आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतले शक्तिशाली मिसाइल पाकिस्तानमा खसाल्यो, के छ अबस्था ? थप जानकारी सहित

प्रकाशित
1.3K
SHARES

काठमाडौं। भारतीय शक्तिशाली मिसाल पाकिस्तानमा खसेपछि खैलाबैला मचिएको छ।  पाकिस्तानमा बुधबार खसेको एउटा उच्च गतिको मिसाइल गल्तीले प्रहार भएको भारतले स्वीकार गरेको छ।

भारतको रक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नियमित मर्मतसम्भार क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश मिसाइल खसेको उल्लेख गरेको हो।  तर पाकिस्तानले भने यसलाई नियोजित भनेको छ।

पाकिस्तानले उक्त घटनाबारे भारतीय राजदूतसँग सोधपुछ गरेपछि रक्षा मन्त्रालयबाट यस्तो प्रस्टीकरण आएको भारतीय अनलाइन स्क्रोल डटइनले लेखेको छ। घटनाप्रति माफी माग्दै रक्षा मन्त्रालयले भनेको छ।

यो दुर्घटनाबाट मानवीय क्षति नभएकाले हामीलाई राहत महसुस भएको छ।यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयको विज्ञप्तिमा छ।यसअघि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा एक उच्च गतिको भारतीय मिसाइल प्रवेश गरेको,

र त्यो मिसाइल खानेवाल जिल्लाको मिया चन्नु सहरनिर खसेको जनाएको थियो।यो मिसाइल भारतको हरियाणास्थित सिर्साबाट प्रहार गरिएको पाकिस्तानको दाबी छ।भारत र पाकिस्तान दुवै आणविक शक्तिराष्ट्र हुन्।

पाकिस्तानी सशस्त्र बलका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले पत्रकार सम्मेलन गर्दै बुधबार राति ६:४३ बजे एक ‘उच्च गतिको उड्ने वस्तुु भारतीय भूमिबाट पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको बताएका थिए।

‘त्यो उड्ने वस्तु सुरूको दिशाबाट अचानक मोडिएर पाकिस्तानी भूमिमा प्रवेश गरेको थियो,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानको हवाई क्षेत्र सीमाभित्र प्रवेश गरेर ६:५० बजे त्यो वस्तु मिया चन्नुनिर खस्यो।

मानवीय क्षति नभए पनि पाकिस्तानी हवाई सीमा उल्लंघनको उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै मेजर जनरल इफ्तिखारले यस्तो घटना कसरी भयो भन्नेबारे भारतले जवाफ दिनुपर्ने बताएका थिए।

‘उच्च गतिको त्यो वस्तु जुन हवाई मार्गबाट उडेको थियो, त्यसले भारत र पाकिस्तान दुवैतर्फको हवाई क्षेत्रमा उड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई गम्भीर खतरामा पारेको थियो। यसबाट मानवीय क्षति र धनमाल नष्ट हुने ठूलो जोखिम थियो, उनले भने।

पाकिस्तानको वायुसेनाले उक्त मिसाइल १२ हजार मिटर उचाइमा उडेको र जमिनमा खस्नुअघि पाकिस्तानी हवाई क्षेत्रमा १२४ किलोमिटरसम्म भित्र प्रवेश गरेको जनाएको छ।

मिसाइलको गति क्षमता ध्वनिको गतिभन्दा तीन गुणा बढी भएको पनि पाकिस्तानी वायुसेनाले भनेको छ। पाकिस्तानको विदेश विभागले यस विषयमा भारतीय राजदूतसँग गम्भीर आपत्ति जनाएको पनि स्क्रोल डटइनले लेखेको छ।

तेस्तै, पाकिस्तानले भारतलाई आफूलाई कमजोर नसोच्न चेतावनी दिएको छ। गत वर्ष भारत-पाकिस्तानबीच भएको युद्धविराम सम्झौतालाई लिएर भारतीय सेना प्रमुख एमएम नरवाणेको अभिव्यक्तिलाई लिएर पाकिस्तानले यस्तो चेतावनी दिएको हो।

सेना प्रमुख नरवाणेले बिहीबार पाकिस्तानसँग वार्ता हुनुको कारण भारत बलियो अवस्थामा हुनु रहेको उल्लेख गरेका थिए। यसको जवाफमा पाकिस्तानले सम्झौतालाई कसैको पनि कमजोरीको रुपमा नलिन सुझाव दिएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार नरवाणेको अभिव्यक्तिपछि पाकिस्तानी सेनाका प्रवक्ता बाबर इफ्तिखारले यस्तो जवाफ दिएका हुन्। पाकिस्तानी सेनाका प्रवक्ताले कुनै पनि सम्झौताले कसैको शक्ति नदेखिने बताए।

सम्झौतामा सबै पक्ष बराबर हुने उनको भनाइ छ।उनले भने, ‘भारतीय सेना प्रमुखले गरेको दाबी पूर्णरुपमा भ्रामक छ।​ युद्धविरामको सम्झौता यसकारण भएको थियो कि पकिस्तानलाई एलओसीको दुवैतर्फ रहेका मानिसको सुरक्षाको चिन्ता छ।

कसैले पनि यसलाई आफ्नो शक्ति वा अर्कोको कमजोरीको रुपमा लिन हुँदैन।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यदि भारतले पाकिस्तानमा एयरस्ट्राइक गरेमा त्यसको जवाफ त्यही आक्रामकताका साथ दिइने बताएका छन्।

कतारको समाचार च्यानल अल जजीरालाई दिएको एक अन्तरवार्तामा इमरान खानले भने ‘यदि भारतको फासीवादी बिजेपी सरकारले यस्तो गर्यो भने मलाई डर छ कि दुई परमाणु शक्तिहरु आमने सामने हुनेछन्।

अल जजीरालाई दिएको अन्तरवार्तामा इमरान खानले भारत र पाकिस्तानबीच परमाणु युद्धको सम्भावनाबारे भने ‘यदि भारतले एयर स्ट्राइक गर्छ भने त्यसको जवाफ त्यही आक्रामक तरिकाले दिइनेछ जसरी फेब्रुअरी २०२९ मा दिइएको थियो।

बिजेपीको फासीवादी सरकार यदि यस्तो किसिमको हमला गर्छ भने, जस्तो उसले पहिले पनि गरिसकेको छ, मलाई डर छ कि दुई परमाणु शक्तिहरु आमने सामने हुनेछन् र यसको परिणाम भयावह हुनेछन् । कुनै कट्टर दिमागले मात्र यस्तो सोच्न सक्छ।

इमरान खानले भारतीय जनता संवेदनशील र समझदार भए पनि उनीहरुमाथि राज भने कट्टरपन्थीहरुले गरिरहेको बताए। भारत प्रशासित कश्मीरबारे कुरा गर्दै उनले भने ‘हालत जेलजस्तै छन्।

सेनाको डरको छायामा ८० लाख कश्मीरी खुला जेलमा बस्न बाध्य छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषददेखि इस्लामिक देशको फोरममा समेत आफूले कश्मीरको मुद्दा उठाएको बताउँदै उनले कश्मीरको मुद्दा हरेक मञ्चमा उठाउने बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ