आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालले बुझाए मन्त्री बन्ने नेताहरुको नामलिस्ट, को हुन् उनि ?

प्रकाशित
2.8K
SHARES

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको सहमतीमै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्ने भएका हुन्।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका हुन्।माओवादी २ र समाजवादीले ३ मन्त्रीलाई फिर्ता बोलाउने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल र सहमतिमा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन्।

सरकारमा बसेर राम्रो काम गर्न नसकेका र जनस्तबारट आलोचना भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको छ। माओवादी केन्द्रले भने अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाललाई फिर्ता बोलाउने तयारी गरेको छ।

प्रधानमन्त्री देउवासमेत अर्थमन्त्री शर्मासँग पछिल्लो समय असन्तुष्ट बनेको बताईएको छ। खासगरी शर्माले मन्त्रालयका कर्मचारीहरुको पनि कुरा नसुनेको र एकलौटी ढंगले काम गर्न खोजेको आरोप छ।

देशको हित हुनेगरि काम गर्नुपर्नेमा व्यक्तिगत लाभहानीको हिसाब गरेर काम गर्न थालेको र एकपछि अर्को गरेर विवादस्पद निर्णय गरेको भनेर उनीमाथि कडा आरोप लाग्ने गरेको छ।

कतिपय विषयमा भने उनीमाथि नीतिगत हस्तक्षेप गरेको पनि आरोप छ। र, सरकारको पोलिसीसमेत चुहाउने गरेको अर्को आरोप छ। उता, उर्जामन्त्री भुषालले पनि जनताको हित हुनेगरि काम गर्न नसकेको आरोप छ।

नेकपा एकीकृत समाजवादी भित्र पनि केही मन्त्रीहरुलाई फिर्ता बोलाउनेगरि नेताहरुले नेतृत्वमाथि दबाब बढाएका छन्। हिजो बसेको पोलिटब्यूरो बैठकमा समेत मन्त्रीहरुको कार्यक्षमतालाई आलोचना गरिएको थियो।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई फिर्ता बोलाउनुपर्नैमाग उठेको छ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ। त्यसलाई ध्यान दिएर प्रधानमन्त्री देउवाले पनि मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याउने तयारी थालेका छन्।

कांग्रेसबाट समेत दुई जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी छ। अहिले उद्योग र रक्षा मन्त्रालय देउवा आँफैले राखेका छन्। निकट भविष्यमा नै उनले यी दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

पछिल्लो समय सुजाता कोइराला र प्रकाशमान सिंहको नाम मन्त्री बन्नेमा चर्चामा छ। सिंहले भने मन्त्री नबन्ने भनिसकेका छन्। सिंह आफू मन्त्री नबनेपनि उनले सिफारिश गरेको व्यक्ति नै मन्त्री हुने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ।

सिंहको कोटाबाट राजनकुमार केसी मन्त्री बन्ने चर्चा छ। तेस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक चुट्किले ८७ कराेड उठाएका छन्। उनकाे निर्देशनपछि होटल तथा क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिरेपछि ८७ कराेड उठेकाे हाे।

मंगलबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए।

उनले भने, रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेका छन्। मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन्। सेन्टर मिडिया प्राली मिनिक्यासिनोले रु छ करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि रु ८७ करोड रकम जम्मा भएको हो।

अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार बुझाउन बाँकी रहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए। विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम कम्तीमा पनि रु ७५ करोड मात्रै रहेको छ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ