आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले गरे एकाएक आपतकाल घोषणा

प्रकाशित
1.4K
SHARES

काठमाडौ। प्रधानमन्त्रीले एकार्क आपतकाल घोषणा गर्ने भएका छन्। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन्।

न्यु साउथ वेल्स एनएसडब्ल्यु र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ। रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन्।

बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै मानिसले संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन्। मोरिसनको घोषणा – राष्ट्र पहिलो– ले संघीय अधिकारीलाई यसबारे प्रत्यक्ष हस्तक्षेप गर्न अनुमति दिनेछ।

उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गरेका हुन्। उनले ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए। बाढीका कारण यहाँ ४ जनाको मृत्यु भएको छ।यहाँ जे देखिएको छ, त्यसले मुटु छियाछिया पारेको छ।

तपाईंले यसलाई हेर्नुपर्छ, यसलाई सुँध्नुपर्छ, महसुस गर्नुपर्छ,’ उनले भने। यस्तै यता युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै सबै सतर्क हुनुपर्छ समेत भनेको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी झुटो भएको पनि बताएकी छन्।

उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको स्पष्ट चाल भएको उनको भनाइ छ।उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने,

जोखिमबारे आफूहरू निकै चिन्तित रहेको बताएका छन्।विशेषगरी रुसले गैरपरम्परागत अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ।

त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ, तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ।

तेस्तै, रुसी आक्रमण बाहेक अर्को एउटा ‘गम्भीर’ आक्रमणसँग जुध्दै युक्रेनी युवा: युक्रेनमा रुसको आक्रमण जारी छ। यही बीचमा सामाजिक संजालमा आफ्नो देशसँग जोडिएका गलत जानकारी र अराजकतासँग सम्बन्धित खबरहरुका बीच युक्रेनमा रहेका एक युवाका लागि यो कस्तो अनुभव हो ? कट्रिना युक्रेनको राजधानी किभमा बस्थिन्।

उमेर केवल २४ वर्ष छ। गएको बिहीबार किभमा जब एक जोरदार विष्फोट भयो त्यसपछि उनी डराएर उठिन् । त्यसपछि जब उनले सोसल मिडिया खोलिन् उनले एकपछि अर्को यस्ता अपडेट पाइन् जो निकै डरलाग्दा थिए।

उनले मलाई बताइन् कि त्यो विष्फोटका ब्युँझिएपछि र सामाजिक संजालमा ती पोस्ट पढेपछि पहिलो काम उनले यो गरिन् कि आफ्नो साथीको साथमा फटाफट आफ्नो सामान बाँधिन् र बेसमेन्टमा गइन्।

अहिले उनी लभिएभभन्दा केही पर आफ्नो गृहनगरमा छिन् र आफ्ना पुरुष मित्र, छिमेकीहरु र आफ्नो पाल्तु कुकुरसँग लुकेकी छिन्। उनी भन्छिन् ‘लुकेपछि जब मैले सोसल मिडिया हेरें यो मेरो लागि डरलाग्दो थियो।

उनका अनुसार उनको इन्स्टाग्राम फिड र स्टोरीमा युक्रेनमा रुसको आक्रमण सम्बनधी पोस्ट मात्रै थिए। धेरैजसो पोस्ट डरलाग्दा थिए। उनका साथीहरुले पनि केही वास्तविक पोस्ट राखेका थिए। तर केवल तथ्यगत पोस्टहरु थिएनन् धेरै फेक जानकारी पनि थियो।

इन्स्टाग्राम र टिकटक जस्ता अकाउन्टमा कैयौं यस्ता पोस्ट थिए जसमा दावी गरिएको थियो र युक्रेन–रुसको युद्ध ‘वास्तविक’ होइन यो केवल ‘एक धोका’ हो।

कट्रिना भन्छिन् ‘यस्तै एक अकाउन्टलाई मैले ब्लक गरिदिएँ तर त्यसलाई ब्लक गरेलगत्तै एक अर्की केटीको प्रोफाइल फोटोको साथ अर्को अकाउन्टबाट मलाई म्यासेज आउन थाले। यो प्रोफाइलबाट रुसी भाषामा लेखिएको थियो।

ट्रोलरहरु निकै सक्रिय रुपमा काम गरिरहेका छन्। खास कुरा यो हो कि उनीहरु पूरै युक्रेनमा महिलाहरुसँग अलग अलग किसिमले सम्पर्क पनि गरिरहेका छन्।

बलीना १८ वर्षकी छिन्। उनले पनि कैयौं यस्ता पोस्ट भेटिन् जसलाई पढेपछि उनी त्रसित भइन्। उक यस्तै पोस्टमा रुसीहरुको तर्फबाट दावी गरिएको थियो कि दक्षिण पूर्वी युक्रेनमा जेपोरिज्ज्याको आसपासको क्षेत्र नष्ट हुनेवाला छ।

यद्यपि यो हल्ला झुटो थियो। अलीना जतिबेला मसँग कुरा गरिरहेकी थिइन्, आफ्नो बेडरुममा थिइन्। उनी रातभर हुने हवाइ फायरिङ र आक्रमणबाट थाकिसकेकी छिन्।

मसँग कुरा गर्दै उनले भनिन् कि आक्रमणबाट जे नोक्सानी भइरहेको छ त्यो त छ नै तर च्याट एपहरु जस्तो कि टेलिग्राम र अन्य सोसल मिडिया प्लेटफर्ममा फैलिएका हल्लाले पनि त्रास उत्पन्न गरिरहेका छन्।

उनी भन्छिन् ‘रुसीहरु खासगरी हाम्रो च्याट खोज्छन् र माहीलाई लेख्छन् कि कहीँ विष्फोट भइरहेको छ। कसैले लेख्छ कि फलानो ठाउँमा विष्फोटको सूचना छ । कसैले त्यही जानकारीलाई झुटो बताउँछन्।

उनले टेलिग्राममा एउटा अर्को भिडियो देखेकी थिइन् जसमा भनिएको थियो कि उनको गृहनगर नजिकै एयरपोर्टमा बम विष्फोट भएको छ। तर यो विष्फोट उनको गृहनगरमा होइन मारियुपोलमा भएको थियो।

तर, फेक खबरहरु यहीँसम्म सीमित छैनन्। २०२० मा बेरुतमा भएको भयानक विष्फोटका फुटेज पनि तीब्र रुपमा शेयर गरिएका छन्। बेरुत विष्फोटको फुटेजलाई युक्रेन आक्रमणको भनेर टिकटक र अन्य सोसल मिडियामा शेयर गरिएको छ। यी भिडियो क्लिप लाखौं पटक हेरिएका छन्।

मार्टा २० वर्षकी छिन् र अहिले उनी बेलायतमा फसेकी छिन्। उनी यहाँ साथीहरु भेट्न आएकी थिइन् त्यही बेला युद्ध सुरु भयो। उनका अनुसार उनले सिरिया र इराकका भिडियो देखेकी छिन् जसलाई युक्रेनको बताएर सोसल मिडियामा पोस्ट गरिएको छ। उनका अनुसार टिकटक र अन्य सामाजिक संजालमा पोस्ट गरिएका यी भिडियो देखेर उनी डराएकी छिन् र केही हदसम्म आक्रोशित पनि छिन्।

जुन तीन महिलाहरुसँग हामीले कुरा गर्यौं उनीहरुका अनुसार उनीहरु यो स्थितिमा आफूलाई एउटा अर्को युद्धसँग पनि जुधिरहेको पाएका छन्। एक यस्तो युद्ध जो सामाजिक संजालमा जारी छ र जसको कुनै सीमा छैन।

मार्टा भन्छिन् ‘सोसल मिडियामा धेरै यस्ता पोस्ट छन् जसमा युक्रेनलाई झुटो भनिएको छ। केही भिडियो यस्ता पनि छन् जसमा युद्धको लागि युक्रेनलाई जिम्मेवार मानिएको छ र रुसको महिमामण्डन गरिएको छ। केही भिडियोमा यो दावी गरिएको छ कि युद्धको स्थिति जानीजानी रोजिएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ