आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी राष्ट्रपति जेलेन्स्कीबारे आयो नमिठो खबर, सबै स्तब्ध

प्रकाशित
6.6K
SHARES

एजेन्सी। रुसले युक्रेनमा आक्रमण थालेको आज १३  दिन पुग्दैछ। रुसी आक्रमण रोकिने कुनै संकेत देखिएको छैन। युक्रेनी राष्ट्रपति जेलेन्स्की एकाएक सम्पर्क बिहिन भएको खबर आईरहेका छन। संचार माध्यामहरुले राष्ट्रपति जेलेन्स्की मारिएका त होइनन भनि शंका गर्न थालेका छन्।

यसबीचमा आइतबार अमेरिकी टेलिभिजन सीबीएसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग रुसी आक्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मारिएको खण्डमा के हुन्छ? भनेर प्रश्न गरेको थियो।

जवाफमा ब्लिंकेनले भनेका थिए कि त्यस्तो अवस्था आएमा युक्रेनको सरकारसँग आकस्मिक योजना छ। उनले भनेका छन्,‘युक्रेनसँग यसको विषयमा योजना छ। म यो विषयमा विस्तारमा बताउन गइरहेको छैन।

जसरी पनि त्यहाँ सरकार रहिरहन्छ। रुसले युक्रेनमा आक्रमण थालेको पहिलो हप्ता राष्ट्रपति जेलेन्स्कीले आफूलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मार्न चाहेको बताएका थिए। यद्यपी रुससँग आफूले आत्मसमर्पण नगर्ने र देश छाडेर नभाग्ने उनले अडान लिएका थिए।

अमेरिकाका अनुसार युक्रेन रुससँग झुक्दैन र त्यहाँका राष्ट्रपति मारिए पनि नयाँ सरकारले रुसका प्रतिकार गरिरहन्छ।यता रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ।

रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन्। युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिबारका चार जना मारिएका थिए। उनीहरु युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए।

त्यस्तै मारिओपोल सहरमा सामूहिक उद्दार कार्य स्थगित भएको छ। मारिओपोल सहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ। त्यहाँ उर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ।

रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ। तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरुमाथि हमला भइरहेका बताएको छ। रुसी सेनाले घनाबस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ।

आइतबार राष्ट्रसंघको अनुगमनकर्ताहरुका अनुसार रुसी सेनाले २४ फेब्रुवरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ।

राष्ट्रसंघीय मानव अधिकार आयोग युएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छोडेका छन्।र, रुसले सर्बसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ।

आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रबादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ। युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ।

रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ।गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ।

आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि ‘नो फ्लाई जोन’ अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ।

एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्।सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेटर मार्को रुबिओले नो फ्लाई जोनको अर्थ “तेस्रो विश्वयुद्धको शुरूवात” हुने सीएनएन टेलिभिजनसँग भने।

नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ, उनले थपे।रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै,

सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे।तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए।

वार्ताको टेबुलमा म कुनै विषय छोड्दिनँ, उनले थपे।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले आत्मसमर्पण नगरे युद्ध नरोकिने बताएका छन्।आइतबार उनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको कुराकानीमा यस्तो बताएका हुन्।

वार्ताको क्रममा पुटिनले युक्रेनले तत्काल सैन्य प्रतिकार रोक्नुपर्ने र यसअघि रुसले राखेका मागहरु पूरा गर्नुपर्ने बताएका थिए।अन्यथा रुसले अहिले जारी राखेको सैन्य कारबाही नरोकिने पुटिनको भनाइ छ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनमा ३६४ आम नागरिकको मृत्यु भइसकेको छ।जसमा २० जना बालबालिका संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।

राष्ट्रसंघका अनुसार यो युद्धमा सयौं मानिसहरु घाइते भएका छन्। अधिकांश मानिसको मृत्यु विष्फोटक पदार्थको प्रयोग गरी गराइएको राष्ट्रसंघको अध्ययनमा भनिएको छ।

रुसले अहिलेसम्म युक्रेनमा ६ सय मिसाइल प्रहार गरिसकेको अमेरिकी रक्षा अधिकारीले बताएका छन्।रुसको आक्रमणपछि अहिले १५ लाखभन्दा धेरै युक्रेनी नागरिकले मुलुक छाडिसकेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ