आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो आयो भारतिय चुनावको ताजा मत परिणाम

प्रकाशित
485
SHARES

काठमाडौ। भारतका पाँचवटा राज्यमा विधानसभाका लागि भएको मतदानको मतगणना जारी छ। उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, मणिपुर र गोआमा जारी मतगणनाले सत्तारूढ भारतीय जनता पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूमा खुशी ल्याएको छ।

प्रमुख प्रतिपक्षी काङ्ग्रेस आईले पनि लज्जाजनक हार बेहोर्ने देखिएको छ। उत्तर प्रदेश‚ उत्तराखण्ड‚ पञ्जाव‚ गोवा र मणिपुरमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा र एउटामा आम आदमी पार्टी विजयी भएको हो।

उत्तर प्रदेश‚ उत्तराखण्ड‚ गोवा र मणिपुरमा भाजपा विजयी भएको छ। तेस्तै पञ्जावमा आम आदमी पार्टीले जित हासिल गरेको छ। उत्तर प्रदेशमा रहेको कुल ४०३ सिटमध्ये भाजपाले २७० सिटमा जित निकालेको छ भने समाजवादी पार्टीले १२८ सिट प्राप्त गरेको छ।

सन् २०१७ मा उत्तर प्रदेशमा भएको विधान सभा निर्वाचनमा भाजपाले ३२५ सिटमा जित हासिल गरेको थियो भने समाजवादी पार्टीले ५४ सिट प्राप्त गरेको थियो । सरकार बनाउन उत्तर प्रदेशमा २०३ सिट जित्नुपर्ने हुन् ।

यसैगरी उत्तराखण्डमा भाजपा ४८ सिटको जित निकालेको छ। उसलाई पछ्याउँदै कांग्रेसले १८ सिट प्राप्त गरेको छ। सन् २०१७ को निर्वाचनमा उत्तराखण्डमा भाजपाले ५७ सिटमा जित हासिल गरेको थियो भने कांग्रेसले ११ सिट प्राप्त गरेको थियो।

सरकार बनाउन उत्तराखण्डमा ३६ सिट जित्नुपर्ने हुन्छ। यसैगरी गोवामा भाजपाले २० सिट प्राप्त गरी विजयी भएको छ। कांग्रेसले भने १२ सिटमा जित हासिल गरेको छ।

सन् २०१७ को चुनावमा गोवामा भाजपाले १३ सिटमा जित निकालेको थियो भने कांग्रेसले ३० सिट जितेको थियो। सरकार बनाउनका लागि गोवामा २१ सिट जित्नुपर्ने हुन्छ।

पञ्जावमा भने आम आदमी पार्टी (आप) दुई तिहाई सिटका साथ विजयी भएको छ । सन् २०१७ मा २० सिटमा सीमित भएको आप अहिलेको चुनावमा ९२ सिटमा जित निकालेको हो ।

उसलाई पछ्याउँदै कांग्रेसले १८ सिट प्राप्त गरेको छ । पञ्जावमा यसअघिको निर्वाचनमा कांग्रेसले ७७ सिटमा जित निकालेको थियो । सरकार गठन गर्नका लागि पञ्जावमा ५९ सिटमा जित निकाल्नुपर्ने हुन्छ ।

योसँगै भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पारेको छ ।

त्यस्तै मणिपुरमा पनि भाजपा ३० सिटको जित निकालेको छ । यसअघिको चुनावमा मणिपुरमा भाजपाले २१ सिटमा जित हसिल गरेको थियो । सरकार बनाउनका लागि मणिपुरमा कुलमध्ये ३१ सिट जित्नुपर्ने हुन्छ ।

भारतको पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ । विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले पन्जाबका ११७ सिटमध्ये ८९ सिटमा अग्रता लिएको छ ।

यो रुझानले आम आदमीले दिल्लीपछि पन्जाबमा पनि सरकार बनाउने संकेत देखिएको हो । यही अवस्था कायम रहे आपले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

यसअघि पन्जाबमा कांग्रेसको सरकार थियो । यस निर्वाचनमा कांग्रेस १३ सिटमा अगाडि देखिएको छ । भाजपाले जम्मा ५ सिटमा अग्रता लिएको छ ।

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने अन्य दलहरुभन्दा भाजपा अगाडि छ । उत्तरप्रदेशमा भाजपासहितको गठबन्धन २४८, समाजवादी पार्टी (सपा) गठबन्धन १०८, कांग्रेस ८, बसपा ८ र अन्य दल ४ सिटमा अगाडि छन् ।

उत्तराखण्डमा भाजपा ४०, कांग्रेस २६, आम आदमी १ र अन्य पार्टी ३ सिटमा अगाडि छन् ।गोवामा भाजपा २०, युपीए गठबन्धन १३, टिएमसी ४, आम आदमी १ र अन्य २ सिटमा अगाडि छन् । मणिपुरमा भाजपा २६, कांग्रेस १३, एनपीएफ ७, एनपीपी ५ र अन्य दल ९ सिटमा अगाडि छन् ।

भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् ।

उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रीय छन् । विधानसभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदामी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए ।

सर्वेक्षणहरुमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो । विधानसभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरु अगाडि छन् ।

भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधानसभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ। निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ