आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी पास भएपछि एक्कासी चीनका विदेश मन्त्री नेपाल आउँदै

प्रकाशित
324
SHARES

काठमाडौँ। अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएलगत्तै चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन इच्छुक रहेको सन्देश कुटनीतिक च्यानलबाट हालै काठमाडौँ पठाएको छ।

तर भ्रमणको मिति भने टुंगो लाग्न बाँकी छ। संसदबाट एमसीसी सम्झौता पास भएलगत्तै, एक साता अघि चिनियाँ पक्षले विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको हो।

नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणका लागि अमेरिकाले दिने करिब ६० अर्बको अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले दिँदै आएको दबाबप्रति बेइजिङले खुला रुपमै असन्तुष्टि जनाएको थियो।

चीनले आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनीतिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न पनि दबाब दिएको थियो। तर चीनले चाहेर पनि एमसीसी सम्झौता अनुमोदन हुनबाट रोक्न नसकेको अवस्थामा बेइजिङले तत्कालै विदेशमन्त्रीको भ्रमण तय गरेको हो।

परराष्ट्रमन्त्री डा नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए ।

यद्यपी उनले कुन देशबाट कुन तहको भ्रमण हुन लागेको भन्ने स्पष्ट खुलाएका थिएनन्। मित्रराष्ट्रहरुबाट केही महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुँदैछन् । समय आएपछि पत्रकार साथीहरुलाई हामीले बताउने नै छौं’, मन्त्री खड्काले भने।

मन्त्रालयका ती अधिकारीका अनुसार मन्त्री खड्काले खुलासा नगरेका मध्ये एउटा भ्रमण चिनियाँ विदेशमन्त्री वाङको रहको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेयता वाङ नेपाल आउने संभवत पहिलो वरिष्ठ अधिकारी हुनेछन्।

परराष्ट्रमन्त्री डा. खड्का टर्की भ्रमणबाट फर्किनासाथ चिनियाँ विदेशमन्त्रीको भ्रमण लगायत अन्य देशबाट पनि उच्चस्तरीय भ्रमणका लागि गृहकार्य अघि बढाइने मन्त्रालयका अधिकारीहरुले बताए।

त्यस्तै भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि कोशीश भइरहेको छ। खाडी मुलुक साउदी अरेबियाका विदेशमन्त्री फैसल विन फरहान अल साउदको नेपाल भ्रमणको समेत तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ।

मन्त्रालयका अर्का एक अधिकारीका अनुसार साउदीका विदेशमन्त्री सायद चैत पहिलो साता नेपाल आउनेछन्। उनी साउदीका राजकुमार समेत हुन्। अन्य देशका उच्चस्तरीय भ्रमणभन्दा बढी चासो यतिबेला चिनियाँ विदेशमन्त्रीकै हुनेछ।

किनकी उत्तरी छिमेकी चीनका विदेशमन्त्रीको भ्रमण भूराजनीतिक दृष्टिले महत्वपूर्ण समयमा हुने देखिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ