आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुस-युक्रेन युद्धको ११ दिन बितेपछि चीनले अकस्मात चाल्यो कडा कदम

प्रकाशित
1.2K
SHARES

काठमाडौं। चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्थोनी ब्लिन्कनसँग बेइजिङले “आगोमा इन्धन थप्ने” कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्।

ग्लोबल टाइम्सका अनुसार वाङ यीले आफूले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै संवाद र वार्ताबाट मात्र सङ्कट समाधान गर्न सकिने बताए।

पछिल्लो दुई सातामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो। यस सङ्कटले चीनको अगाडि ठूलो चुनौती खडा गरेको छ, जसले रुसको आक्रमणको हालसम्म आलोचना वा समर्थन गरेको छैन।बेइजिङले युरोपमा युद्धलाई समर्थन गरेको देखाउन चाहँदैन।

र यो मस्कोसँगको सैन्य र रणनीतिक सम्बन्ध पनि सुदृढ गर्न चाहन्छ।वाङले अमेरिका, नेटो र युरोपेली सङ्घलाई रुससँग “निष्पक्ष वार्ता” गर्न र नेटो सङ्गठनको विस्तारको बारेमा मस्कोको सुरक्षा चासोलाई स्वीकार गर्न पनि आह्वान गरे विवरणमा उल्लेख छ।

तेस्तै, युक्रेनमा रुसी आक्रमणको तेस्रो दिनसम्ममा १० लाख मानिसहरु पलायन भइसकेका छन्। किभमा भारी बमबारी भइरहेको छ। रुसले युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न दबाब दिइरहेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सेनालाई आफ्ना नेतालाई सत्ताबाट हटाउन भनेका छन्। पुटिनको भनाइले यो स्पष्ट भएको छ कि पुटिन अहिलेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सत्ताच्युत गरेर युक्रेनमा रुस समर्थक सरकारलाई स्थापित गराउन चाहन्छन्।

बेलायती खुफिया एजेन्सीका अनुसार रुसका समर्थन रहेका युक्रेनका केही नेता र पूर्व सैन्य अधिकारीहरु रुसले बनाउने नयाँ सरकारमा सहभागी हुन सक्छन्। यो सरकार रुसको कठपुतली सरकार हुने अनुमान गरिएको छ।

युक्रेन गठन भएपछिको ३ दशकको इतिहासमा युक्रेनमा रुस समर्थक नेताहरु पनि राष्ट्रपति र प्रधानमन्त्री भएका थिए। युक्रेनको डोनबास क्षेत्रमा रुसको पूर्ण समर्थन छ। यी कुराहरु रुसको पक्षमा छन्।

यस्तोमा रुसले युक्रेनको सत्तामा आफ्नो पक्षका नेताहरुलाई स्थापित गराउने तयारी तीब्र पारेको छ ।युक्रेनमा रुसले बनाउने सरकारको प्रमुख पदको लागि मुख्य दावेदार पूर्व सांसद येहवेन मुरायेभलाई मानिएको छ।

युक्रेनका सांसद रहिसकेका मुरायेभ देशमा रुस समर्थक च्यानल चलाउँछन् । उनको जीवनको धेरै समय रुसमा बित्छ। अहिले रुसले युक्रेनमा आक्रमण गरेको छ र यो समयमा मुरायेभ क्यारेबियन द्विपमा विदा मनाइरहेका छन्।

मुरायेभ स्वयंले भने आफूलाई युक्रेनको सत्ताको दावेदार भन्दैनन्। युक्रेनको सत्ताको लागि दोस्रो दावेदार व्यवसायी आन्द्रेय क्लुयेभलाई मानिएको छ। उनी २०१० देखि २०१२ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए।

यसबाहेक उनी युक्रेनका रुस समर्थक पूर्वराष्ट्रपति यानुकोभिचका चिफ अफ स्टाफ पनि रहिसकेका छन्। पृथकतावादी दोनेत्स्कको काउन्सिलमा पनि रहेका क्लुयेभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका घोर समर्थक हुन्। उनको रुसमा आवतजावत चलिरहन्छ।

तेस्रो दावेदार शेर्री अरबुजोभलाई मानिएको छ। अरबुजोभ २०१२ देखि २०१४ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए। उनले कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका थिए।

२०१४ मा रुसले युक्रेनको क्रिमियामा आक्रमण गर्दा उनी रुसी राष्ट्रपति पुटिनको आलोचना गर्नबाट बचिरहे। पुटिनको आलोचना नगरेका कारण युक्रेनमा उनको विरोध पनि भएको थियो। अहिले बेलायतले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा उनी पनि छन्।

चौथो दावेदार पूर्व प्रधानमन्त्री मायकोला अजारोभलाई मानिएको छ। उनी २०१० देखि २०१४ सम्म युक्रेनका प्रधानमन्त्री थिए। उनी आफ्नो सोभियत पृष्ठभूमिमा निकै गर्व गर्छन्। प्रधानमन्त्री पदबाट हटेपछि उनी अहिले रुसमै बसिरहेका छन्।

उनले युक्रेनको बारेमा रुसी खुफिया एजेन्सी र विदेश मन्त्रालयलाई सूचना दिइरहन्छन्। उनी अहिलेको युक्रेनी सरकारका आलोचक हुन्। बेलायती विदेश मन्त्रालयले आफ्ना खुफिया एजेन्सीको रिपोर्टका आधारमा बताएअनुसार रुसको खुफिया एजेन्सीले युक्रेनका रुस समर्थक मानिने कैयौं,

नेताहरुलाई युक्रेनमा नयाँ सरकार स्थापित गराउने विषयलाई लिएर सम्पर्क गरिसकेको छ। यहाँसम्म कि युक्रेनमा पूर्व प्रधानमन्त्री मेकोला अजारोभको नाम पनि सूचिमा समावेश छ। यद्यपि बेलायती विदेश मन्त्रालयले यो दावीको समर्थनमा कुनै प्रमाण भने पेश गरेको छैन।

तेस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि मुलुक अर्को मुलुकभन्दा श्रेष्ठ नरहेको र चीनले यस्तो सोच्ने कुनै पनि मुलुकलाई स्वीकार नगर्ने बताएका छन्।आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी शेर्मनको चीन भ्रमण हुनुपूर्व शनिबार चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन्।

यसअघि नै चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमेत धेरै अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ। सिचुवान प्रान्तको चेन्दु सहरमा चीन–पाकिस्तानका विदेशमन्त्रीसँगको रणनीतिक वार्ताको क्रममा वाङ यीले यस्तो बताएका हुन्।

अमेरिकाले अर्को मुलुकलाई समानरुपमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने अझैसम्म पनि थाहा छैन भने अन्तर्राष्ट्रिय समुदायसहित चीनले उसलाई सिकाउने जिम्मेवारी लिनुपर्छ, उनले भने।

यसअघि गत शुक्रबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका चीनलाई पाठ सिकाउन वा आन्तरिक मामिलामा हस्तक्षेप गर्न योग्य नरहेको बताएका छन्। त्यस्तै उसले ‘बलियो अवस्थामा रहेर’ चीनसँग सम्झौता पनि गर्न नसक्ने लिजियानले बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ