आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी रास्ट्रपति पुटिनले जारी गरे यस्तो कडा आदेश, विश्वभर तरङ्ग

प्रकाशित
696
SHARES

काठमाडौं। युक्रेनमा रुसी आक्रमणको तेस्रो दिनसम्ममा १० लाख मानिसहरु पलायन भइसकेका छन्। किभमा भारी बमबारी भइरहेको छ। रुसले युक्रेनी सैनिकलाई बारम्बार आत्मसमर्पण गर्न दबाब दिइरहेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सेनालाई आफ्ना नेतालाई सत्ताबाट हटाउन भनेका छन्। पुटिनको भनाइले यो स्पष्ट भएको छ कि पुटिन अहिलेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सत्ताच्युत गरेर युक्रेनमा रुस समर्थक सरकारलाई स्थापित गराउन चाहन्छन्।

बेलायती खुफिया एजेन्सीका अनुसार रुसका समर्थन रहेका युक्रेनका केही नेता र पूर्व सैन्य अधिकारीहरु रुसले बनाउने नयाँ सरकारमा सहभागी हुन सक्छन्। यो सरकार रुसको कठपुतली सरकार हुने अनुमान गरिएको छ।

युक्रेन गठन भएपछिको ३ दशकको इतिहासमा युक्रेनमा रुस समर्थक नेताहरु पनि राष्ट्रपति र प्रधानमन्त्री भएका थिए। युक्रेनको डोनबास क्षेत्रमा रुसको पूर्ण समर्थन छ। यी कुराहरु रुसको पक्षमा छन्।

यस्तोमा रुसले युक्रेनको सत्तामा आफ्नो पक्षका नेताहरुलाई स्थापित गराउने तयारी तीब्र पारेको छ। युक्रेनमा रुसले बनाउने सरकारको प्रमुख पदको लागि मुख्य दावेदार पूर्व सांसद येहवेन मुरायेभलाई मानिएको छ।

युक्रेनका सांसद रहिसकेका मुरायेभ देशमा रुस समर्थक च्यानल चलाउँछन्। उनको जीवनको धेरै समय रुसमा बित्छ। अहिले रुसले युक्रेनमा आक्रमण गरेको छ र यो समयमा मुरायेभ क्यारेबियन द्विपमा विदा मनाइरहेका छन्।

मुरायेभ स्वयंले भने आफूलाई युक्रेनको सत्ताको दावेदार भन्दैनन्। युक्रेनको सत्ताको लागि दोस्रो दावेदार व्यवसायी आन्द्रेय क्लुयेभलाई मानिएको छ। उनी २०१० देखि २०१२ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए।

यसबाहेक उनी युक्रेनका रुस समर्थक पूर्वराष्ट्रपति यानुकोभिचका चिफ अफ स्टाफ पनि रहिसकेका छन्। पृथकतावादी दोनेत्स्कको काउन्सिलमा पनि रहेका क्लुयेभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका घोर समर्थक हुन्।

उनको रुसमा आवतजावत चलिरहन्छ। तेस्रो दावेदार शेर्री अरबुजोभलाई मानिएको छ। अरबुजोभ २०१२ देखि २०१४ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए। उनले कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका थिए।

२०१४ मा रुसले युक्रेनको क्रिमियामा आक्रमण गर्दा उनी रुसी राष्ट्रपति पुटिनको आलोचना गर्नबाट बचिरहे। पुटिनको आलोचना नगरेका कारण युक्रेनमा उनको विरोध पनि भएको थियो।

अहिले बेलायतले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा उनी पनि छन्। चौथो दावेदार पूर्व प्रधानमन्त्री मायकोला अजारोभलाई मानिएको छ। उनी २०१० देखि २०१४ सम्म युक्रेनका प्रधानमन्त्री थिए।

उनी आफ्नो सोभियत पृष्ठभूमिमा निकै गर्व गर्छन्। प्रधानमन्त्री पदबाट हटेपछि उनी अहिले रुसमै बसिरहेका छन्। उनले युक्रेनको बारेमा रुसी खुफिया एजेन्सी र विदेश मन्त्रालयलाई सूचना दिइरहन्छन्।

उनी अहिलेको युक्रेनी सरकारका आलोचक हुन्।बेलायती विदेश मन्त्रालयले आफ्ना खुफिया एजेन्सीको रिपोर्टका आधारमा बताएअनुसार रुसको खुफिया एजेन्सीले युक्रेनका रुस समर्थक मानिने कैयौं नेताहरुलाई युक्रेनमा नयाँ सरकार स्थापित गराउने विषयलाई लिएर सम्पर्क गरिसकेको छ।

यहाँसम्म कि युक्रेनमा पूर्व प्रधानमन्त्री मेकोला अजारोभको नाम पनि सूचिमा समावेश छ। यद्यपि बेलायती विदेश मन्त्रालयले यो दावीको समर्थनमा कुनै प्रमाण भने पेश गरेको छैन।

तेस्तै,युक्रेनमा रुसले गरेको सैन्य कारवाहीका कारण रुस नै विभाजित भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा युक्रेनमा आक्रमण जारी छ। तर, यो आक्रमणले रुसी नागरिकहरु विभाजित भएका छन्।

रुसमा जेनेसन ग्याप देखिएको छ, सोभियत संघको समयका नागरिकहरुले युक्रेनमाथिको आक्रमणलाई सही भनेका छन् भने सोभियत संघको पतन भइसकेपछि जन्मिएका पुस्ताले यो आक्रमणलाई गलत भनेका छन्।

१९ वर्षका भ्लादिमिरका अनुसार युक्रेनको डोनाबासलाई मान्यता दिनु ठिक हो तर युक्रेनमाथि आक्रमण गर्नु भने ठिक कारवाही होइन। २४ वर्षकी अल्योना पनि युक्रेनको घरेलु मामिलामा दखल दिनु ठिक नभएको बताउँछिन्।

उनले जुन धन यो युद्धको लागि खर्च गरिँदैछ त्यो पैसा रुसको विकास र खुसीको लागि खर्च गरिनुपर्ने उनको तर्क छ। बीए फाइनलकी छात्रा भलेरियाले हिजो बेलुकी भएको युद्ध विरोधी प्रदर्शनमा पनि भाग लिएकी थिइन्।

तर, पाकाहरु भने युक्रेनमाथिको आक्रमणलाई ठिक मान्छन्। आन्ना नामकी एक अधबैंसे महिलाले भनिन् ‘हामीले दोस्रो विश्वयुद्धमा युक्रेनको साथ दिएका थियौं। युक्रेनलाई हिटलरको कब्जाबाट स्वतन्त्र गरायौं। तर अहिले युक्रेन पश्चिमी फासीवादीको साथमा छ।

आन्नाले अगाडि भनिन् युक्रेनका शासक अहिले त्यहाँ बस्ने रुसीहरुमाथि दमन गरिरहेका छन्। यसको लागि सैन्य कारवाही पनि जरुरी छ। ७० वर्षका आन्तोनका अनुसार युक्रेनका सत्ताधारी राष्ट्रवादीहरुलाई पाठ पढाउनु जरुरी थियो तैपनि युद्ध टार्न सकिएको भए राम्रो हुन्थ्यो।

८३ वर्षका पूर्व सैन्य अधिकारी रुसलानले पनि रुसी सेनाको कारवाहीलाई पूर्ण रुपमा सही ठहर गरेका छन्। उनले भने ‘दुश्मनलाई घुँडा टेकाएरै पाठ पढाउन सकिन्छ। आजका युक्रेनका शासकलाई पाठ पढाउनको लागि पुटिनले एकदम सही कदम उठाएका छन्। रुसको ६२ प्रतिशत जनसंख्या ५० वर्षभन्दा बढी उमेरका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ