आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जोसमा होस् गुमाएपछि’ अर्थमन्त्रीको पद धरापमा

प्रकाशित
534
SHARES

काठमाडौ। अर्थमन्त्री जनार्दन शर्माको पद धरापमा परेको छ। कार्यशैलीप्रति असन्तुष्ट प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउन लागेपछि पद धरापमा परेको हो।

अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्दै मन्त्री फेर्ने प्रस्ताव अगाडि सारेका छन्।

प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन्। देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछ।

उहाँ जनार्दन शर्मामा अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ।

श्रोतले भन्यो, प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ।स्रोतले अगाडि भन्यो, प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुने छ।

अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी जोसमा निर्णय लिने गरेको आरोप छ। उहाँलाई अर्थतन्त्रका बारेमा धेरै जानकारी हुँदैन् तर पनि जोसमा होस् गुमाएरै भएपनि निर्णय गर्नुहुन्छ।

अर्थमन्त्रालयका एक कर्मचारीले भने। त्यस्तै, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन्।

अर्थमन्त्री शर्माले सेयर बजारका विषयमा दिएका अभिव्यक्तिको पनि चर्को आलोचना भएको थियो। यसअघि ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि छवि सुधार हुन सकेको छैन।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावि गठबन्धनका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। एमसीसी पारित गरेर सत्ता गठबन्धन जोगाउन सकिएकोमा खुशी भएका प्रचण्डले अर्को विजयका लागि नयाँ प्रस्ताव पेश गरेका हुन्।

प्रचण्डले गठबन्धन कायमै राख्दा स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्ने आँकलन सुनाएपछि केन्द्रीय समिति बैठकमा खुशीयाली छाएको छ। राष्ट्रिय सभागृहमा शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले कांग्रेससँग गठबन्धन गरेर जाँदा एमालेभन्दा ठूलो दल बन्ने दावी गरेका हुन् ।

कांग्रेसको जनमत विभाजित नभएकाले पहिलो बन्ने अवस्था नरहे पनि एमालेको तिकडम रोक्न सक्दा दोस्रो पार्टी बन्ने रिपोर्ट प्राप्त भएको प्रचण्डले बताए। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तहमा विगतमा जुन पार्टीले जितेको हो।

उसैलाई सघाएर एमालेले जितेका स्थानीय तहमा तालमेल गर्ने प्रस्ताव सत्ता गठबन्धनमा राखेको जानकारी दिएको एक केन्द्रीय सदस्यले बताए।तर गठबन्धनप्रति कांग्रेसभित्र एकमत नरहेको प्रचण्डले बताएका छन्।

बिहीबारको बैठकमा पनि प्रचण्ड र माधव नेपालले स्थानीय तहमा गठबन्धनको मोडालिटीबारे कुरा उठाउँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाले विषयमा प्रवेश नगरेको बताइएको छ।

कांग्रेसलाई चुनावी गठबन्धनमा ल्याउने विश्वास प्रचण्डले व्यक्त गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले वैशाख ३० मा हुने स्थानीय चुनावमा आमरुपमै सत्ता गठबन्धन मिलेर जाने प्रस्ताव राखेका छन्।

उनको प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवले पनि साथ दिएका छन्। उनीहरुले गठबन्धनको नीतिगत निर्णय र भागबण्डा समेत केन्द्रबाटै हुनुपर्ने बताएका छन्।

कांग्रेस सहमत भइनसकेको गठबन्धनको मोडालिटी अनुसार प्रचण्डले बिगतमा कांग्रेस र माओवादी तथा जसपाले जितेका स्थानीय तहमा गठबन्धनका दलले सोही दललाई सघाउने भन्नेछ। नेकपा एसमा लागेका जनप्रतिनिधिलाई गठबन्धनले सघाउने प्रस्ताव राखिएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा प्रमुख र ३३३ स्थानीय तहमा उपप्रमुख जितेर पहिलो बनेको एमालेलाई यसपटक रोक्नका लागि उसले जितेका ठाउँमा गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव छ।

माओवादी बैठकमा उनले सुनाए अनुसार एमालेले जितेका स्थानीय तहमा निकटम प्रतिद्धन्द्धी जुन दल थियो उसलाई प्रमुख र तेस्रोलाई उपप्रमुख दिएर गठबन्धन गर्न सकिन्छ। त्यसो हुँदा एमालेलाई परास्त गरेर माओवादी दोस्रो दल बन्ने आँकलन प्रचण्डको छ।

प्रचण्डको यो प्रस्ताव सुनपछि प्रधानमन्त्री देउवा प्रसन्न भएको बालुवाटार श्रोतको भनाई छ। एक्लै चुनावमा जाँदा बढि फाइदा हुन्छकी गठबन्धन बनाएर जाँदा फाइदा हुन्छ, त्यसको विश्लेषण गरेर देउवाले पनि रणनीति बनाउने बताईएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ