आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनले भर्खरै रुसी क्षेत्रमा भीषण मिसाइल आक्रमण गर्यो, भिडियो सहित

प्रकाशित
2.6K
SHARES

काठमाडौं। रुसले युक्रेनमा भीषण आक्रमण गरिरहेका बेला युक्रेनले उल्टै रुसमाथि भीषण मिसाइल आक्रमण गरिदिएको छ। मिसाइल आक्रमणपछि भएको एक शक्तिशाली विष्फोटले रुस समर्थित पृथकतावादी नियन्त्रित लुहान्स्क सहरलाई हल्लाइदिएको छ।

रिपोर्टका अनुसार एक तेल डिपोमा मिसाइल आक्रमण भएको थियो। मिसाइलको विष्फोट र संग्रह गरेर राखिएको तेलमा समेत एकैचोटी आगो लाग्दा यो विष्फोट निकै भयानक भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार यो भयानक विष्फोटको आवाज लुहान्स्क सिटी सेन्टरसम्म सुनिएको थियो। स्थानीय समयअनुसार बिहान ६ बजेर ५५ मिनेटको समयमा भएको विष्फोटले तेल डिपोमा आगो लागेको छ।

यो आक्रमणको एउटा भिडियो सार्वजनिक भएको छ। विष्फोटपछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो। यो विष्फोटमा कसैको ज्यान गएको वा घाइते भएकोबारे स्पष्ट जानकारी छैन। आपतकालीन सेवाले आगो नियन्त्रण गर्न प्रयास गरिरहेको छ।

लुहान्स्क पिपुल्स रिपब्लिकका प्रमुख सल्लाहकार रोडियन मिरोशनिकले युक्रेनी बलले तेल डिपोमा मिसाइल आक्रमण गरेको आरोप लगाएका छन्। लुहान्स्क क्षेत्रमा रुस समर्थित पृथकतावादीको नियन्त्रण छ।

आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिएका थिए। तेस्तै,रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले बताएको छ।

उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए।लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे।

युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए। कसले के भने? कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताए।

उनले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुन: भेट्न तयार रहेको बताएका छन्। म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु।

लाभ्रोभले “मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता” बारे छलफल भएको बताए।उनले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्‍याउँदै “तथाकथित स्थल प्रतिरक्षा फौज” ले त्यसो गरेको बताए।

कुलेबाले भने – दुईवटा कार्यलाई प्राथमिकता दिनुपर्छ, मारिओपोलबाट मानिसहरूलाई अन्यत्र जान दिने निकासमार्ग र २४ घण्टे युद्धविराम।लाभ्रोभले क्रेम्लिनका निर्णयकर्तासम्म त्यो कुरा पुर्‍याउने अपेक्षा व्यक्त गरे।

रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ थियो। लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाए।

युक्रेनस्थित एउटा अस्पतालमा गरिएको रुसी आक्रमणबारे भइरहेको निन्दाबारे प्रतिक्रिया दिँदै उनले विश्वभरि सार्वजनिक मतलाई प्रभावित पारिएको दाबी गरे।

उनले रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने बताउँदै आफ्नो देशल यो सङ्कटबाट मुक्त हुने दाबी गरे।तेस्तै,रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा नागरिकहरूलाई “तथाकथित स्थल प्रतिरक्षा फौज” ले “बन्दी” बनाएको,

र उनीहरूलाई “मानवढाल”का रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।युक्रेनी समकक्षीसँग टर्कीमा भेट गरेपछि बोल्दै उनले त्यसो भनेका हुन्।युक्रेनी विदेशमन्त्रीसँगको भेटमा “मानवीय विषयबारे,

टर्कीका मित्रहरूले लिएको अग्रसरता” बारे छलफल भएको उनले बताए। उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरेका छन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ