आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नारायणकाजी विप्लवको कार्यक्रममा आउने भएपछि एक्सनमा उत्रिए प्रचण्ड

प्रकाशित
759
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बिच आज विहान भेटवार्ता भएको छ। भेटमा विप्लवले एमसीसी विरुद्धको संघर्षमा सहकार्य गर्न प्रस्ताव गरेका थिए।

उनको प्रस्तावमा श्रेष्ठले हुन्छ भन्ने जवाफ दिएका थिए। विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र दुईवटा मोर्चाले यही फागुन २० गते विशाल जनसभा गर्दैछन्। उक्त सभामा समेत सहभागी हुन विप्लवले आग्रह गरेका थिए।

भेटमा श्रेष्ठले आफू उक्त कार्यक्रममा सहभागी हुने बचन दिएको नेकपा निकट श्रोतको भनाई छ। नारायणकाजी २० गते एमसीसी विरुद्धको कार्यक्रममा सहभागी हुने भएपछि पार्टी अध्यक्ष प्रचण्डले त्यही दिन केन्द्रीय समिति बैठक राखेका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका नेता श्रेष्ठ र नेकपामा महासचिव विप्लवबीच भेटवार्ता भएको हो। श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए।

भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन्।

पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ। माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ। माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ।

यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन्। विहान भएको भेटलाई आधार बनाएर प्रचण्डले नारायणकाजीलाई उक्त जनसभामा सहभागी हुनबाट रोक्न बैठक राखिएको बुझिएको छ।

नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो।

टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए। दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो।

विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ