आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले पार्टी कार्यालय ध्वस्त, थप जानकारी सहित

प्रकाशित
3.9K
SHARES

काठमाडौँ। एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरेर खरानी बनाएका छन्।

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन्।

सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन्।

सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए। संघीय राजधानी काठमाडौंलगायतका स्थानमा बन्दको प्रभाव नदेखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने प्रभाव देखिएको थियो।

सोमबार बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा,

सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन्।

हस्ताक्षर भएको चार वर्षपछि र संसद्‌मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता सोमबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। यसबीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ।

तेस्तै, जनता समाजवादी पार्टी जसपा संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा। बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन्।

शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन्।

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उनले बताएका छन्।

तर माओवादीले यस्ता मुद्दामा पनि अवसरवादी नीति अख्तियार गरेको भन्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो।

हालै एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी के कति कारणले एमाले र माओवादी केन्द्रभन्दा भिन्न भन्ने अझै प्रष्ट भइनसकेको उनले बताएका छन्।

राप्रपा शक्तिले सानो भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको भन्दै भट्टराईले लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्ने प्रोपगाण्डाहरुप्रति चनाखो रहनुपर्ने बताएका छन्।

लोकतान्त्रिक समाजवाटी पार्टीको विचार, सिद्धान्त र एजेण्डा प्रष्ट नभएको, प्रतिगमनलाई साथ दिने कि नदिने मतभेदमा जसपाबाट फुटेर गएको भन्दै उनले भनेका छन्,

ओली सरकारको दुइ-दुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न।

विवेकशील–साझा पार्टीको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको भट्टराईको विश्लेषण छ।

उनले प्रतिवेदनमा भनेका छन्, यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूलबाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो।

उनीहरुसँग संवाद र सहकार्य गर्न सकिन्छ। जनमत पार्टीको वास्तविक राजनीतिक अभिष्ट के हुन् भन्ने अझै प्रष्ट नभएको उनले बताएका छन्। स्वतन्त्र मधेश’ को नाराबाट यो पार्टीको नेतृत्व चर्चामा आउको र ओली सरकारसँग आत्मसमर्पण गरेको भन्दै,

उनले भनेका छन्, यसले हाम्रो पार्टी र मधेशसरकारविरुद्ध अनेक अवाञ्छित र झुठा प्रोपागण्डा गरेको छ। त्यसको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ