आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति पुटिनको टाउको काट्नेले १० लाख अमेरिकी डलर पाउने

प्रकाशित
678
SHARES

एजेन्सी। रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको  काट्नेलाई मूल्य १० लाख अमेरिकी डलर तोकेका छन्। रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको हो।

रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन्। सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन्।

रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु। उनको सन्देशमा उल्लेख छ।

‘पुटिन रुसी राष्ट्रपति होइनन्, उनी विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा आएका हुन्। त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीको हत्या गरी उनले संविधानको उल्लङ्घन गरेका छन्।

सन्देशमा उनले ‘वान्टेड: डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो: जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन’ लेखिएको छ।

तेस्त, रुसले युक्रेनमा आक्रमण गरेको ८ दिन सम्म पनि युद्ध रोकिने कुनै छाटकाँट देखिएको छैन। बरु यहि युद्धलाई लिएर विश्व समुदाय विभाजित बनीरहेको छ। जसकाकारण परमाणु हतियार प्रयोग हुने तथा तेस्रो विश्वयुद्ध हुने आँकलन गरिएको छ।

रुसले युक्रेनमा आक्रमण गरेको ८ दिन भयो। जुन युद्धले युक्रेनमा त क्षती पुगेको छ नै, रुसलाई पनि आर्थिक रुपमा क्षती भैरहेको छ। त्यति मात्र हैन विश्वका अन्य ठुला र साना देशमा पनि युद्धको असर परिरहेको छ।

मान्छेलाई मान्छेले मार्ने युद्ध अब विश्वमा नहुने अन्तराष्ट्रिय जगतको विश्लेषण विपरित यतिवेला रुस र युक्रेन विच विनासकारी युद्ध भईरहेको छ। दोस्रो विश्वयुद्धमा अधिकांस देशले ठुलो मानविय र भौतिक रुपमा क्षति भोग्न पुगे।

त्यसपछि मानव मानव विच काटमारको स्थीत अब आउन नदिने भन्दै संयुक्त राष्ट्रिसंघको स्थापना पनि भयो। तर एउटा स्वतन्त्र देश युक्रेनमा रुसले आक्रमण गरे पछि विश्व समुदाय नै विभाजित भए सँगै तेस्रो विश्वयुद्ध हुने छनक देखिएको हो।

यतिवेला, रुस र युक्रेनको युद्धबाट हजारौ सैनिक र सयौ नगारिकले ज्यान गुमाइसकेका छन्। आठ दिनको अन्तरालमा १० लाख भन्दा बढी युक्रेनी नागरिकले देश छाडेका छन् भने २० लाख नगारिक आन्तरिक रुपमा विस्थापीत भइसकेका छन्।

युक्रेनका सहरी इलाकामा आक्रमण तीब्र पारेको रुसले त्यहाँको सरकारी संचार गृह समेत ध्वस्त पारेको छ। यता रुस पनि आन्तरीक रुपमा विभाजित हुदै छ। विहिबार मात्र रुसका व्यापारीले आफ्नै राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन्।

रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन्। रुसी अर्वपति हरुको सम्पती पश्चिमा देशले फ्रिज गरे पछि पुटिन माथि थप दवाब शिर्जना भएको छ।

त्यस्तै, युक्रेनका साइभर सेनाले रुसका विभिन्न क्षेत्रमा हमला गर्दै महत्वपुर्ण क्षेत्रमा असर पुर्याएका छन। यता, पुटिन भने पछि हट्ने पक्षमा देखिएका छैनन्। युक्रेनको राजधानी किभको एउटा क्षेत्र नै रुसी सेनाले कब्जा गरेका छन।

यसले के संकेत गर्छ भने केहि दिनमा नै रुसले युक्रेन कब्जा गर्ने छ। तर कब्जा पछि युक्रेनको नेतृत्व कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल पुटिनलाई भएको चर्चा चलिरहेको छ।

त्यस्तै, सयौ गुणा शक्तिसाली रुसले आक्रमण गरेको ८ औ दिनमा पनि किन कब्जा जमाउन नसकेको भन्ने आंकलन पनि हुन सक्छ। तर, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्सीको नीतिले रुसले पुर्ण रुपमा कब्जा भने जमाउन सकेको छनै।

आफ्नु देसमा विभाजन नआओस भनेर राष्ट्रपति जेलेन्स्कीले भावानात्मक रुपमा जनतालाई र विश्व जगतलाई सहयोगको अपलि गर्नु ले नै युक्रेन ८ दिन सम्म पनि टिकीरहेको विश्लेषण गरिएको छ। यता, अमेरिका पनि रुस र युक्रेनलाई लिएर सक्रीय देखिएको छ।

अमेरिका विश्व समुदायलाई युक्रेन र आफ्नु पक्षमा समर्थन जुटाउनु साना देखि ठुला राष्ट्रका प्रमुखहरु सँग निरन्तर छलफल गरिरहेको छ। यदि युक्रेन र रुस विचको युद्ध तेस्रो मुलुकमा पनि पुग्यो भने तेस्रो विश्वयुद्ध हुने निस्चीत जस्तै छ।

त्यस्तै, गत, आइतबार रुसी राष्ट्रपति पुटिनले आफ्नो मुलुकको परमाणु हतियार सम्मिलित प्रतिरोधक बललाई विशेष भूमिकामा सक्रिय रहन निर्देशन दिए पछि झन विश्व नै त्रसित भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ