आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसले ‘सबै भन्दा ठुलो फादर अफ अल बम’ खसाल्ने तयारी गर्दै, २ सहर खरानी हुन् सक्ने

प्रकाशित
1.2K
SHARES
The GBU-43/B Massive Ordnance Air Blast bomb sits at an air base in Southwest Asia waiting to be used should it become necessary. The MOAB is also called "The Mother of all Bombs" by scientists and the community alike. (Courtesy photo)

काठमाडौं। युक्रेनविरुद्ध रुसको आक्रमण तीब्र भएको छ। यो युद्धमा रुसले युक्रेनको कडा प्रतिरोधको सामना गर्नु परिरहेको छ। यही बीच बेलायती मिडियाले आशंका व्यक्त गरेको छ कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिटो घुँडा टेकाउनको लागि आफ्नो सबैभन्दा घातक हतियारमध्येको एक ‘फादर अफ अल बम’ प्रयोग गर्न सक्छन्।

रुसको यो बमलाई एभिएसन थर्मोबेरिक बम अफ इनक्रिज्ड पावर अर्थात एटीबीआइपी भनिन्छ। हुन त यो परमाणु बम होइन तर यसले पनि निधै धेरै विनाश गर्न सक्छ। रुसले यो बमको विकास २००७ मा गरेको हो।

यसबाट ४४ टन बराबरको विष्फोट हुन सक्छ। यो बमले आफ्नो आसपासको ३०० मिटर टाढासम्म क्षेत्रलाई खरानी बनाउन सक्छ। यो बमको तौल करिब १५ हजार ५६० पाउण्ड अर्थात ७ हजार १ सय किलो छ।

यो बम एक थर्मोबेरिक हतियार हो जसलाई एयरोसोल बम, भ्याकुम बम वा फ्युल एयर एक्सप्लोसिभ पनि भनिन्छ। रुसको यो घातक बम अमेरिकाको ‘मदर अफ अल बम’ भन्दा ४ गुणा शक्तिशाली छ।

यो बमको विशेषता यो हो कि यसले वातावरणमा रहेको अक्सिजन सोसेर जमिनमाथि विष्फोट गर्छ। यो बम विष्फोटपछि अत्याधिक तापक्रम र सुपरसोनिक विष्फोट तरंग वा शकवेभ उत्पन्न हुन्छ जसले आफ्नो बाटोमा आउने ठूला भवनदेखि मानिसहरु सबैलाई मेटाउन सक्छ।

यो बमलाई जेट विकानबाट खसालिन्छ त्यसपछि यो जमिनभन्दा केही फिट माथि हावामै विष्फोट हुन्छ र एउटा सानो परमाणु बमले जति नोक्सानी गर्छ। यसको प्रयोगबाट असीमित ऊर्जा र गर्मी उत्पन्न हुन्छ जसले आसपासमा रहेका जीवित चीजहरुलाई पलभरमै खरानी बनाउन सक्छ।

यो भ्याकुम बम मानव शरीरलाई बाफमा बदल्न र सहरलाई भग्नावशेषमा बदल्न सक्षम छ। रुसको ‘फादर अफ अल बम’ र अमेरिकाको ‘मदर अफ अल बम’ थर्मोबेरिक हतियारको घातक संस्करण हुन्।

थर्मोबेरिक हतियारको विकास सोभियत संघ र अमेरिकाले १९६० को दशकमै सुरु गरेका थिए। थर्मोबेरिक बमले उच्च तापमानयुक्त विष्फोट गर्नको लागि वातावरणमा भएको अक्सिजन प्रयोग गर्छ।

आम विष्फोटको तुलनामा थर्मोबेरिक बम कैयौं गुणा धेरै ऊर्जा र शकवेभ उत्पन्न गर्छ। थर्मोबेरिक बम पानीभित्र, धेरै उचाइ र प्रतिकूल मौसममा प्रयोग गर्न सकिन्न।

यी बमको प्रयोग किल्लाबन्दी, सुरुङ, बंकर, गुफाहरुलाई ध्यस्त पार्नका लागि हुन्छ। यो बमले शहरी क्षेत्रमा धेरै विनाश गर्न सक्छ। रुसमाथि २०१६ मा सिरियामा आफ्नो फादर अफ अल बम प्रयोग गरेको आरोप लगाइएको छ।

रुसमाथि सिरिया मात्र होइन चेचेन्याविरुद्ध पनि यो बमको प्रयोग गरेको आरोप लागिसकेको छ। युक्रेनविरुद्ध युद्ध जित्नको लागि पनि रुसले यो बमको प्रयोग गर्न सक्ने आशंका गरिएको।

अमेरिकासँग संसारकै दोस्रो सबैभन्दा घातक गैर परमाणु बम छ जसलाई मदर अफ अल बम’ वा म्यासिभ अर्डिनेन्स एयर ब्लास्ट बम एमओएबी भनिन्छ। अमेरिकाले यो बमको पहिलो परीक्षण २००३ मा फ्लोरिडामा गरेको थियो।

यसलाई आधिकारिक रुपमा जीबीयु ४३ भनिन्छ। मदर अफ अल बमको तौल २१ हजार ६ सय पाउण्ड अर्थात करिब १० हजार किलो छ। यसले ११ टन बराबरको विष्फोट गर्न सक्छ र १५० देखि ३ सय मिटर दुरीसम्मका कुरालाई खरानी बनाउन सक्छ।

अमेरिकाले २०१७ मा अफगानिस्तानको नांगरहारमा आइएसआइएसको अड्डामा मदर अफ अल बमको प्रयोग गरेको थियो। यसबाट त्यहाँ कति मानिस मारिए भन्ने अमेरिकाले कहिल्यै बताएन।

२००२ मा पनि अमेरिकाले ओसामा बिन लादेनलाई मार्ने प्रयासमा अफगानिस्तानको तोराबोरा पहाडमा लगभग यत्तिकै शक्तिशाली बमको प्रयोग गरेको थियो। चीनले अमेरिकाको मदर अफ अल बमको जवाफमा २०१९ मा शियान एच–६के नामक घातक बम विकसित गरेको थियो।

चीनले यो बमले कुनै पनि बिल्डिङ वा सैन्य प्रतिष्ठानलाई ध्वस्त पार्न सक्ने बताएको थियो। रुसले भित्रा- भित्रै यस्तो तयारी गरेपछि अमेरिका रास्ट्रपतिलाई थर्कमान भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ