आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक बालुवाटार छिरे विप्लव, एजेन्डा सुनेपछि देउवा चकित

प्रकाशित
2.1K
SHARES

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ। केही दिनदेखि काठमाडौँमा बसेको बैठक आज सम्पन्न भएको हो।बैठकमा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा पार्टीको भुमिका, तीन बुँदे सहमतिपछि पार्टीको अवस्था,

पक्राउ परेका नेताहरुको रिहाई र झुठा मुद्धा खारेज लगायतका एजेण्डामा रहेर छलफल भएको थियो। छलफलपछि पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईका लागि महासचिव विप्लव र प्रकाण्डले विशेष पहल गर्ने निर्णय भएको नेकपा श्रोतले जनाएको छ।

उक्त जिम्मेवारी अनुसार बैठक समापन भएको केही समयमा नै नेताहरु छलफलमा केन्द्रीत भएका छन्। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड तीन बुँदे सहमति कार्यान्वन गर्नका लागि दवाव दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्न प्रकाण्डसहित बालुवाटार पुगेका हुन्। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री देउवाले पनि शान्त वातावरणमा चुनाव सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर चासो राखेका थिए।

छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ।यसअघि विप्लवले गृहमन्त्री खाणसँग छुट्टै भेटेर नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल गरेका थिए ।

छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए। गृहमन्त्री खाणले प्रक्रिया पुर्‍याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाई गर्न पहल गर्ने बताएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)लाई कार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् । पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेको भन्दै एक युवाले फुलोरबाट ढुङ्गा हानेका थिए ।

कार्यकर्तालाई प्रवाले ढुङ्गा हानेको कार्यक्रममा सहभागी एक नेताले बताए । तर प्रहरीले भने यस्तो केही घटना नघटेको जनाएको छ ।प्रचण्ड सुर्खेत पुगेका बेलामा ठूलै नेताले पार्टी परित्याग गरेका छन् ।

कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर विष्टले पदबाट राजीनामा दिएर पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (क) बाट निर्वाचित बिष्टले शुक्रबार राजीनामाको घोषणा गरेका हुन् । उनले प्रदेश सांसदबाट राजीनामासँगै माओवादी केन्द्र पनि त्यागेको घोषणा गरेका छन्।

विष्ट संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि असन्तुष्ट बनेका थिए। माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ।

पार्टीभित्र बसेर एमसीसीको विरोध गर्दा आफ्नो आवाजको सुनुवाइ नभएको, प्रतिशोध साँध्ने र जनतामा भ्रम छर्ने काम भएकाले माओवादी नै छाडेको उनले उल्लेख गरेका छन्।

विष्टले माओवादी केन्द्र, प्रदेशसभाको सांसद पद र माओवादी केन्द्र संसदीय दलको सचेतकबाटसमेत राजीनामा दिएको उल्लेख गरेका छन्।शुक्रबार नै प्रदेशसभाका सभामुख राजबहादुर शाहीलाई उनले राजीनामा पत्र बुझाएको उनी निकट स्रोतले जनाएको छ।

राजीनामा पत्रमा बिष्टले गठबन्धनका नाममा राष्ट्रघाती सम्झौता गरिएको, माओवादी सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा रमाएको र प्रदेश सरकार पनि असफल भएको आरोप लगाएका छन्।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि चलखेल गरेर जनतामा भ्रम छर्ने काम गरेकाले माओवादीबाट अलग भएको उनको भनाइ छ।

कर्णालीमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेशसभामा बस्न उचित नलागेको बताएका छन्। साथै पछिल्ला समय नेतृत्वले जनयुद्ध, सहिद, घाइते,

बेपताका आफन्त र जनआन्दोलनको भावनाविपरीत काम गरेर निराशा पैदा गरिएको आरोप लगाएका छन्। शुक्रबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका छन्।

कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी नभएका विष्टले काठमाडौंबाटै राजीनामा दिएका हुन्। आफूलाई मन्त्री नबनाइएकोमा पनि विष्ट यसअघि असन्तुष्ट थिए।

 

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ