आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक ओलीका लागि आयो अर्को दुखद: खबर

प्रकाशित
1.3K
SHARES

काठमाडौ। एकाएक एमाले अधक्ष केपी ओलीले अर्को दुखद खबर सुन्नु परेको छ। फेरि एकजाना संसद्को पद निलम्बनमा परेको छ, ब’ला’त्का’र आरोपमा प’क्रा’उ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।

आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए। एक महिलाले ब’ला’त्कार’को उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले प’क्रा’उ गरेको थियो।

हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनि निलम्बनमा परेपछि एमालेको संसद संख्या घट्ने छ। ओली आहिले चारै तिरबाट घेराबन्दीमा परेका छन्।

तेस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन्। आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन्।

हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ। चुनावमा जान्छ।

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ। माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ।

केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो। आइतबार संसद भवनमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्रकारहरुले अर्लि इलेक्सनको हल्ला अलि बढी नै भइरहेको छ नि?

भनेर प्रश्न गरेका थिए। नेता नेपालले त्यो स्वाभाविक भएको प्रतिक्रिया दिए। अर्लि इलेक्सन भएमा ३० वैशाखको स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए।

तेस्तै,कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्र बडूले संसदमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद गतिरोध खोल्ने संकेत दिएको बताएका छन्।

महाभियोग सिफारिश समितिमा नाम पठाउनु संसदीय प्रक्रियामा सहभागी भएको संकेतको रुपमा लिएको उनले बताए। आइतवार बसेको प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बडूले फागुन २९ गते बस्ने बैठकमा एमालेले अवरोध हटाउने विश्वास गरेका हुन्।

महाभियोग सिफारिश समितिमा नाम दिने भनेको आफैंले छलफलमा सहभागी हुन्छौँ भनेको होइन र यो प्रक्रियामा सहभागी भएको सकारात्मक संकेतको रुपमा लिनुपर्छ, पत्रकारहरूको एक जिज्ञासामा मन्त्री बडूले भने,

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन एमालेले आइतवार महाभियोग सिफारिश समितिमा रहने सदस्यको नाम दिएको थियो।

मन्त्री बडुले संसद चल्दै नचल्ने अवस्थामा अर्ली इलेक्सनको कुरा बहसमा भएको बताए। यता एमालेले भने प्रधानन्यायाधीश हाल निलम्बित चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा छानबिन गर्न,

गठित संसदीय समितिमा सांसद्‌हरुको नाम पठाएको बिषय संसद्‌मा जारी अवरोधलाई निरन्तरता दिने बताएको छ। महाअभियोग सिफारिस समितिमा सहभागी हुनु र संसद् अवरोध गर्नु फरक–फरक विषय भएको एमालेको प्रतिक्रिया छ।

तेस्तै, विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरुले पार्टी प्रवेश गराएका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर थिए।

उनी त्यसपछिको प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा थिए। रन्जुले पनि साझा विवेकशील पार्टी छाडेर स्वतन्त्र रहने घोषणा गरिसकेकी छन्। वैद्यको समूह भने अर्को दिन एमाले प्रवेश गर्ने तयारी छ।

एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ