आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेन खरानी हुने निश्चित भएपछि अन्तत: अमेरिकाले गरिदियो यस्तो खुलासा

प्रकाशित
2.4K
SHARES

एजेन्सी। युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै “हामी सबै सतर्क हुनुपर्छ” समेत भनेको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी “अनर्गल” भएको बताएकी छन्।

उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको “स्पष्ट चाल” भएको पनि बताएकी छन्।

उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू “निकै चिन्तित” रहेको बताएका छन्।

विशेषगरी रुसले गैर-परम्परागत अर्थात् नन्-कन्भेन्सनल’ अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ। त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ।

तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ। हामीलाई चिन्तित बनाउने उपयुक्त कारण छ, एक पश्चिमी अधिकारीले भने।

तेस्तै, युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ। रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ।

गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ। आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि ‘नो फ्लाई जोन’ अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ।

एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्। सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेटर मार्को रुबिओले नो फ्लाई जोनको अर्थ “तेस्रो विश्वयुद्धको शुरूवात” हुने सीएनएन टेलिभिजनसँग भने।

“नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ, उनले थपे।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे।

तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए।वार्ताको टेबुलमा म कुनै विषय छोड्दिनँ,” उनले थपे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ