आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित माओबादी नेताको सांसद पद चैट

प्रकाशित
2K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता, बरिष्ठ अधिवक्ता तथा प्रतिनिधिसभा सदस्य रामनारायण विडारीको सांसद पट चैट भएको छ। २०७४ सालमा राष्ट्रपतिबाट मनोनित भइ गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका विडारीको सांसद पद चैट भएको हो।

उनीसहित २० सांसदको पदावधि आजबाट सकिँदैछ। रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन्। नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ।

२०७५ असार ४ मा भएको गोलाप्रथाअनुसार आजबाट रिक्त हुने सांसदले चारवर्षे कार्यकालका चिठ्ठा समाएका थिए। सांसद रामनारायण विडारी माओवादी केन्द्रको कोटाबाट मनोनित सांसद हुन्।

तेस्तै, शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। त्यसका लागि सत्तारुढ गठबन्धनमा सहमति भसकेको छ। सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केहि मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएका छन्।

माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज अथक र अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई फिर्ता बोलाउने तयारी थालेको छ। यता एकिकृत समाजवादीले शहरी विकास मन्त्री रामकुमारी झाँक्री,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई फिर्ता बोलाउने भएको छ। जसपाले पनि केही मन्त्रीलाई फिर्ता बोलाउने भएको छ।

उनीहरुले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको जनाएका थिए। काँग्रेसले पनि केही मन्त्रीलाई फिर्ता बोलाउने छ। निर्वाचन आचारसंहिता कार्यान्वयन हुनु अगावै मन्त्री मण्डल पुनर्गठन गरिसक्ने योजनामा सत्ता गठबन्धन रहेको श्रोतको दावि छ।

मन्त्रीमण्डल पुनर्गठनका बारेमा गठबन्धनको उच्च तहमा छलफल भएको छ, केहि मन्त्रीहरु हेरफेर हुनेछन् भने केहि मन्त्रालय समेत साटफेर हुन सक्छन्’, बालु्वाटार श्रोतले भन्यो।

श्रोतका अनुसार माओवादीले अर्थमन्त्री शर्मालाई मन्त्रीबाट र्फिता गरेर पार्टी महासचिव बनाउन लागिएको माओवादी केन्द्र निकट एक नेताले बताए । शर्माको ठाउँमा बर्षमान पुनलाई अर्थमन्त्री बनाउने तयारीमा प्रचण्डले गरेका छन्।

शर्माले पार्टी महासचिव नबनाए आफूलाई गृहमन्त्री बनाउन पर्ने माग राखेका छन्। उहाँको जोड पार्टीको महासचिवमै छ। तर बार्गेनिङका लागि कांग्रेसले चलाइरहेको गृह मन्त्रालयमा आँखा लगाउनु भएको छ।

माओवादी केन्द्रका चर्चित नेताले भने, अर्थमन्त्रालयमा राम्रो गर्न सकिन भन्ने उहाँ आफैलाई लागेको छ। अर्थमन्त्रीज्यूलाई फिर्ता बोलाएर पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेबारे शिर्ष तहमा छलफल भएको छ, माओवादी केन्द्र निकट एक नेताले भने।

त्यसो त केहि मन्त्रालयहरु समेत साटफेर हुने सम्भवना रहेको श्रोत बताउँछ। माओवादीलाई परराष्ट्र मन्त्रालय दिएर काँग्रेसले अर्थमन्त्रालय लिने सम्भावना समेत छ। त्यस्तो अवस्थामा वर्षमान पुनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ।

डा. नारायण खड्कालाई परराष्ट्रबाट सारेर अर्थ मन्त्री बनाउनेबारे पनि छलफल भैरहेको छ। त्यसो त ज्ञानेन्द्र बहादुर कार्कीले पनि अर्थमन्त्रालयका लागि लबिङ गरिरहेका छन्।

उता, नेकपा एकिकृत समाजवादीले गतिलो मन्त्रालय पाउनुपर्ने अडान अघि सारेको छ। भौतिक पूर्वाधार वा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व पाउनुपर्ने माग समाजवादीले अघि सारेको छ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ