आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सञ्चारमन्त्री कार्कीलाई थप सुरक्षाकर्मी थपियो, कारण थाहा पाउने सबै चकित

प्रकाशित
576
SHARES

काठमाडौँ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ। सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ।

फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी टेबल गरेका थिए। एमसीसी टेबुल गरेको झोकमा एमसीसी बिरोधिहरुले आ’क्र’म’ण गर्ने तर्फ ध्यान दिदै थप सुरक्षा उपलब्ध गराएको श्रोतले बतायो।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए।

उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक सई खटाइएको थियो। कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए।

तेस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्को कमाल गरेका छन्। उनको एउटाले निर्देशनले ८७ करोड राजस्व उठेको हो। उनको निर्देशनपछि होटल तथा क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिरेपछि ८७ करोड उठेको हो।

मंगलबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए।

उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेका छन्। मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन्। सेन्टर मिडिया प्राली मिनिक्यासिनोले रु छ करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि रु ८७ करोड रकम जम्मा भएको हो।

अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार बुझाउन बाँकी रहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम कम्तीमा पनि रु ७५ करोड मात्रै रहेको छ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले वरिष्ठ सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपमान गरेका छन्।

आइतबार राजधानीमा बसेको एकीकृत समाजवादीको बैठकमा आलेले नेता खनालललाई एमसीसीका विषयमा निकै तल्लोस्तरको भाषा प्रयोग गरेर अपमान गरेको एक नेताले बताएका छन्।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीका विषयमा वरिष्ठ नेता खनालले जथाभावी बोलेको भन्दै आलोचना गरेका थिए। खनालको आलोचना अध्यक्ष नेपालले भन्दा पनि धेरै आलेले गरेका थिए।

मन्त्री आलेले सम्मानित नेता भएकाले त्यही अनुसारकै भूमिकामा बस्न सुझाव दिए। तपाईं सम्मानित नेता हो, सम्मानित ठाउँमा बस्नुहोस्’ आलेले चेतावनी शैलीमा भने, हामीले सम्मान गर्ने ठाउँ राख्नुहोस्।

आलेले नेकपाकालमा एमसीसीको विरोध खनालले गर्दा आफूहरूले साथ दिएको भए पनि अब त्यो सकिएको बताए ।नेकपाकालमा तपाईंले नो एमसीसी भन्नुभयो, हामी त्यसको पछि लाग्यौं’, उनले भने,

अहिले हामीसहित एमसीसी पारित भइसकेपछि अब फिनिस एमसीसी। एमसीसीका नाममा विवाद गर्दा केपी ओलीलाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आलेले खनाललाई मुख सम्हालेर बस्न चेतावनी दिए।

अध्यक्ष नेपालले एमसीसी पारित नभएको भए आफूहरूको पार्टी खारेज हुने जानकारी बैठकलाई गराएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ