आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुस र युक्रेनबीच एकाएक भयो यस्तो सहमति, चीन र अमेरिकासमेत दंग

प्रकाशित
1.8K
SHARES

काठमाडौँ। सारा विश्वको ध्यान केन्द्रित गरिरहेको रुस र युक्रेनबिचको युद्धबारे अर्को खबर बाहिरिएको छ। उक्त खबरपछि विश्वमा एक किसिमको तरंग नै पैदा गरिदिएको छ।

रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न प्राप्त भएको छ। मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ।

जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् । उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ।

आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना वि’स्फोटमा परेका समाचारमा जनाइएको छ। मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ ।

रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो ।यस शहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ।यस्तै युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यतानलिने बताएका छन् ।

रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।उनी दुुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् ।

जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो । यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो ।

रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।

नेटोलाई खतरा मान्छ रुस:  रुसले छिमेकी मुलुक युक्रेन नेटोमा समावेश होस् भन्ने चाहँदैन। रुस नेटोको विस्तारलाई एक खतराको रुपमा हेर्छ। किनकी उ आफ्नो ढोकामा नयाँ पश्चिमी सहयोगीको सेना चाहँदैन ।

दुुई क्षेत्रमा सम्झौताको संकेत:  युक्रेनमा हमला गरेर विश्वलाई तरंगित बनाउन पूर्व पुटिनले पूर्वी युक्रेनमा रहेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र घोषित गरेका थिए । अब पुटिन चाहन्छन् कि युक्रेनले उसलाई स्वतन्त्र देशको मान्यता दिनुपर्छ।

यो सम्बन्धमा जेलेन्स्कीले आफू वार्ताका लागि तयार भएको बताएका छन्। त्यस्तै रुसले युक्रेनमा आक्रमण बन्द गर्न आफू तयार भएको जनाएको छ।

यद्यपी रुसले आक्रमण बन्द गर्नपूर्व युक्रनले आफ्ना सर्तहरु मान्नुपर्ने जनाएको छ। यसैहप्ताको सोमबार मात्र रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए।

हामी तत्काल युक्रेनमा आक्रमण बन्द गर्छौं तर युक्रेनले केही सर्तहरुको पालना गर्नुपर्छ।’पेस्कोभका अनुसार युक्रेनले तत्काल रुसी सेनाविरुद्ध आक्रमण बन्द गर्नुपर्छ, संविधानमा बदलाव ल्याउनुपर्छ।

तटस्थता स्थापना गर्नुपर्छ, क्राइमियालाई रुसी क्षेत्रको रुपमा मान्यता दिनुपर्छ र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनुपर्छ।

युक्रेनमा आक्रमण गरेपछि रुसले पहिलोपटक स्पष्ट रुपमा आफ्नो बयान सार्वजनिक गरेको हो। यी सर्तहरु मानेको खण्डमा मात्र रुसले युक्रनमा आक्रमण रोक्ने विषय युक्रेनलाई पहिल्यै ज्ञात भएको पेस्कोभको भनाइ छ।

सो क्रममा रुसले युक्रेनको एक इन्च जमिन पनि नचाहिएको पेस्कोभले बताए। उनका अनुसार युक्रेनले विदेशी गठबन्धनलाई युक्रेनमा घुस्न दिन बन्द गर्नुपर्छ।

वास्तवमा युक्रेनको संविधानमै युक्रेन नेटो गठबन्धनमा संलग्न हुनेछ भनेर उल्लेख गरिएको छ। यो संविधानमा बदलाव ल्याएर युक्रेनले तटस्थताको सिद्धान्त पालना गर्नुपर्ने रुसको प्रमुख सर्त हो।

युक्रेन पूर्व रुस अर्थात् सोभियत संघको राज्य थियो। सन् १९९१ मा सोभियत संघको पतनपछि युक्रेन अलग राष्ट्र बनेको थियो। रुसले युक्रेन र पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई रुचाउँदैन। सोही कारण यतिबेला युक्रेनमा रुसले आक्रमण गरेको हो।

रुसले स्पष्ट रुपमा नेटोलाई युक्रेन सो संगठनमा आवद्ध नहोस् भन्ने ग्यारेन्टी चाहिएको बताएको थियो। तर नेटोले कुनै पनि युरोपेली राष्ट्र नेटोमा आवद्ध हुनसक्न भनेपछि रुसले युक्रेनमा हमला सुरु गरेको हो। यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया क्षेत्र कब्जा गरेको थियो।

सो क्षेत्रलाई पनि युक्रेनले रुसी क्षेत्र मान्नुपर्ने रुसको सर्त छ। यस्तै गत महिना रुसले युक्रेन सरकारको विरुद्धमा रहेका दुई युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको घोषणा गरेको थियो। यी दुई राज्यलाई पनि युक्रेनले स्वतन्त्र क्षेत्र मान्नु पर्ने रुसको भनाइ छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ