आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सडकमा निस्किए सिधै गोली हान्नेगरी प्रशासनले निकाल्यो यस्तो सूचना

प्रकाशित
857
SHARES

काठमाडौ। सडकमा कोही निश्किए सिधै गोली हान्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ। यो सुर्खेतको खबर हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ।

हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाइएको छ। जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको छ।

हामी सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रीत भएका छौं। त्यसैले हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रबाह गरिरहेका छौं।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी डिएसपी रामप्रसाद घर्तीले भने, अहिले परिस्थिति पूर्णरुपमा नियन्त्रणमा छ। उनले हिजोको जस्तै अवस्था आए प्रशासनले दिएको आदेशअनुसार कारबाही गर्ने बताए ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा सोमबारदेखि सुर्खेत अशान्त छ। सोमबार सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले आगजनी र तोडफेड गरेका थिए।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका विभिन्न दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए भने नेपाली कांग्रेस र नेकपा माओवादीको कार्यालयमा तोडफोड गरेका थिए।

बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो।

तेस्तै, नेकपा एमालेलाई ठूलो झट्का लागेको छ। एकपछि अर्को सरकार गुमाउँदै गएको एमालेलाई फेरी अर्को झट्का लागेको हो। प्रहरीले मुगुका एमाले सांसद मोहन बानियाँलाई ब’ला’त्का’र’को आरोपमा प’क्रा’उ गरेपछि एमालेको १ सांसद संख्या घटेको छ।

उनी दोषि ठहर भएको खण्डका सांसदबाट निलम्बित हुने छ। यद्यपी उनी समानुपातिक सांसद भएकाले नेकपा एमालेले उनलाई बर्खास्त गरेर बन्द सूचीको अर्को नेतालाई संसदमा पठाउन सक्छ।

अहिले नेकपा एमालेका ९८ सांसद छन्। बानियाँलाई प्रहरीले काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन्।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उनकै उजुरीको आधारमा बानियाँविरुद्ध प’क्रा’उ पु’र्जी जारी भएको थियो।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती क’र’णी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए।

एमसीसी पास गरेपछि प्रचण्ड–माधब तनावमा: अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी० पार्टीभित्र असन्तुष्टि देखिएको छ।

एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए।

एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे लगाएत थिए।

रेखा शर्मालगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए।अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ