आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री बिरुद्द एकाएक अविस्वासको प्रस्ताव पेस, देशभर तरङ्ग

प्रकाशित
1.8K
SHARES

काठमाडौ। प्रधानमन्त्री बिरुद्द एकाएक अविस्वासको प्रस्ताव पेसभएको छ।  यो खबर बाहिरिएपछि देशभर तरङ्ग पैदा भएको छ। अब कसरी अगाडी बढ्ने भनेर प्रधानमन्त्रीले आफु निकट नेताहरु सित छलफल थालेका छन।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि भारत र चीनमा अमेत तरङ्ग पैदा भएको छ। खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको छ।

अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीका १ सय सांसदहरुले हस्ताक्षर गरेका छन्। अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको खानमाथि आरोप लाग्दै आएको छ।

सन् २०१८ मा सत्ता सम्हालेपछि उनले यस्तो चुनौती सामना गर्दै आएका छन्। ६९ वर्षीय खानले गठबन्धन सरकारको नेतृत्व गरेका छन्। गठबन्धनमा उनलाई समर्थन दिएका केही दलहरुले अविस्वासको प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुनेछन्।

खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी पीपीपीले नेतृत्व गरेको विपक्षीहरुको ह्यालीमा हजारौं सहभागीले प्रधानमन्त्री खानविरुद्ध नाराबाजी गरेका थिए। त्यसले पाकिस्तानमा राजनीतिक उथलपुथलको सम्भावनालाई संकेत गरेको थियो।

२४ घन्टामा राजीनामा दिएर चुनाव सामना गर,’ पीपीपी नेता बिलवाल भुट्टो जर्दारीले प्रधानमन्त्री खानलाई लक्षित गर्दै भनेका थिए, वा अविश्वासको प्रस्तावका लागि तयार होऊ।

३४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविस्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकत पर्छ। तर, विपक्षीले त्यो भन्दाबढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन् ।

हामीसँग १७२ भन्दाबढी मत हुनेछ, पूर्वराष्ट्रपति तथा पीपीपीका नेता असिफ अली जर्दारीले भने। तेस्तै, युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ।

रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ।गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ।

आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि ‘नो फ्लाई जोन’ अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ।

एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्। सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेटर मार्को रुबिओले नो फ्लाई जोनको अर्थ तेस्रो विश्वयुद्धको शुरूवात” हुने सीएनएन टेलिभिजनसँग भने।

नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ, उनले थपे।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे।

तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए।वार्ताको टेबुलमा म कुनै विषय छोड्दिनँ, उनले थपे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ