आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी पास गरेका प्रचण्डले सुन्नु पर्यो अर्को दुखद: खबर

प्रकाशित
1.4K
SHARES

काठमाडौं। एकाबिहानै प्रचण्डले  दुखद: खबर सुन्नु परेको छ। एमसीसी पास गरेको भन्दै नेता कार्यकर्ताले उनको साथ् छोड्न थालेका छन्। यसै क्रममा चर्चित नेता तथा  रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया अग्रवाल एमाले प्रवेश गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित भएका बगडियालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २५ गते रंगेली जाने कार्यक्रम तय भएको छ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि नै वगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएका थिए। नेकपा विभाजन भएपछि सत्तामा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिबाट वगडियालाई लामो समय ओली सरकार रहने विश्वासमा परेका थिए।

पार्टीको बैठक र अन्य गतिविधिमा सहभागी हुन छोडेपछि नेकपा माओवादी केन्द्रले उनलाई गतवर्ष स्पष्टीकरण सोधेको थियो। तर, उनले आफूले पार्टी नछोडेको र कार्यव्यस्तताले गर्दा पार्टी बैठकमा उपस्थित हुन नसकेको जवाफ पठाएका थिए।

त्यसपछि उनी माओवादी केन्द्रका नेताहरुसँग निकट सम्बन्धमा रहेर सरकारबाट योजना र बजेट ल्याउन क्रियाशील भएका थिए। उनले अर्थमन्त्री जनार्दन शर्मासँग पटक पटक भेट गरेर पार्टी परित्याग नगर्ने भन्दै विश्वस्त तुल्याउने गरेका थिए।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुसँग सम्बन्ध बिग्रिएपछि र पार्टीले एमसीसी पास गरेपछि बगडिया पार्टी परित्याग गर्ने मुढमा पुगेका हुन् ।प्रमुख बगडियाले नेकपा एमाले प्रवेश गर्न लागेको स्वीकार गरेका छन्।

मैले पार्टी प्रवेश गर्ने तयारी गरें, प्रमुख बगडियाले भने। बगडियासँगै रंगेली नगरपालिकामा नेकपा माओवाादी केन्द्रबाट निर्वाचित उपप्रमुख केशवकुमारी खराल पनि एमाले प्रवेश गर्ने चर्चा चलेको छ।

नेकपा एमालेले आयोजना गरेको वृहद पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित अरु दुई जना वडाध्यक्षसहित केही जनप्रतिनिधिहरु पनि पार्टी प्रवेश गर्ने तयारी गरेको बताइएको छ।

प्रमुख बगडिया भन्छन्, म प्रवेश गर्ने कुरा निश्चित हो तर, अरु को को प्रवेश गर्छन्, मैले ठेक्का लिने कुरा भएन, मैले अरुको विषयमा चासो लिएको छैन।

२०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए।

रंगेलीमा नेकपा एमाले तेस्रो स्थानमा थियो। एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए। नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार भन्दा करिव २८ सय मत बढी मत बगडियाले पाएका थिए।

आउँदो स्थानीय तहको निर्वाचनमा बगडिया फेरि लड्ने तयारीमा छन्। उनले एक पटक प्रमुख भएर आाफूले सुरु गरेको योजनाहरु पुरा गर्ने चाहना व्यक्त गर्दै आएका थिए।

तेस्तै, अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गरेपछि घेराबन्दीमा परेका प्रचण्डले नयाँ सूचना प्राप्त गरेका छन् । संशोधन विनानै पास गर्न दवाव दिएको अमेरिकालाई एकलौटी भएपनि व्याख्यात्मक घोषणाबाट एमसीसी पास गराएका प्रचण्डलाई नयाँ सूचना प्राप्त भएको हो ।

प्रचण्डले ल्याएको व्याख्यात्मक घोषणा स्वीकार गरेको अमेरिकी दूतावासले प्रचण्डलाई सूचना दिएको हो। दूतावासले अमेरिकाको परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालय अन्तरगतको एमसीसी कार्यालयले व्याख्यात्मक घोषणा स्वीकार गरेको सूचनामा प्रचण्डलाई दिएको हो।

व्याख्यात्मक घोषणा स्वीकार गरेपछि प्रचण्ड आफ्नो जित भएको भन्दै निटतस्थसँग बताउने गरेका छन्। प्रचण्डले अमेरिकासँग मात्रै होइन नेपालमा पनि गठबन्धन रक्षा गरेर ठूलो सफलता प्राप्त गरेको बताउने गरेका छन।

त्यही कारण देशभरका नेताकार्यकर्ताहरुलाई हौस्याउने गरी प्रचण्डले आगामी चुनावमा माओवादी दोश्रो ठूलो दल हुने बताउन थालेका छन् । दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो काङ्ग्रेस हुने र दोस्रोमा माओवादी हुने आकलन भएको आफूले सूचना पाएको बताए।

पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ, दोस्रोमा माओवादी केन्द्र छ तर हामी पहिलो दल बन्नु पर्छ, त्यो संभावना छ, प्रचण्डले बने।संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए।

शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा सबैभन्दा पहिले रिपोर्टिङ गरिरहेका छन्।

यस्तै प्रचण्डले आफूविरुद्धका मुद्दाहरु व्युँतिने खतरा रहेको बताएका छन्। राष्ट्रियसभा गृहमा आजदेखि भइरहेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमसीसी अनुमोदन नगरेको भए सशस्त्र जनयुद्धका बेला लागेका मुद्दाहरु व्युँतिने खतरा रहेको बताए।

अमेरिका धेरै शक्तिशाली राष्ट्र हो। अमेरिकासँग लड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन। यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मुद्दाहरु व्युँतिने खतरा थियो, ब्रिफिङका क्रममा उनले भने।

एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने प्रचण्डले बताए। मैमाथि १८–१९ मुद्दाहरु छन्। अन्य कमरेडहरुविरुद्ध पनि मुद्दाहरु छन्।  एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो, उनले भने।

यस्तै प्रचण्डले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको खुलासा गरेका छन्।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको प्रस्ट्याए।

एमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको थियो। एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो।एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं।

प्रचण्डले आजदेखि राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा भने।उनले गठबन्धन बचाएर एमालेलाई फेरि कर्नरुमा पुर्‍याइदिएको दाबी गरे। एमसीसी अनुमोदन गर्ने सहमति नभएको भए गठबन्धन टुट्थ्यो।

तर एमालेको प्रयास विफल पारेर फेरि कर्नरमा पुर्‍याइदियौं, उनले भने।बैठकमा एमसीसी अनुमोदन र पार्टीभित्र सिर्जना भएको आन्तरिक द्वन्द्व र पदाधिकारी चयनबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ