आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ राजदूत यान्छी एकाएक वेपत्ता, कारण थाहा पाउने सबै चकित

प्रकाशित
2.5K
SHARES

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई ठूलो झड्का लागेको छ। एमसीसीका कारण उनको निदहराम भएको हो। उनि एकाएक बेपत्ता भएकि छिन्।

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्नु अघिल्लो दिनसम्म पनि यान्छीको सक्रियता कम थिएन। तर, अहिले उनी एकाएक भूमिगत भएकी छन्। नेपालमा एमसीसी अनुमोदन गर्ने नगर्ने भन्ने तीव्र बहस र छलफल चलिरहेका बेला यान्छीको सक्रियता निकै बढेको थियो।

उनी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरूसँग नियमित सम्पर्कमा थिइन्। कतिसम्म भने त्यही बेला उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूको एमाले अध्यक्ष केपी ओली,

र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो कन्फ्रेन्ससमेत गराइन्। एमसीसीलाई असफल बनाउनकै लागि त्यो हथकण्डा प्रयोग गरिएको हो भन्ने सबैले बुझकै थिए ।

यान्छीले माओवादीका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका झलनाथ खनाल, एमाले नेता भीम रावलको पनि भरपूर उपयोग गरेकी थिइन् ।

एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भनेर कुप्रचार गर्न लगाइएको थियो। आर्थिक सहयोगलाई पनि संसदले अनुमोदन गर्न मिल्छ भन्दै नेपाली कम्युनिस्ट नेताको दिमाग भुट्न थालेको चीन अहिले चुप छ।

चिनियाँ विदेश मन्त्रालयले एमसीसी अनुमोदन भएपछि ‘नोटेड’ गरेको प्रतिक्रिया दिएको छ। यता, काठमाडौंमा रहेकी होउ यान्छी भने ‘भूमिगत’ छिन्। उनको सक्रियता कतै पनि देखिन्न।

चीनले लामो समयदेखि नेपालमा अघोषित नाकाबन्दी लगाएको विषयमा सम्पूर्ण नेपाली जानकार छन्। त्यसमा पनि हुम्लामा चीनले नेपाली भूमि मिचेको चर्चा चलेपछि त चिनियाँहरूको मुकुण्डो उत्रिएको छ।

त्यही भएर अचेल चीनले नेपालका कम्युनिस्ट नेताहरूको भर गर्न नहुने निष्कर्षमा पुगेको बताइन्छ। तेस्तै, नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। चीनको प्रेसमिटले अमेरिका समेत ससंकित बनेको छ।

उसले आफ्नो देशको भबिष्य स्वयम् जनताले फैसला गर्ने र अरु कुनै देशले जबरजस्ती गर्न नसक्ने जनाएको छ। अमेरिकालाई इंगित गर्दै चीनले विदेश नीतिको बहानामा अरु कसै देशलाई हेपाह प्रवृति सह्य नहुने दोहर्याएको छ।

सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।

आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र’ सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने।

सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।

चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो। यस्तै एमसिसी अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ।

काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्ने उल्लेख गरिएको छ।

एमसिसीले २० वर्षको अवधिमा विभिन्न देशमा गरिबी निवारणमा मद्दत गरेकोसमेत उक्त विज्ञप्तिमा जनाइएको छ। सत्तारूढ गठबन्धनले एमसिसीबारे व्याख्यात्मक टिप्पणीसहित संसदबाट यो सम्झौता अनुमोदन गरेका थिए।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो।

अब यस पाँच वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ, दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ