आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको १५ औँ दिन रुसले गरेको यस्तो घोषणाले विश्वभर तरङ्ग

प्रकाशित
1.1K
SHARES
Russia Syria

काठमाडौ। आफ्नो सुरक्षाविरुद्ध गएपछि रुसले युक्रेनमाथि हमला सुरु गरेको आज १५ दिन पुगेको छ । युक्रेनबाट २५ लाखभन्दा बढी नागरिक पलायन भइसकेका छन् । रुसी सेनाले खार्किभलगायत मुख्य शहर नियन्त्रणमा लिइसकेका छन् ।

रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो आरणविक ऊर्जा केन्द्र र तेस्रो ठूलो केन्द्र नियन्त्राणमा लिइसकेको छ। रुसी सेनामाथि हमला भइरहेका क्षेत्रहरमा हमला जारी भइरहेका छन् । रुसले फसेका नागरिकलाई बाहिर निकाल्न युद्धविराम समेत गरिरहेको छ ।

त्योसँगै अन्य क्षेत्रमा हमला पनि जारी छन् । दोस्रो विश्व युद्धमा हिटलरको सेनासँग लडेर जोगाएका युक्रेनको राजधानी किभलाई रुसी सेनाले घेराउ गरेको छ । पत्रकार राजेश पावरका अनुसार रुसले किभलाई ध्वस्त गर्न चाहँदैन ।

अन्य क्षेत्रमा हमला गरी दवाव दिएर युक्रेनी सेनालाई गलाउन चाहन्छ । किभमा दोस्रो विश्व युद्धको बेला ज्यान गुमाउने शालिक छन् । त्यसमा सबैभन्दा धेरै सोभियत सेनाको ज्यान गएको थियो ।

रुसी सेनाका हजारौं ट्याक्र तत्कालिन सोभियत संघ (कम्युनिस्ट) काे झण्डा फराउँदै किभ घेर्न अघि बढिरहेका दृश्य अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा देखिएका छन् ।

सोभियत कालमा यो झण्डा फराउँदै सेना अघि बढ्यो भने विश्व नै डराउने अवस्था थियो । यो झण्डाको पहिचना सोभियत सेना संसारकै सबैभन्दा शक्तिशाली सेना हो भन्ने पनि हो ।

सन् १९९१ मा साेभियत संघ ढलेपछि पुनः रुसी सेनाले हँसिया हथाैडा अंकित रातो कम्युनिस्ट झण्डा फराउँदै अघि बढेको छ । कम्युनिस्ट झण्डा बोकेको सेनासँग फेरि नेटो र इयूमा संलग्न देशहरु एक पटक फेरि डराएका छन् ।

रुसले युक्रेनमा हमला गर्नुअघि त्यसको प्रतिवाद गर्ने धम्की दिएका अमेरिकासहितका देशहरु अहिले डराएपछि पछि हटेका छन् । रुसी सेनासँग अमेरिकासहित यसका सहयोगी देशहरु डराएको देखेर कच्चा राजनीतिज्ञ जेलेन्स्की आफ्नो बालहठबाट पछि हटेका छन् ।

उनले रुसका तीनवटा सर्त मान्न तयार भएका छन्।  नेटोमा सहभागी नहुने, क्रिमियालाई रुसको अंग मान्न सैद्धान्तिक सहमति, पूर्व युक्रेनका दोनियस्क र लुहांस्कलाई स्वतन्त्र राज्य मान्न तयार हुनुपर्ने मागमा जेलेन्स्की छलफल गर्न तयार भएका छन्।

पटक पटक अनुनय विनय गर्दा पनि नेटो र ईयूको सदस्यता नदिएपछि जेलेन्स्कीले अब भिक नमाग्ने घोषणा गरेका छन्। तर, आज भएको विदेशमन्त्री स्तरिय वार्तामा खासै सहमति भएन। टर्कीमा भएको दुबै देशले आआफ्नो नेतृत्वसँग छलफल गरेर दोस्रो चरणमा वार्तामा बस्ने सहमति गरेका छन्।

जेलेन्स्कीको ‘जनताको नोकर’ पार्टीले अब अमेरिकासहित पश्चिमा देशहरुको भन्दा रुसको साथमा लाग्नुपर्ने निर्णय गरिसकेको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन्। यु द्धमा एक्लै छोडेपछि जेलेन्स्की पनि रुससँग झुक्नैपर्ने अवस्थामा पुगेको पत्रकार राजेश पावर बताउँछन्।

युक्रेनमा भोलोदिमिर जेलेन्स्की राष्ट्रपति निर्वाचित भएदेखि नै रुसविरुद्ध अमेरिका र इयूसँग मिलेर गतिविधिमा लागेको रुसको दाबी छ । नेटोको सदस्य बन्न निवेदन दिएपछि रुसले त्यसलाई शान्तिपूर्ण रुपमा रोक्न खोजेको थिए ।

तर, कमेडियन कलाकार समेत रहेका राष्ट्रपति जेलेन्स्कीले त्यसलाई टेरेनन् र नेटो र ईयूको सदस्य बन्ने प्रयास गरिरहे, पूर्व क्षेत्रमा अधिकारको लागि आवाज उठाउने नागरिकमाथि दमन गरिरहे । यो उनको कच्चा नेतृत्व क्षमताका कारण भएको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् ।

तेस्तै,रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा नागरिकहरूलाई “तथाकथित स्थल प्रतिरक्षा फौज” ले “बन्दी” बनाएको र उनीहरूलाई “मानवढाल”का रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।युक्रेनी समकक्षीसँग टर्कीमा भेट गरेपछि बोल्दै उनले त्यसो भनेका हुन।

युक्रेनी विदेशमन्त्रीसँगको भेटमा “मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता” बारे छलफल भएको उनले बताए।उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरेका छन्।

युद्धमा रहेका दुई देशका विदेशमन्त्रीहरू छुट्टाछुट्टै पुगे।युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबालाई उनका टर्किस समकक्षीले स्वागत गरेपछि रुसका सर्गेई लाभ्रोभ आइपुगे। यी वार्तामा व्यापक रुचि छ।

पत्रकार सम्मेलनस्थल आन्ताल्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू भरिभराउ छन्।वार्ताहरू बन्द कोठाभित्र भएको थियो र दुवै प्रतिनिधिमण्डलले त्यो सकिएपछि पत्रकार सम्मेलन गरेका छन्।

तर वार्ताबाट अपेक्षाहरू निकै कम छन्।कुलेबाले समेत त्यसै ठानेका छन्। उनले सफलता लाभ्रोभले मस्कोबाट पाउने ‘निर्देशनमा’ निर्भर रहने बताएका छन्।

क्रेमलिनले केही दिनअघि प्रस्तुत गरेका सङ्केतबारे निकै अनुमान भए जसलाई कसैले रुसी अडानको सम्भावित लचिलोपनका रूपमा व्याख्या गरेका छन्।यद्यपि त्यो फगत आशा हुनसक्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ