आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई अर्को झट्का, एकाबिहानै सुन्नु पर्यो नमिठो खबर

प्रकाशित
825
SHARES

काठमाडौ। एकाबिहानै प्रचण्डले नमिठो खबर सुन्नु परेको छ। एमसीसी पास गरेको भन्दै चर्चित नेता कार्यकर्ताले साथ छोड्ने क्रम जारि रहेको छ। यसै क्रममा कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर विष्टले पदबाट राजीनामा दिएका छन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क बाट निर्वाचित बिष्टले शुक्रबार राजीनामाको घोषणा गरेका हुन्। उनले प्रदेश सांसदबाट राजीनामासँगै माओवादी केन्द्र पनि त्यागेको घोषणा गरेका छन्।

विष्ट संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि असन्तुष्ट बनेका थिए। माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ।

पार्टीभित्र बसेर एमसीसीको विरोध गर्दा आफ्नो आवाजको सुनुवाइ नभएको, प्रतिशोध साँध्ने र जनतामा भ्रम छर्ने काम भएकाले माओवादी नै छाडेको उनले उल्लेख गरेका छन्।

विष्टले माओवादी केन्द्र, प्रदेशसभाको सांसद पद र माओवादी केन्द्र संसदीय दलको सचेतकबाटसमेत राजीनामा दिएको उल्लेख गरेका छन्।शुक्रबार नै प्रदेशसभाका सभामुख राजबहादुर शाहीलाई उनले राजीनामा पत्र बुझाएको उनी निकट स्रोतले जनाएको छ।

राजीनामा पत्रमा बिष्टले गठबन्धनका नाममा राष्ट्रघाती सम्झौता गरिएको, माओवादी सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा रमाएको र प्रदेश सरकार पनि असफल भएको आरोप लगाएका छन्।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि चलखेल गरेर जनतामा भ्रम छर्ने काम गरेकाले माओवादीबाट अलग भएको उनको भनाइ छ।

कर्णालीमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेशसभामा बस्न उचित नलागेको बताएका छन्।साथै पछिल्ला समय नेतृत्वले जनयुद्ध, सहिद, घाइते, बेपताका आफन्त र,

जनआन्दोलनको भावनाविपरीत काम गरेर निराशा पैदा गरिएको आरोप लगाएका छन्। शुक्रबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका छन्।

कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी नभएका विष्टले काठमाडौंबाटै राजीनामा दिएका हुन्। आफूलाई मन्त्री नबनाइएकोमा पनि विष्ट यसअघि असन्तुष्ट थिए।

तेस्तै, नेकपा माओवादी केन्द्रले उम्मेदवारको मोटामोटी टुंगो लगाएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवारहरुको टुंगो लागेको हो।

माओवादीले १ महानगर, ४ उपमहानगर र एक सय बढि नगरपालिकामा दावि गरेको छ। चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीसमेत गरिसकेको अवस्थामा माओवादीले महानगरपालिकाको उम्मेदवार छनोट गरेको छ।

अहिले पनि माओवादी मेयर रहेको भरतपुर महानगरपालिकामा अध्यक्ष प्रचण्डले फेरी पनि रेणु दाहाललाई मेयर बनाउने भएका छन्। यसका लागि प्रचण्डने नेपाली कांग्रेससँग सहमति गरिसकेका छन्।

आउँदो बैशाखमा हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गर्ने भएको छ। गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गठबन्धन गर्ने सहमति बनेको उच्च स्रोतको दाबी छ।

उक्त भद्र सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने भएको छ। भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्र लिने लिने मोटामोटी सहमति बनेको छ।

पोखरा महानगरपालिका माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी लिने र वीरगञ्ज महानगरपालिका भने उपेन्द्र यादव नेतृत्वको जसपाले लिने सहमति बनेको छ।

अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा छ। यो महानगरपालिकामा सबैको ध्यान हुनुको कारण अहिले एमालेले पनि यसलाई प्रतिष्ठाको विषय बनाउनु हो।

प्रचण्डले भने भरतपुर महानगरपालिकामा रेनुलाई नै निरन्तरता दिन चाहेका छन् । रेनुले धेरै राम्रो काम गरेको भन्दै पार्टी पँक्तिबाट पनि प्रशंसा भैरहेको छ। खासगरी रेनुले महानगरको मुहार फेर्नेगरि काम गरेको भन्दै अन्य दलका नेताहरुले पनि प्रशंसा गरिरहेका छन्।

प्रचण्डले गठबन्धनका नेताहरुसँग पनि रेनुलाई नै निरन्तार दिन चाहेको बताईसकेका छन्। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सकारात्मक जवाफ दिएको चर्चा छ।

माओवादीले अरु पालिकाको पनि उम्मेदवार छानिसकेको छ। तर भागभण्डा नमिलेकाले सार्वजनिक नगरेको प्रचण्ड निकट श्रोतको भनाई छ। भागवण्डा मिल्ने वित्तिकै उम्मेदवारको नामावली सार्वजनिक गर्ने माओवादीको तयारी छ।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली बोलेका छन्। गठबन्धन भत्किन सक्ने दिशातीर संकेत गर्दै प्रचण्डले ओलीले भनेजस्तै एक्काएक्लै लड्न तयार हुनपर्ने बताएका हुन्।

उनले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै,

अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ भन्ने टुंगो पनि छैन, आफ्नै शक्तिमा चुनाव लड्ने गरी तयारी थाल्नुस्’ कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले भने।

एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको प्रचण्डको दाबी छ। एमसीसीका कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता र व्यवस्थापिकामाथि हमला गरिदै थियो। तर, हामीले गर्दा त्यसो हुन पाएन, उनले भने।

एमसीसीका कारण चर्चामा आएको गठबन्धन निर्वाचनसम्म रहने या नरहने अझै टुंगो नभए पनि निर्वाचनसम्म लैजाने प्रयास भने रहने अध्यक्ष प्रचण्डले बताए। प्रचण्डले भने, केही मतभेदहरू भए पनि एउटै फोरमबाट निष्कर्षमा पुग्ने गरी अगाडि बढेका छौं।

प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाविरुद्ध माओवादी लडेर सफल भएको बताए। ओलीले हिम्मत भए एक्लाएक्लै चुनाव लडेर देखाउन चुनौति दिइरहेका छन्।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धन भत्काउने पक्षमा छैनन्। प्रचण्ड ओलीसँग मिले कम्युनिस्ट गठबन्धन गर्नसक्ने भन्दै देउवा गठबन्धन टिकाइराख्ने पक्षमा छन्। त्यही भएर पनि प्रचण्डको यो बोलीले देउवा झस्किएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ