आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसले एकाएक अमेरिकालाई समेत संकटमा पार्यो

प्रकाशित
1.2K
SHARES

काठमाडौं। २०१५ को परमाणु सम्झौतालाई बहाल गर्ने कोसिसलाई युक्रेन संकटका कारण पहिले नै झट्का लागिसकेको थियो। यही बीच रुसले एउटा शर्त राखिदिएको छ जसबाट पश्चिमी देशहरुको संकट बढेको छ।

रुसले माग गरेको छ कि प्रतिबन्धको असर रुस र इरानबीचको व्यापारमा नहुने अमेरिकाले ग्यारेन्टी गरोस्। युक्रेनमा गरेको आक्रमणका कारण पश्चिमी देशले रुसमाथि निकै कडा प्रतिबन्ध लगाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसका विदेशमन्त्री सर्गेइ लावरोभले पश्चिमी देशहरुको प्रतिबन्धको कारण इरानसँगको परमाणु सम्झौता बाधित भएको आरोप लगाएका छन्।

रुसको यो शर्तको कारण अमेरिकाका ती कोसिसहरुलाई झट्का लाग्न सक्छ जसअनुसार अमेरिकाले इरानको समस्या छिटो सुल्झाउने प्रयास गरिरहेको थियो।

यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुसमाथि प्रतिबन्ध युक्रेनमा आक्रमण गरेका कारण लगाइएको र यसलाई इरानसँग परमाणु सम्झौतासँग जोड्नुको मतलब नभएको बताएका छन्।

ब्लिंकेनले सबिीएस न्यूजलाई दिएको अन्तरवार्तामा भने दुवै विषय बिल्कुलै अलग हुन् र यिनीहरुलाई साथमा जोड्न सकिँदैन। इरानसँग सम्झौता हुने नजिकै छ तर कैयौं चुनौतीपूर्ण मुद्दा अझै हल हुन बाँकी छ।

समाचार एजेन्सी रोयटर्ससँग इरानका एक अधिकारीले बताएअनुसार तेहरानले रुसको स्पष्टीकरणको प्रतिक्षा गरिरहेको थियो। ती अधिकारीले भने रुसले अमेरिकासँग लिखित ग्यारेन्टी मागेको छ।

रुस चाहन्छ कि इरानसँग व्यापार, लगानी र सैन्य प्रविधि सहयोगमा प्रतिबन्ध नरहोस्। रुस जे चाहन्छ त्यसलाई बुझ्नुपर्ने आवश्यकता छ। तेस्तै,युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्रपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन्।

उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन्। यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए।

जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थिय। सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन।

उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए। उनले भने, मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ।

सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस्। रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए।

तेस्तै, मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ।

युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्।

युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ