आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कहाँबाट आयो व्याख्यात्मक विश्लेषण ? अमेरिकी दूतावासले खोलिदियो यस्तो रहस्य

प्रकाशित
686
SHARES

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट पास भएको छ । गएको आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी , जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा एमसीसी पास गरेका हुन् ।

सुरुमा एमसीसीको विपक्षमा उभिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई यू टर्न गराउन व्याख्यात्मक घोषणाले काम गरेको थियो ।

उक्त व्याख्यात्मक घोषणा कहाँबाट आयो ? यो भने रहस्यको विषय बनेको थियो । यो रहस्यको प्रदाफाँस अमेरिकी राजदूत रेन्डी बेरीले गरिदिएका छन् । उनले नै यो भूमिका खेलेका कारण एमसीसी पास भएको हो ।

बेरीले नेताहरुलाई प्रत्यक्ष र विभिन्न माध्यमले सम्पर्क गरी मनाएको बुझिएको छ । एमसीसीमा संशोधनको अडान राख्दै आएका प्रचण्ड र माधव नेपालले अन्तिममा व्याख्यात्मक विश्लेषण सहमतिको बिन्दु हुनसक्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेका थिए ।

सत्ता गठबन्धन जोगाउन देउवा पनि चाहन्थे । प्रचण्ड र माधव नेपालका लागि गठबन्धन झन् महत्वपूर्ण थियो । तर, एमसीसीको विरोधमा उत्रिएकाले ‘फेस सेभ’ अनिवार्य थियो ।

उपाय व्याख्यात्मक विश्लेषण निस्कियो । विश्वस्त स्रोतका अनुसार व्याख्यात्मक विश्लेषण ड्राफ्ट भयो । त्यसको अंग्रेजीमा उल्था गरियो । १४ फागुनको साँझ अमेरिकी राजदूत रेन्डी बेरी निकै सक्रिय भए ।

उनले ड्राफ्टबारे अध्ययन गरे । त्यसलाई एमसीसीको प्रधान कार्यालय अमेरिकामा पठाएपछि सकारात्मक जवाफ आयो । त्यसपछि व्याख्यात्मक विश्लेषणसहित एमसीसी अनुमोदन भएको बुझिएको छ ।

अमेरिकासँग परामर्श गरेरै व्याख्यात्मक विश्लेषण बनेकोले प्रचण्डले त्यसको जस लिन समेत खोजेका छन् । यसकारण व्याख्यात्मक विश्लेषणलाई आफ्नो जितका रुपमा प्रचण्डले देखाउन खोजेका छन् ।

एमसीसीमा व्याख्यात्मक विश्लेषण गराएर अनुमोदन समेत गराउनुलाई प्रचण्डले आफ्नो रणनीतिक सफलताका रुपमा प्रस्तुत गरिसकेका छन् । उनले यो घटनाक्रमसँगै सत्ता गठबन्धन अझ बलियो र टिकाउ भएको पत्रकार सम्मेलनमार्फत् १६ फागुनमा सन्देश दिइसकेका छन् ।

एमसीसी सम्झौता संसदबाट पारित भएपछि नेकपा माओवादी केन्द्रमा ठूलै पहिरो जाने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गरेर एमसीसी सम्झौता अनुमोदन गराएको भन्दै उनीहरुले केही दिनमै ठूलै टिमसहित पार्टी परित्याग गर्ने संकेत गरेका छन्।

पार्टीले एमसीसीको व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गर्ने निर्णय गरेपछि मा‌ओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन्।उनीहरुले पार्टी बैठकमा नेतृत्वको आलोचना गर्ने र आवश्यक परेमा जुनसुकै समयमा पार्टी परित्याग गर्न सक्ने रणनीति बनाएका छन्।

पार्टीको आठौं महाधिवेशनको निर्णय विपरीत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लौटी निर्णय गरेर व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गर्न गठबन्धनमा सहमति गरेको भन्दै उनीहरु नेतृत्वप्रति असन्तुष्ट बनेका हुन्।

पार्टी महाधिवेशनले एमसीसी संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरे पनि व्याख्यात्मक घोषणाको नाममा जस्ताको त्यस्तै एमसीसी पारित गरेको भन्दै नेताहरुको विरोध छ।

बिहिबार बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा व्यवस्थित रुपमा कुरा उठाइने माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताए।अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा मज्जाले कुरा उठाउने भन्दै,

उनले पार्टीले महाधिवेशनको म्यान्डेटविरुद्ध निर्णय गरेको आरोप लगाएका छन्। महाधिवेशनबाट एमसीसी संशोधन भएपछि मात्रै बल्ल पारित गर्न सकिन्छ भन्ने रहेको भन्दै पोखरेलले भने व्याख्यात्मक रुपमा पारित भन्ने संशोधन होइन।

यसको कुनै भ्याल्यु छैन। त्यो शून्य भ्याल्यु हो। अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै नगरेको बताउँदै पोखरेलले ब्याख्यात्मक रुपमा एमसीसी पारित गर्नुको अर्थ नहुने बताए ।

एमसीसी व्याख्यात्मक रुपमा पारित भए लगतै अमेरिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएकाले त्यो बाहेक अरु केही नहुने भन्दै पोखरेलले आफूहरुले अमेरिकालाई ध्यानकर्षण नभएर संशोधन गराउन खोजे पनि असफल भएको उनले बताए।

कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमा एमसीसी पास गर्न माओवादीले साथ दिएकाले पार्टी छाडेको अभिव्यक्ति दिन थालेका छन्।एमसीसी सम्झौता अनुमोदन गर्न पार्टीले सघाएको भन्दै जनप्रतिनिधिले समेत नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन्।

एमसीसीमा जनतालाई भिडाएर अमेरिकालाई खुशि: संसद्बाट अनुमोदन भएसंगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयनको चरणमा अघि बढेको छ।

व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भएपनि त्यसलाई अमेरिकाले पनि स्वागत गरेको छ, भने अपेक्षित विरोध सुनिएको छैन। यता माओवादी केन्द्र र कांग्रेसले एमसीसी पास गर्नुका कारणबारे प्रष्टिकरण दिएका छन भने एमालेको वोली बन्द भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ