आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रियसभाका २० सांसदको पद चैट, यस्तो छ कारण

प्रकाशित
1.2K
SHARES

काठमाडौं। राष्ट्रिय सभामा गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि आजदेखि समाप्त भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज सिंहदरबार नजिकको एक होटलबाट ती सांसदहरुलाई विदाइ गर्दैछन्।

नेकपा एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एक जना गरी २० सदस्यहरुको पदावधि आज सकिन लागेको हो।

एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो।

यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ। माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल,

ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको कार्यकाल सकिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि आजैबाट समाप्त भएको छ।

२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो। नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण शनिबार ११ बजे संघीय संसद सचिवालयमा आयोजना गरिएको छ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका छन्।

माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह ९गरिमा० निर्वाचित भएका छन्।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

तेस्तै, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। राष्ट्रिय सभा गृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्ण कुमारी सुवेदीले जानकारी दिइन्।

यसअघि बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो ।बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरुबीच खटपट भएको छ।

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन्। उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्।

बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको नेतृ अन्जना बिशंखेले जानकारी दिइन्। आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ।

तेस्तै, नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय चुनावमा एमाले गठबन्धन बिना जाने र भारी बहुमत लिएर जित्ने दाबी गरेका छन्। उनले भने, नेकपा एमाले अझैं पनि संसदको ठुलो र नेपालको लोकप्रिय पार्टी भएको एक टेलिभिजनको अन्तर्वार्तामा बताएका हुन्।

चुनाव सबैको लागि चुनौतीपुर्ण र असहजिलो छ तर जित भनेको नेकपा एमालेको मात्र हुने उनले दाबी गरे। स्थानीय चुनाव आउँदै गर्दा एमसीसीको कारणले चुनाव सर्ने र सराउनेहरुको घुइँचो लागेता पनि तोकिएको मितिमा नै चुनाव हुनेमा आफु ढुक्क भएको ज्ञावलीले बताए।

उनले भने, ‘नेपालको प्रभावकारी पर्टी भनेको नेकपा एमाले हो, स्थानीय तहमा सबैभन्दा ठूलो पार्टी हो, जनताको हितअनुसार काम गरिरहेको छ र नेकपा एमालेले जुन अधिवेशन गर्यो राष्ट्रिय महाधिवेशन गर्यो लाखौं लाख मनिसहरु परिचालित भइरहेका छन।

एमालेको चितवनको महाधिवेशनमा मात्र पाँचलाख मानिसको जनसागर उर्लिएको थियो’ त्यसकारण पनि नेकपा एमालेले यो चुनाव भारी बहुमतले जित्ने उनको दाबी छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ