्युतमा पहुँच करिब तीन चार गुणाले बढेको छ, २० वर्षअघिको तुलनामा करिब १० गुणा बढी बालबालिका विद्यालय जान थालेका छन्, तिनीहरूमध्ये ४० प्रतिशत बालिका छन्। तालिवानहरूले साँच्चिकै सुधारिएको अफगानिस्तानको नेतृत्व गर्दै छन्।’

पश्चिमा नीति–निर्माताहरूका लागि प्रश्न, तालिवानले यी उपलब्धिहरूको रक्षा गर्छ कि गर्दैन भन्ने होइन। तर, यस्ता प्रगतिका बाबजुद पनि देश किन तालिवानको कब्जामा पुग्यो भन्ने हो। अन्तर्राष्ट्रिय हस्तक्षेपहरूले उत्तरदायित्व प्रदान गर्न निकै कम मात्र भूमिका खेल्छन् र भ्रष्ट अभिजात वर्गको भलाइका लागि काम गर्छन्।

त्यस्ता हस्तक्षेपहरूले जनतामा कि त अराजकताको पुनरागमनको सम्भावना छ भनेर त्रास पैदा गर्न सकिन्छ कि त आर्थिक विकास र अविश्वसनीय निर्वाचनका माध्यमबाट किस्तीमा दिइने सहभागिताको रूपमा आममानिसको विश्वास जित्न सकिन्छ भन्ने मान्यता राख्छन्। तर, अफगानिस्तानमा यो गलत साबित भइसकेको छ।

पूर्वपत्रकार सारा चायसले अमेरिकी हस्तक्षेपबारे तिखो प्रतिक्रिया दिँदै विस्तारमा बताएकी छिन्। उनले लेखेकी छिन्, ‘अफगानी जनता अफगान सरकारका लागि जोखिम मोल्न सक्ने अवस्थामा नै थिएनन्। जनइच्छाका मामिलामा अफगान सरकारले पनि उनीहरूसँग तालिवानले जस्तै शत्रुतापूर्ण व्यवहार गरेको थियो।

दुई दशकसम्म अफगानिस्तान र वासिंटनमा रहेका अमेरिकी नेतृत्वले यति सामान्य कुरा पनि बुझ्न सकेनन्। सो अवधिमा बैंकिङ प्रणालीका रूपमा ‘पोन्जी स्किम’, दलालीतन्त्र र व्यापक भ्रष्टाचार मौलायो।’सुरक्षा र अर्थतन्त्रमा सुधार ल्याउने आशा देखाएर उदार तथा पश्चिमी मूल्य–मान्यतामा पूर्ण रूपमा विश्वस्त व्यक्तिहरूका लागि उत्तरदायी संस्थाहरूमा व्यापार गर्ने ‘फास्टिएन बार्गेन’चरम महत्वाकांक्षी सम्झौताको आयु छोटो हुन्छ।

बाह्य हस्तक्षेपहरूले निर्वाचनलाई प्रभावित गर्न सक्ने र दण्डहीनताका माध्यमबाट सतही रूपमा शासन गर्ने नेताहरूलाई स्थापित तथा संरक्षण गर्छ। सत्तामा आएपछि त्यस्ता नेताहरूले स्थिरताभन्दा पनि अस्थिरतालाई बढावा दिन्छन् र उनीहरू समस्या समाधानका माध्यमभन्दा पनि समस्याको अंश बन्न पुग्दछन्। यो नै अफगानिस्तानको असली सबक हो। अहिले सोमालियालाई सघाइरहेकाहरूले पनि यसप्रति ध्यान दिनु आवश्यक छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ