आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले दियो गगन थापालाई यति ठूलो उपहार, कारण थाहा पाएपछि नेताहरु चकित

प्रकाशित
1.5K
SHARES

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ। निकै विवाधित बनेको एमसीसीमा कांग्रेस महामन्त्री गगनकुमार थापाले एमसीसीको पक्षमा माहाल बनाएर पास गराएको अमेरिकाको बुझाई छ।

त्यही कारण अमेरिकाले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अप्रत्यक्ष रुपमा गगन थापालाई सहयोग गर्न दवाव दिएको छ।त्यसका लागि अमेरिकाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा थापालाई अगाडि सार्न दवाव दिएको छ।

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले आउदो निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जादा नेपाली कांग्रेसलाई राम्रो हुने बताएका छन्।

आउँदो निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बन्ने संम्भावना भएकाले गगनलाई अगाडी सार्नु पर्ने उनको भनाई छ। एक टेलिभिजनको अन्तर्वार्तामा उनले भने, ‘गगन थापा नै अवको कांग्रेसको भविश्य हो।

यहाँलाई प्रधानमन्त्री उम्मेदवार बनाएर निर्वाचनमा जानपर्छ। अहिले गगन थापा नै भनेर पनि भन्दिन्, नेपाली कांग्रेसमा जुन संस्कार छ, त्यही लागु हुन्छ’ उनले भने, ‘नेपाली कांग्रेको संसदिय दलको नेता प्रधानमन्त्री बन्छ।

संसदिय दलको नेता प्रधानमन्त्री बन्ने भइसकेपछि, संसदिय दलको नेता बन्न अघि संसदको टिकट कस्ले धेरै बाड्छ, त्यहाँबाट आउँछ ।भोट माग्न जनतामा जाँदा आम मानिसले शेरबहादुर देउवालाई भन्दा गगन थापालाई धेरै भोट दिने भन्दै,

मेरो विचारमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेरवार बनाउँदा नेपाली कांग्रेसलाई राम्रो हुने बताए। धेरैलाई कसरी काम गर्नु होला भन्ने लागेको थियो तर जुन शैलीमा गगन थापा र शेरबहादुर देउवाले एउटा विश्वसका साथ काम गरिराख्नु भाको छ।

सबै किसिमले तालमेल मिलिराखेको छ। उनले भने। यसमा देउवाले जवाफ नफर्काएको श्रोतको दावि छ। आफै प्रधानमन्त्री उम्मेदवार बन्ने दाउमा रहेका देउवाले अमेरिकाको उक्त प्रस्तावमा सहमति जनाउने सम्मावना न्यून छ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालमा निकै विवादित बन्यो। चर्को विवादका बाबजुत गएको आइतबार एमसीसी प्रतिनिधिसभाबाट पास भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासामु आत्मसमर्पण गर्दा एमसीसी नेपालको सार्वभौम संसदबाट पास भएको हो।

सुरुमा ‘एमसीसी पास त के टेबलसम्म पनि गर्न दिन्न’ भन्ने प्रचण्ड व्यक्तिगत सुरक्षाका डरले एमसीसी संसदबाट अनुमोदन गर्न तयार भएको विश्लेषण भइरहेको छ। त्यही कारण नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ।

नेता नारायणकाजी श्रेष्ठ पूर्वएकता केन्द्र व्युताएर अगाडि बढ्ने तयारीमा छन्। उता एकीकृत समाजवादी पार्टी पनि फुटको डिलमा छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रुपमै अध्यक्ष नेपालसँग बस्न नसकिने बताइरहेका छन्।

एमसीसीका कारण पार्टी फुटको दिशातीर दौडिरहेका छन् भने देशले पनि ठूलो क्षेति व्यहोरेको छ। एमसीसी पास गर्न हुन्न भनेर लामै समय सडकहरु तातियो।कयौँ संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी र आन्दोलनकारी घाइते भए।

ट्राफिक डिभाइडर आन्दोलनकारीका टायर बनेर बले। काठमाडौँको नयाँबानेश्वर क्षेत्र रणमैदान बन्यो।नेपाल टेलिकमले करिब ५ करोड खर्च गरेर बनाएका सडकका बगैंचा मरुभु्मिमा परिणत भए।

तीनकुने देखि माइतीघरसम्म नेपाल टेलिकमले ५ करोड रुपैयाँ खचेर बगैँचा बनाएको थियो। विजुलीबजार पुलदेखि सिभिल अस्पतालसम्म अहिले उजाड बनेको छ।

विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुईवटा मोर्चाको संयुक्त आन्दोलनका कारण बानेश्वर क्षेत्र प्रतिनिधिसभा बैठक बस्ने दिन संधै रणमैदान बन्यो। आन्दोलनकारीले रुखका हाँगा भाँचेर प्रहरीमाथि बजारे।

प्रहरीका बुटले दुबु कुल्चियो। अहिले बानेश्वर क्षेत्र शान्त भएपनि एमसीसी विरुद्धको संघर्ष जारीनै छ। विप्लवसहित ६ दलिय मोर्चाले आज एमसीसी विरुद्ध विशास जनसभा गर्दैछन्।

यो मोर्चाले एमसीसी संसदबाट अनुमोदन गरेपनि जनताले नस्वीकारेको भन्दै फिल्डमा शक्ति देखाउने उद्घोष गरेका छ। टेलिकमले बनाएको बगैैचा पुननिर्माण गर्न लाखौँ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ