आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक राजिनामा दिने प्रधानमन्त्रीको घोषणा

प्रकाशित
561
SHARES

काठमाडौँ। प्रधानमन्त्रीले एकाएक राजिनामा दिने घोषणा गरेका छन्। उनको यस्तो घोषणाले देशभर तरङ्ग पैदा भएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले एकाएक यस्तो दिने घोषणा गरेका हुन् ।

उनले आगामी मार्चमा आफ्नो कार्यकाल सकिएपछि पदबाट राजीनामा दिने बताएका छन्।चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको वरिष्ठताको रोलक्रममा दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन्।

म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो, पत्रकार सम्मेलनमा उनले भने।आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी जिनपिङ पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।

सन् २०१५ चीनले राष्ट्रपति पद धारण गर्नेका लागि दुई कार्यकालको सीमा हटाउन आफ्नो संविधान संशोधन गरेको थियो । पार्टी नेताहरुले आगामी प्रधानमन्त्री छनौट गर्न सक्छन् ।

तेस्तै, चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ।

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिबेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो। राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुटयाइएको हो ।

यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो । एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ।संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ

र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ

सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो। यो सन् २०२० मा भएको ६।६ प्रतिशत वृद्धिभन्दा बढी थियो।

तेस्तै, चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो ।

तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ। चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए । एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्वपूर्ण अंश भएको उनले बताए ।

‘हामी ताइवान स्ट्रेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौं’, प्रधानमन्त्री लीले भने, ‘स्वतन्त्र ताइवान चाहने जुनसुकै विखन्डकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छों । ’

उनले अगाडि थपे, ‘ताइवान स्ट्रेटको दुबै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ ।

यता भरतमा भने पाँचवटा राज्यमा भएको विधानसभा चुनावमा पञ्जाबमा आम आदमी पार्टीले जित हासिल गरेको छ। अन्तिम समयमा आम आदमी पार्टीले एक व्यक्तिमाथि बाजी खेल्यो र उनको जादु पञ्जाबमा चल्यो ।

उनले पञ्जाबमा यस्तो ‘झाडू’ प्रयोग गरे कि उनले काँग्रेस र शिरोमणि अकाली दलजस्ता दुई प्रमुख दलहरूलाई बढारे। अरविन्द केजरीवालले पन्जाबको मुख्यमन्त्री घोषित गरेको व्यक्तिको नाम भगवन्त मान हो।

भगवन्त मानको जन्म १७ अक्टोबर १९७३ मा भारतको पञ्जाब जिल्लाको सङ्गरुर जिल्लाको सन्तोज गाउँमा भएको थियो। उनले सस कलेज सङ्गरुर पञ्जाबबाट बीकम गरेका छन् । स्नातक गरेपछि मान जागिर वा व्यापारबाट टाढा रहे । उनी केही फरक गर्न चाहन्थे।

भगवन्त मानले हास्य कलाकारको रूपमा आफ्नो करियरको सुरुवात गरे । उनले थुप्रै स्टेज शो र फिल्ममा काम गरेर नाम कमाए । भगवन्त मान सुरुदेखि नै आम आदमी पार्टीको अङ्ग थिएनन् ।

मानले मनप्रीत सिंह बादलको पञ्जाब पिपुल्स पार्टीबाट आफ्नो राजनीतिक पारीको शुरुवात गरेका थिए । उनले सन् २०१२ मा लहरा विधानसभा सीटबाट प्रतिस्पर्धा गरेका थिए तर पराजित भएका थिए। त्यसपछि मनप्रीत काँग्रेस र भागवत मानले आम आदमी पार्टीमा सामेल भए।

सन् २०१७ को पञ्जाब विधानसभा चुनावमा भागवत मानले जललाबाद विधानसभा सिटबाट पञ्जाबका तत्कालीन उपमुख्यमन्त्री तथा शिरोमणि अकाली दलका नेता सुखबीर सिंह बादलविरुद्ध प्रतिस्पर्धा गरेका थिए।

तर, उनले सुखबीर सिंहविरुद्ध पराजय भोगे । मनले सन् २०१९ मा सङ्गरुर सिटबाट लोकसभा चुनाव लडेका थिए। त्यहाँ एक लाख भन्दा बढी मतले पनि विजयी भएका थिए ।भगवन्त मान सन् २०१७ मा आपको पञ्जाब इकाईको प्रमुख बनेका थिए।

उनले सन् २०१८ मा लागु औषधको आरोप र मानहानी मुद्दापछि पदबाट राजीनामा दिएका थिए। तर पछि उनले केजरीवालको आग्रहमा फेरि पद स्वीकार गरेका थिए ।जानकारी अनुसार भगवन्त मानमाथि रक्सी खाएर संसदमा पुगेको आरोपसमेत लागेको थियो।

यो विवादका कारण सन् २०१९ मा उनले आम आदमी पार्टीको जनसभामा अब कहिल्यै रक्सी नपिउने शपथ लिएका थिए । भगवन्त मानले इन्दरप्रीत कौरसँग विवाह गरेका थिए । यद्यपि यी दुई सन् २०१५ मा छुट्टिएका थिए । उनीहरूका दुई जना छोराछोरी छन्।

एक अन्तर्वार्तामा उनी आफैँले राजनीतिको कारण आफ्नो परिवारलाई समय दिन नसकेको स्वीकार गरेका थिए । यही कारणले गर्दा उनको पत्नीसँग निरन्तर विवाद भइरहन्थ्यो । पछि आपसी सहमतिबाट आफूहरू अलग भएको उनको भनाइ थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ