काठमाडौं। तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ। रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो ‘परमाणुयुद्ध’ हुने चेतावनी दिएको बीबीसीले जनाएको छ।
तर, विश्वयुद्धको सोच आफूहरुमा नरहेको उनले बताए। लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन। यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने,
त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ। उनले भने। तेस्तै,युक्रेन हमलाको नयाँ स्याटलाइट तस्विरहरु सार्वजनिक भइरहेका छन्।
तस्विरहरुमा अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ। त्यस्तै, चेर्निहिभ र किभका सुपरमार्केट बाहिर खानेकुरा किन्न पर्खिरहेका मानिसहरुको लामो लाइनहरू देखिन्छ।
त्यसैगरी, विभिन्न सीमा बिन्दुमा युक्रेन छोड्न खोज्ने र छिमेकी देशहरु हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका मानिसरुको समूह पनि स्याटलाइट तस्विरमा देख्न सकिन्छ।
रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन्। ३ लाख जनसंख्या भएको सो सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएका छन्।
खेरसन कब्जा गर्ने क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहत हुन सक्ने अनुमान गरिएको छ। यसैबीच रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ। रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभमा शक्तिशाली बिस्फोट गराएका छन्।
संयुक्त राज्य अमेरिकाले सोमबार २०० भन्दा बढी स्टिङर मिसाइल युक्रेनलाई प्रदान गरेको एन बि सी न्यूजले जनाएको छ।यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।
तेस्तै, युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बिहीबार जनाएको छ।आफ्नो ट्विटर ह्यान्डलमा उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्,
केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ।
उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू-डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ।यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन्।
प्रतिक्रिया