आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

प्रकाशित
495
SHARES

एजेन्सी। रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन्। यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो।

रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन्।रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन्।

आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ। आवासीय क्षेत्रमा विमानले बमहरु खसालि रहेका छन्। उनको भनाई उदृत गर्र्द एपी समाचार संस्थाले जनाएको छ।

तेस्तै, रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ। स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन्।

रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ। उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा यु’द्ध भइरहेको जनाइएको छ।उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन्।

त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ।

तेस्तै,दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम ९रूस–यूक्रेन द्वन्द्वका कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ।

यसले युक्रेनमा आ’क्र’म’ण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो।

युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम ९रूस–यूक्रेन द्वन्द्व०’का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो।

‘उक्त क्षेत्र वरिपरि’ मानवीय प्रयासलाई सक्रियतापूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्समा १० लाख अमेरिकी डलरसहित ६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ।

यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो।

कम्पनीले रूसी आ’क्र’म’ण’को बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो। एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ।

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचारमाध्यमहरूमा जनाइएको छ।

संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ। हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं।

राजनीतिक मामिलाका उप-महासचिव रोजमेरी डिकार्लोले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा उल्लेख गर्नु भएको छ। उनले भनिन् कि संयुक्त राष्ट्रसंघले बुझेको छ कि दुई पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको छ।

हामी आशा गर्छौं यो रिपोर्ट गरिएको सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विना शर्त युद्धविराममा छिट्टै सहमति हुनेछ, डिकार्लोले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न आग्रह गरेको छ।

रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरू व्यवस्थित गर्न सहमत भएका थिए। मानवीय कोरिडोरको संगठनको लागि मात्र समाधान छ।

यक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा भनेका छन्। रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ