आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद भंग गर्ने चर्चा चलिरहेका बेला राष्ट्रपतिले जारी गरिन यस्तो विज्ञप्ति

प्रकाशित
862
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघठन गरेर अर्ली इलेक्सन घोषण गर्न सक्ने चर्चा व्यापक रुपले चलिरहेका बेला प्रधामन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा एक साथ शितलनिवास पुगेका छन्।

प्रधानमन्त्री देउवा र प्रधानसेनापती एकसाथ शितलनिवास पुग्नुलाई चासाका साथ हेरिएको छ ।संयोग मात्रै होकी भित्री तयारी पनि केहि रहेको छ भनेर राजनितीक वृतमा कानेखुशि चल्न थालेको । अर्ली इलेक्सको चर्चा चलिरहेकाले पनि यसलाई चासोपुर्वक हेरिएको छ।

प्रधानमन्त्री शितलनिवास पसेको समयमै प्रधानसेनापति प्रभुराम शर्मा पनि पुगेका हुन्। राष्ट्रपति भण्डारीसँग भेट्न देउवा र शर्मा एकै समयमा पुगेपछि चासो बढेको छ। तर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता नभएर प्रतिवेदन बुझाउने काम मात्र भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ-आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको छ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सोको प्रस्ताव प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेका छन्। बैठकअघि संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठकले सिफारिस समिति गठनका लागि संसदबाट प्रक्रिया अघि बढाउने निर्णय लिएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार देउवाले संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७–०७८ मा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

त्यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन्। आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन्।

हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ।

चुनावमा जान्छ। २३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले,

सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ। केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो।

इतबार संसद भवनमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्रकारहरुले अर्लि इलेक्सनको हल्ला अलि बढी नै भइरहेको छ नि ? भनेर प्रश्न गरेका थिए। नेता नेपालले त्यो स्वाभाविक भएको प्रतिक्रिया दिए।

अर्लि इलेक्सन भएमा ३० वैशाखको स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ