आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचन आयोग र दलहरूबीच सर्वदलीय बैठक सुरु

प्रकाशित
272
SHARES

काठमाडौ। स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ। आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन्।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट बनेको छ।

जनप्रतिनिधि पदमा बहाल रहँदा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन। यी विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुँदैछ।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन्।

निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए। एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे।

एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ। तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, अरु देशका पनि आउँछन्। चीनका पनि आउन सक्छन् । तर, तपाइँहरु टेन्डर हाल्नुहोस् र पानुहोस्।

गृहमन्त्री बालकृष्ण खाँणले सरकारको सोच व्यवसायीलाई दुःख नभएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए।

तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन। नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन। वातावरण सहज बनाइदिने हो।

निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए ।निर्माण व्यवसायी देशका धरोधर हुन्। कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ