आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले बोलाए हाईकमाण्ड बैठक, एजेन्डा सुनेपछि नेताहरु चकित

प्रकाशित
629
SHARES

काठमाडौं। हाईकमाण्ड बैठकमा प्रचण्डले राखेको प्रस्ताव सुनेपछि नेताहरु चकित परेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका छन्।

तर माओबादि शिर्ष नेहहरु बीच भनाभन भएको बुझिएको छ, एमसिसिको बिषयलाई लिएर नेताहरु विभाजित भएका छन्। माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीका अनुसार प्रचण्डले सुरुमा ब्रिफिङ गरेका थिए।

त्यसक्रममा प्रचण्डले पार्टले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताए। एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामू आएको थियो।

त्यसअनुसार समर्थन गरेर अगाडि बढ्यौं’ प्रचण्डको भनाइ उध्दृत गर्दै नेतृ घर्तीले जानकारी दिइन्। आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको प्रष्टीकरण छ।

तर, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ।

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन्। उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्। शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ।

साथै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको पनि प्रचण्डले बताएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका छन्।

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष प्रचण्डले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तसष्टि पोखेको एक नेताले रातोपाटीलाई बताए।

उनले पार्टी अध्यक्ष प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताए। उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए। यसअघि सम्बोधन गर्दै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

गर्दा माओवादीले राख्दै आएको अडान फेरिएको नभई आवश्यकता अनुसार सही निर्णय र आवश्यक निर्णय भएको प्रचण्डको जिकिर छ। माओवादी केन्द्रको केन्द्रीय समिति काठमाडौंको राष्ट्रिय सभामा जारी छ।

तेस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ताका लागि जे पनि गर्ने प्रमाणित भएको बताएका छन्।

बिहीबार प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। त्यस्तै, एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको पनि बताए।

उनले महासचिव पोखरेलले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए। व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ। जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन।

कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ, पोखरेलले भने, हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन। हुबहु एमसीसी पारित गरेर व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको पोखरेलको भनाइ छ।

शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे। जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए, महासचिव पोखरेलले भने ।पोखरेलले सभामुख अग्नि सापकोटाले राजनीतिक पूर्वाग्रह राखेको पनि बताए।

सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ, टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ, पोखरेलको भनाई छ।

काँग्रेससँग पटक पटक भएको छलफलमा सत्ताका लागि नभएको उनले बताए। सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन। हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो। उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो,

त्यो जनताले देखिसकेका छन, महासचिव पोखरेलले भने, एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो। अन्तिममा पारित गर्ने उहाँहरु नै हुनभयो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ