आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकीकृत समाजवादीका तिन मन्त्रीको पद चैट

प्रकाशित
2.5K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्री बनाउने तयारी थालेको छ। आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा मन्त्री हुन बाँकी रहेका मेटमणी चौधरी,

जीवनराम श्रेष्ठ लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो। बिहिबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि केही मन्त्री फिर्ता बोलाएर अरु नेताहरुलाई मन्त्री बनाउनेबारे छलफल भएको स्रोतले जनाएको छ।

एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछिअन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए। सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएको थियो।

स्थानीय तहको निर्वाचन अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुर्नगठन हुने स्रोतको दावी छ। बिहीबारको गठबन्धनको बैठकमा यो विषयले निकैबेर चर्चा पाएको र कुन मन्त्रीले के कस्तो काम गरिरहेका छन् भन्ने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ।

नेकपा एकीकृत समाजबादीबाट गएका मन्त्रीलाई फिर्ता बोलाउने विषयमा चर्चा हुँदा मन्त्रिमण्डल पुर्नगठन गर्नुपर्ने विषयले प्राथमिकता पाएको थियो। एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री भएका छन्।

तेस्तै,फरक मत राख्दै आएका नेताहरुलाई समेत सहमतीमा ल्याएर नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रतिनिधिसभाबाट पारित गरिएको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ।

पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर जारी विवादको असर कार्यकर्तामा नपरोस् भनेर माओवादीले अपिल पनि सार्वजनिक गर्ने निर्णय गरेको छ।

काठमाडौंमा सोमबार सकिएको केन्द्रीय समितिको बैठकले एमसीसीबारे बाहिर समान धारणा राख्ने र पार्टी कमिटीमा फरक धारणा लिएर छलफल गर्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

एमसीसीबारे पार्टी केन्द्रले अपील निकाल्ने निर्णय गरेको छ। एमसीसीबारे २०७९ जेठ २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय पनि भएको छ, ती केन्द्रीय सदस्यले भने।

पार्टीभित्रका मतभेदमा आन्तरिक रूपमा नै छलफल गर्ने र समाधानको बाटोमा जाने निर्णय लिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको माओवादीका केन्द्रीय सदस्यले जानकारी दिए।

त्यस्तै, माओवादीले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम पनि तय गरेको छ। यसैबीच, अमेरिकी सहयोग परियोजना एमसीसीले पार्टी फुट्ने संघारमा पुगेको नेकपा माओवादी केन्द्रभित्रको विवाद अब साम्य भएको छ।

एमसीसी पास भएपछि पार्टीमा फरक मत राख्दै आएकाहरुलाई धमाधम नयाँ जिम्मेवारी दिदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाखी देखाएका हुन्। माओवादीले स्थानीय निर्वाचन लक्षित गरेर चुनावी कमाण्डर तोकेको छ।

काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेशसहित विशेष क्षेत्रमा कमान्डर तोकेको हो। बैठकले एमसीसीका विषयमा फरक मत राख्दै आएका नारायणकाजी श्रेष्ठ र लिलामणि पोखरेललाई समेत जिम्मेवादरी तोकेको छ।

स्रोतले दिएको जानकारी अनुसार एमसीसीको विरोध गर्न नपाइने शर्तमा उनीहरुलाई प्रचण्डले उक्त जिम्मेवारी सुम्पिएका हुन्। चुनाव पनि नजिकिरहेका बेला पार्टीभित्र लफडा भए पार्टीकै अस्तित्व संकटमा पर्ने भन्दै प्रचण्डले विरोधी नेताहरुलाई एकएक गरी ललिपप खुवाउन थालेका स्रोतको दाबी छ।

केन्द्रीय सदस्य लोकेन्द्र लम्सालका अनुसार श्रेष्ठलाई विभिन्न मोर्चाहरुको जिम्मेवारी तोकिएको छ भने पोखरेललाई उपत्यका विदेश समन्वय प्रदेशको जिम्मेवारी दिइएको छ।

त्यस्तै प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डेलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टलाई जिम्मेवारी दिइएको छ। सम्पर्क समन्वय प्रदेशमा भने डिलाराम आचार्यलाई तोकेको नेता लम्सालले बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ