आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुर्खेत पुगेका प्रचण्डले ढुङ्गा मात्र खाएनन्, ठूलो धोका पनि खाए

प्रकाशित
1.9K
SHARES

सुर्खेत।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)लाई कार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन्। पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेको भन्दै एक युवाले फुलोरबाट ढुङ्गा हानेका थिए।

कार्यकर्तालाई प्रवाले ढुङ्गा हानेको कार्यक्रममा सहभागी एक नेताले बताए। तर प्रहरीले भने यस्तो केही घटना नघटेको जनाएको छ।

प्रचण्ड सुर्खेत पुगेका बेलामा ठूलै नेताले पार्टी परित्याग गरेका छन्। कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर विष्टले पदबाट राजीनामा दिएर पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (क) बाट निर्वाचित बिष्टले शुक्रबार राजीनामाको घोषणा गरेका हुन् । उनले प्रदेश सांसदबाट राजीनामासँगै माओवादी केन्द्र पनि त्यागेको घोषणा गरेका छन्।

विष्ट संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि असन्तुष्ट बनेका थिए। माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ।

पार्टीभित्र बसेर एमसीसीको विरोध गर्दा आफ्नो आवाजको सुनुवाइ नभएको, प्रतिशोध साँध्ने र जनतामा भ्रम छर्ने काम भएकाले माओवादी नै छाडेको उनले उल्लेख गरेका छन्।

विष्टले माओवादी केन्द्र, प्रदेशसभाको सांसद पद र माओवादी केन्द्र संसदीय दलको सचेतकबाटसमेत राजीनामा दिएको उल्लेख गरेका छन्।शुक्रबार नै प्रदेशसभाका सभामुख राजबहादुर शाहीलाई उनले राजीनामा पत्र बुझाएको उनी निकट स्रोतले जनाएको छ।

राजीनामा पत्रमा बिष्टले गठबन्धनका नाममा राष्ट्रघाती सम्झौता गरिएको माओवादी सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा रमाएको र प्रदेश सरकार पनि असफल भएको आरोप लगाएका छन्।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि चलखेल गरेर जनतामा भ्रम छर्ने काम गरेकाले माओवादीबाट अलग भएको उनको भनाइ छ।

कर्णालीमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेशसभामा बस्न उचित नलागेको बताएका छन्। साथै पछिल्ला समय नेतृत्वले जनयुद्ध, सहिद, घाइते,

बेपताका आफन्त र जनआन्दोलनको भावनाविपरीत काम गरेर निराशा पैदा गरिएको आरोप लगाएका छन्।शुक्रबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका छन्।

कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी नभएका विष्टले काठमाडौंबाटै राजीनामा दिएका हुन्। आफूलाई मन्त्री नबनाइएकोमा पनि विष्ट यसअघि असन्तुष्ट थिए।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली बोलेका छन्। गठबन्धन भत्किन सक्ने दिशातीर संकेत गर्दै प्रचण्डले ओलीले भनेजस्तै एक्काएक्लै लड्न तयार हुनपर्ने बताएका हुन्।

उनले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ भन्ने टुंगो पनि छैन, आफ्नै शक्तिमा चुनाव लड्ने गरी तयारी थाल्नुस्’ कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले भने।

एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको प्रचण्डको दाबी छ। एमसीसीका कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता र व्यवस्थापिकामाथि हमला गरिदै थियो। तर, हामीले गर्दा त्यसो हुन पाएन, उनले भने।

एमसीसीका कारण चर्चामा आएको गठबन्धन निर्वाचनसम्म रहने या नरहने अझै टुंगो नभए पनि निर्वाचनसम्म लैजाने प्रयास भने रहने अध्यक्ष प्रचण्डले बताए। प्रचण्डले भने, ‘केही मतभेदहरू भए पनि एउटै फोरमबाट निष्कर्षमा पुग्ने गरी अगाडि बढेका छौं।

प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाविरुद्ध माओवादी लडेर सफल भएको बताए। ओलीले हिम्मत भए एक्लाएक्लै चुनाव लडेर देखाउन चुनौति दिइरहेका छन्।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धन भत्काउने पक्षमा छैनन्। प्रचण्ड ओलीसँग मिले कम्युनिस्ट गठबन्धन गर्नसक्ने भन्दै देउवा गठबन्धन टिकाइराख्ने पक्षमा छन् । त्यही भएर पनि प्रचण्डको यो बोलीले देउवा झस्किएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ