आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रास्ट्रपति पुटिनले अमेरिका सामू राखेको नयाँ शर्तले विश्वभर तरङ्ग

प्रकाशित
1.4K
SHARES

एजेन्सी। सन् २००८ पछि तेलको मूल्य सर्वाधिक महँगो भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विश्वव्यापी बजारमा इरानको तेलको सम्भावित फिर्तीमा ढिलाईका साथै अमेरिका र युरोपियन युनियनको तर्फबाट रुसी तेलको आयातमाथि प्रतिबन्धको विचारका कारण मूल्य आकाशिएको हो।

इरानसँग सन् २०१५ को परमाणु सम्झौतालाई बहाल गर्ने कोसिस गरिँदैछ तर अनिश्चितता थप बढेको छ। रुसले युक्रेनमाथि हमलापश्चात् लगाएको प्रतिबन्धका कारण इरानसँग उसको कारोबार प्रभावित हुन नहुने शर्त राखेको छ।

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै चीनले पनि नयाँ शर्त राखेको बताएको छ। रुसको नयाँ मागमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले युक्रेनमाथि हमलाका कारण रुसमाथि लागेको प्रतिबन्धलाई इरानसँगको परमाणु सम्झौतासँग जोड्नुको कुनै अर्थ नभएको बताएका छन्।

अर्कोतर्फ अमेरिका र युरोपका सहयोगी देश रुससँग तेल आयात गर्न प्रतिबन्धको विकल्पमाथि विचार गरिरहेका छन्। अमेरिकी विदेशमन्त्रीले पनि ह्वाइट हाउस कांग्रेसनल कमिटीसँग रुसको तेलमाथि प्रतिबन्धका लागि कुरा गर्ने बताएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार ब्रेन्ट क्रुडको मूल्य ७ मार्चमा १२९.७८ डलर प्रति ब्यारल पुगेको छ। यस्तै, यूएस टेक्सस इन्टरमिडिएट डब्ल्यूआईटी क्रुडको मूल्य पनि १०.८३ प्रतिशतको बढोत्तरीका साथै १२६.५१ डलर प्रति ब्यारल पुगेको छ।

यसअघि सन् २००८ मा ब्रेन्ट १३९.१३ डलर प्रति ब्यारल पुगेको थियो। थिङ्क ट्याङ्क इनर्जी आस्पेक्टकी सह–संस्थापक अमृता सेन भन्छिन्, इरान एक मात्र कारक थियो जसमार्फत् तेलको मूल्यमा नियन्त्रण पाउन सकिन्थ्यो तर परमाणु सम्झौतामा ढिलाई भइरहेको छ।

यदि रुसको तेल पनि बजारबाट बाहिर भयो भने स्थिति थप भयानक हुनसक्छ।विश्लेषकका अनुसार यो हप्ता तेलको मूल्य १८५ डलर प्रति ब्यारल पुग्न सक्छ। एसएन्डपी ग्लोबलका उप–प्रमुख तथा लेखक ड्यानियल येर्गिनले रोयटर्ससँग भने।

अत्यावश्यक वस्तु भएका कारण तेल र ग्यासमा प्रतिबन्ध नलगाइने कुरा थियो तर नीजि कम्पनी आफैंले तेल खरिद गर्न बन्द गरिदिन्छन् र यसले पूरा आपूर्ति व्यवस्था प्रभावित हुन्छ।

रुस करिब ७० लाख ब्यारल तेल प्रति दिन निर्यात गर्छ। तेलको विश्वव्यापी आपूर्तिमा रुसको हिस्सा सात प्रतिशत छ। रुसी पोर्टबाट कजाकिस्तानको तेल पनि निर्यात हुन्छ र यो पनि तनावका कारण प्रभावित भएको छ।

बैंक आफ अमेरिकाका विश्लेषकका अनुसार रुसको तेलको धेरैजसो निर्यात रोकिएको छ र यसमा हरेक दिन ५० लाख ब्यारलको गिरावट आउन सक्छ। यसको अर्थ कच्चा तेलको मूल्य २०० प्रति ब्यारलसम्म पुग्न सक्छ।

तेस्तै,रुस–युक्रेन तनावमा अमेरिकासहित पश्चिमा मुलुकहरुको ईन्ट्री भएको खुलासा भएको छ। रुसलाई ठेगान लगाउन भन्दै अमेरिका सहित पश्चिमा शक्तिशाली देशहरुले हात अघि बढाएका हुन्। उनीले युक्रेनलाई आवश्यक हातहितयारहरु निरन्तर उपलब्ध गराईरहेको खुलेको छ।

पूर्वी युरोपस्थित गोप्य राखिएको विमानस्थल प्रयोग गरेर नाटो आवद्ध देशहरुले युक्रेनलाई अत्याधुनिक हतियार, मिसाइल र विमानभेदी मिसाइल आपूर्ति गरिरहेको खुलासा भएको हो।

रुस–युक्रेन युद्ध सुरु हुनुअघि नै अमेरिकाले ठूलो मात्रामा युक्रेनलाई युद्ध सामग्री उपलब्ध गराएको र युद्ध सुरु भए यता आपूर्ति भईरहेको सीएनएनले जनाएको छ।

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपको आकाश अमेरिकी र गठबन्धन देशका सैनिक काग्रोले भरिएको पनि समाचारमा जनाइएको छ। खाशगरी अमेरिकी कार्गो विमान सी–सेभेन्टिनको उडान निकै बाक्लो हुने गरेकोछ।

अमेरिकी र युरोपेली सैनिक विमानले गोप्य विमानस्थलमा जम्मा गरेका हातहतियार स्थलमार्ग हुँदै युक्रेन पुर्याउने गरेको र अहिलेसम्म यस्तो ढुवानीमा रुसी सेनाको आँखा नपरेको पनि सीएनएनले उल्लेख गरेकोछ।

नाटोको युरोप कमाण्डले आपूर्तिको ब्यवस्थापन गर्ने गरेको छ। गत शुक्रबार अमेरिकी सेनाका संयुक्त सेनापति जेनरल मार्क मिलेले उक्त गोप्य विमानस्थलमा पुगेर आपूर्ति ब्यवस्थाको अवलोकन गर्नुभएको थियो।

अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको युद्ध सामग्री दिने निर्णय गरेकोमा २४ करोड डलर बराबरको सामग्री युक्रेन पुगिसकेको र बाँकी सामग्री पनि केही दिनभित्रै युक्रेन पुग्ने क्रममा रहेको बताइएको छ।

नाटो गठबन्धनले केही महिना पहिलेदेखि नै युक्रेनी सेनालाई आवश्यक तालिम दिएको र युक्रेनी फौजले अहिले निकै प्रभावकारी तरिकाले युद्ध सामग्रीको प्रयोग गरेको भन्दै अमेरिकी सन्तोष ब्यक्त गरेको जनाइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ