आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रूसी बख्तरबन्द गाडीहरूको ४० माइल लामो लस्कर किभतर्फ बढ्दै

प्रकाशित
842
SHARES

काठमाडौं। रूसले युक्रेनको राजधानी किभमा सकेसम्म छिटो कब्जा गर्ने नियतका साथ सबै शक्ति लगाएर आक्रमण गर्न थालेको छ।भूउपग्रहसम्बन्धी कम्पनी म्याक्सआर टेक्नोलोजिजले सार्वजनिक गरेका तस्वीरमा रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनको राजधानी किभतर्फ बढिरहेको देखिन्छ।

रुसी फौजहरूले युक्रेनको राजधानी किभमा फेरि आक्रमण थालेको युक्रेनी सेनाले जनाएको छ। किभवरपर स्थिति तनावपूर्ण छ,” युक्रेनी सशस्त्र फौजका प्रमुखले फेसबुक पेजमा लेखेका छन्।

“शत्रुहरू लडाइँमा पराजित भइरहेको तथ्यबीच उनीहरूले सेना तथा गैरसैनिकमाथि प्रहार गरिरहेका छन्,” उनले थपेका छन्। उच्च प्रशिक्षित बेलारुसी सैनिकहरू रुसी अतिक्रमणमा सामेल हुने योजना रहेको पाइएको पनि सशस्त्र फौजका प्रमुखले बताएका छन्।

यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले बेलारुसी फौजको गतिविधिबारे कुनै सङ्केत प्राप्त नभएको जनाएको थियो। युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्। अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्। उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्।

रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्। युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ। यसैबीच, युक्रेन-बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ।

वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन। तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए। रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन्।

आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने” सहमति भएको छ।रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।

तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ। युक्रेनले अन्तर्राष्ट्रिय रेडक्रसलाई आक्रमणको क्रममा मारिएका हजारौं रुसीहरुको लाश आफ्नो देशबाट हटाउन र रुसीहरुलाई जिम्मा दिन अनुरोध गरेको छ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना वेरेश्चुकले टेलिभिजनमा एक ब्रिफिङको क्रममा भनिन् ‘युक्रेनमा हजारौं आक्रमणकारीहरुका लाशहरु छरिएका छन्। यिनीहरुलाई हटाउनु पर्नेछ । यो मानवीय आवश्यकता हो।

उनले भनिन् ‘हामी रेड क्रससँग माग गर्छौं कि रुसी आक्रमणकारीहरुका लाशहरु हटाएर रुसी संघलाई पठाइयोस्। उनले रेडक्रससँग स्पष्ट शब्दमा यो मानवीय समस्या सुल्झाउनको लागि जे गर्न सकिन्छ त्यो गर्न भनेकी छिन्।

यसअघि युक्रेनको सेनाले फेसबुकमा एक पोस्ट गर्दै लडाइँमा साढे ३ हजार रुसी सैनिक मारिइसकेको बताएको थियो ।रुसले अहिलेसम्म आफ्ना कति सैनिक मरे, कति घाइते भए र अरु कति क्षति भयो भन्नेबारे केही पनि जानकारी दिएको छैन।

शुक्रबार आइटिभी न्यूजको रिपोर्टमा रुसी स्वास्थ्य मन्त्रालयको दस्तावेजबारे बताइएको थियो। यसका अनुसार रुसले लडाइँमा मेडिकल इमरजेन्सीलाई दृष्टिगत गर्दै पूरै देशका डाक्टरहरुको सूची तयार गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ