आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले संसद विघटन गर्ने मिति नै तोकि दिए

प्रकाशित
1.9K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्ने चेतावनी दिएका छन्। संसदबाट एमसीसी पास भएसँगै देउवाले अबको ध्यान संसदमा रहँदै आएको अवरोध हटाउनेतिर केन्द्रीत हुने भन्दै विघटनको चेतावनी दिएका हुन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने छनक देखाएसँगै सत्ता गठबन्धनले विभिन्न विकल्पबारे खोजी गर्न थालेको सत्तारुढ दलका नेताहरुले बताएका छन्।

त्यसका लागि गठबन्धनमा सकेसम्म प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउनुपर्ने र नभए विकल्पको रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।

एमालेले संसद सुचारु गराउन सहयोग नगरे संसद विघटनको तयारी भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलाशा गरेका छन् ।

अझै विशेष रुपले गठबन्धनले एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्ने भन्दै उनले विकल्पका रुपमा संसद विघटन नै गर्ने शब्दावली प्रयोग नगरेपनि उनको संकेत भने संसद विघटनतर्फ पनि जानुपर्ने अवस्था आउन सक्नेतर्फ संकेत गरे।

बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै संसद अवरोध नहटे विकल्पमा जानुपर्ने अवस्था आउने जानकारी गराए।

उनले भने, हिजो बिहान सरकार सञ्चलन संयन्त्रको बैठक बस्यो भने बेलुका प्रमुख नेताहरुको बैठक पनि बसियो । ती दुवै बैठकमा एकातिर एमसीसीसँग सम्बन्धित केही समीक्षा पनि भयो भने अर्कोतिर आउने निर्वाचनमा हामीसँगै जानेबारे पनि छलफल भयो।

प्रमुख प्रतिपक्षले संसद अवरोध नै गरिरहेको र अवरोधकै बीचमा आफूहरुले केहीचिज त अगाडि बढाइएको तर अपोजिसनले विरोध गरिराखेपनि सवै विधेयकहरु, प्रक्रियाहरु सहज ढंगले लाँदा लोकतान्त्रिक प्रक्रिया र हामीले अपनाइएको परम्पराका साथै भोलिका लागि बस्ने नजिर पनि गलत हुने प्रचण्डले बताए।

प्रमुख प्रतिपक्षलाई गठबन्धनकै तर्फबाट सदन सुचारु गर्न विषेश आग्रह गर्ने भन्ने भएको भन्दै प्रचण्डले त्यसो भएमा नागरिकता विधेयक लगायत धेरै विधेयक पेन्डिङमा रहेका र ति अघि बढाउने वैधानिक प्रक्रियालाई निरन्तरता दिन पहल गर्ने भन्ने भएको बताए।

सकेसम्म संसदमा एमालेको अवरोध हटाउन सहमति खोज्ने, नभए अवरोधकाबीच संसदलाई निरन्तरता दिने त्यो पनि नभए संसद नै विघटन गर्ने सम्मका विभिन्न विषयले गठबन्धनमा प्रवेश पाएको छ।

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा पनि संसदमा एमालेले गरेको लगातारको अवरोधले नागरिकता लगायतका महत्वपुर्ण विधेयकहरु अलपत्र पर्दा त्यसको असरबारे समेत छलफल भएको थियो।

सोही क्रममा एमाले सहमतिमा नआए के गर्ने ? भन्ने प्रश्नमा विकल्पहरूको खोजी गर्दा यो विषय प्रवेश पाएको हो। त्यसक्रममा नेताहरुबीच संसद अवरोध जारी नै रहेर लामो समय मुलुक चलाउनुभन्दा संसदको निर्वाचन घोषणा गर्दा हुने कानुनी र व्यवहारिक जटिलताबारे समेत छलफल भएको थियो ।

प्रचण्डको प्रस्तावलाई काँग्रेस नेता कृष्ण सिटौलाले समर्थन जनाएका थिए। सिटौलाले संसद बन्धक हुँदा विधेयकहरु अलपत्र परेको भन्दै विकल्प खोज्नुपर्ने आफ्नो पनि धारणा रहेको बताएका थिए।

नेताहरुका अनुसार बिहीबारको बैठकमा खासगरी एमसीसी अनुमोदनपछिका राजनीतिक घटनाक्रमबारे केन्द्रीत भएर बढी छलफल भएको थियो। जसमा गठबन्धनको भविष्यदेखि आगामी स्थानीय तह निर्वाचनमा सम्भावित सहकार्यका बारेमा चर्चा भएको थियो।

तेस्तै,प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य सहमति भएको खुलासा भएको छ। दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको खुलासा भएको हो।

प्रधानमन्त्री देउवा निकट एक कांग्रेस नेताका अनुसार आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न तयार भएका हुन्। सम्भव भए चुनाव अघि र त्यो सम्भव नभए संघीय चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री देउवाले गोप्य रुपमा सहमति जनाएका ति नेताले बताए।

प्रचण्डलाई आवश्यक परिस्थिति हेरेर प्रधानमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आश्वासनपछि प्रचण्ड एमसीसी पास गर्न ‘युर्टन’ भएकोसमेत ति नेताको दाबी छ ।माओवादी केन्द्र अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुँने अडानसहित सडक आन्दोलनमा होमिदै थियो ।

त्यसै क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श सुरु गरेका थिए । सत्ता गठबन्धन टुटेमा आफूहरु कुनै पनि हालतमा सरकारमा सहभागी हुने वातावरण नबन्ने, आउँदो चुनावमा गठबन्धन नबने चुनाव नजित्ने र धेरै कुरामा आफूहरु पेलिने देखेका अध्यक्ष प्रचण्डले अन्ततः एउटा बहाना बनाएर एमसीसी पास गराउन सघाएका हुन्।

छलफलकै क्रममा एमसीसी पास गर्ने हो भने आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले अवस्था हेरेर त्यो कदम पनि चाल्न तयार रहेको तर, त्योभन्दा पहिले एमसीसी पास गराउन सहयोग गर्नुपर्ने भनेपछि प्रचण्ड तयार भएका थिए ।

प्रधानमन्त्री देउवाले संघीय चुनाव हुनुभन्दा पहिले प्रधानमन्त्री बनाउने वातावरण नबनेमा चुनावपछि प्रधानमन्त्री बनाउन आफूले सहयोग गर्ने प्रचण्डलाई बचन दिएका स्रोतको दाबी छ।

अबका दिनमा आलोपालो प्रधानमन्त्री बन्ने प्रचण्डसँग सहमति गरेका थाहा पाएलगत्तै नेपाली कांग्रेसभित्र खैलाबैला मच्चिएको छ। प्रचण्डसँग सहकार्य गर्दै अघि बढेमा नेपाली कांग्रेसलाई निक्कै अप्ठ्यारो पर्ने बुझेका कांग्रेसका नेताहरुले चुनावमा गठबन्धन गर्न नहुँने बताउन थालेका छन्।

कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, नेता शेखर कोइरालालगायत नेताहरुले आउँदो चुनावमा कुनैपनि हालतमा गठबन्धन गर्न नहुँने पक्षमा रहेका छन्।

यस्तै प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई समेत आवश्यक व्यवस्थापन गरिदिने वचन दिएको ती नेताले खुलाएका छन्।

उनी भन्छन्, राजदुत नियुक्तिदेखि विभिन्न निकायहरुमा एकीकृत समाजवादी निकटहरुलाइ व्यवस्थापन गरिदिने प्रधानमन्त्री देउवाले वचन दिनुभएपछि समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी पास गर्न तयार हुनुभएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ