आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी सेना नेपाल आउने हल्ला चलेपछि गृहमन्त्री खाँणले दिए अनौठो प्रतिक्रिया

प्रकाशित
1.3K
SHARES

काठमाडौ। अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सैन्य सम्झौता नभएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले एमसीसी राजनीतिक र प्रशासनिक समझौता पनि नभएको स्पष्ट पारे।

एमसीसी नेपाल सरकारसँग सहमति भएर अघि बढेको हो। यो कुनै सैन्य सम्झौता होइन। राजनीतिक र प्रशासनिक सम्झौता पनि होइन। यो सम्झौता विकास साझेदारीको हो,’ गृहमन्त्री खाँणले भने।

एमसीसी खासगरी नेपालको गरिवी निवारण, वेरोजगारी निवारण, आर्थिक गतिविधि बढाउने, भौतिक पूर्वाधारको बढाउने उदेश्यले आएको उनले जनाए।

विद्युत प्रसारणलाइन विस्तार गरेर जनताको घरदैलोमा पुर्याउने र बढी भएको विद्युत छिमेकी देशलाई बेच्ने यसको उदेश्य रहेको उनले बताए।विजुलीको तारबाट कुनै पनि देशको सेना आउन सक्दैन।

विजुलीको तारबाट विजुली नै आउँछ, गृहमन्त्री खाँणले भने, ‘विगतका दिनमा लोडसेडिङ्ले घर÷उद्योग चलाउन असहजता थियो, यो असहजता हटाउन एमसीसी ल्याइएको हो।

नेपालमा ठूला आयोजना बन्ने बेलामा जहिले पनि उक्त आयोजनाको विरोधमा एउटा जनमत सृजना गरिने उनले सुनाए। यस्तो जनमत कृतिम हुने पनि उनले जनाए। नेपालमा ठूला आयोजना बन्ने बेलामा जहिले त्यो आयोजनाको विरोधमा एउटा जनमत सृजना गरिन्छ।

कृतिम जनमत सृजना गरिन्छ । निर्णय गर्ने अधिकारी, पदाधिकारीलाई त्यसले दुविधामा ल्याउँछ, उनले भने। आजभन्दा २० वर्ष अघि पनि अरुण विद्युत परियोजनामा त्यस्तै दुविधा उत्पन्न भएको उनले बताए ।

जसको कारण परियोजना अघि बढाउन नसकिएको उनले जनाए। अरुण परियोजना अघि बढ्न नसक्दा देशले अन्धकार व्यहोर्नु परेको उनले बताए। यसकारण अहिले एमसीसी प्रस्ताव पास गरेको हो, उनले भने।

एमसीसी टेन्डरका लागि तयार बस्न देउवाको आग्रह: प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब चाडै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने छ।

भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हु्न्। एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन्।

मैले यसमा उतर दिनुपर्छ। तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो। यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् तयार रहनुस्’ देउवाले भने।

योसँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन्।

शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ ९एफक्यान० को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

तेस्तै,आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्।

माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।

एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा। मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए। रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन्।

अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिएका थिए। माओवादीले आगामी स्थानीय प्रदेशसँगै संघीय निर्वाचनमा पनि गठबन्धन बनाएरै अघि जानु पर्ने नीति लिएको छ।

तर कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन गर्ने विषयलाई हात्तीको कानमा चमेराको बास भन्ने व्याग्य गरेका थिए। कांग्रेसका महामन्त्री गगन थापा, नेता डा। शेखर कोइराला लगायतका शीर्ष नेताहरु

गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने पक्षमा उभिदै आएका छन्। मंगलवार कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए।

सत्ता सहयात्री दल कांग्रेसबाट अपमान हुने अभिव्यक्ति आएपछि प्रचण्डले माओवादीकै कारण कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएकाले अपमानित हुने अभिव्यक्ति नदिन चेतावनी दिएका थिए।

पार्टीको वागमती प्रदेशस्तरीय विस्तारित बैठकलाई गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सह्य नहुने चेतावनी दिए।

कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पुर्याएको बताउदै उनले गठबन्धनविरुद्धका अभिव्यक्ति र माओवादी केन्द्र तथा नेकपा एसलाई अपमान गर्ने कुरा सैह्य नहुने बताए।

हामीलाई अपमान सैह्य हुन्न। अघिल्लो चुनावकै परिणाम हेर्ने हो भने पनि प्रत्यक्षतर्फ कांग्रेसभन्दा हाम्रो १० सिट बढी छ। त्यस्तो पार्टीलाई उचालेर सिंहासनमा राख्दा अहिले उसले हाम्रो अपमान गर्ने रु यस्तो सैह्य हुन्न। प्रचण्डले भने।

कांग्रेसका केही नेताले त्यस्तो अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने प्रचण्डले कार्यकर्तालाई विश्वास दिलाए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ