आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फुट्यो सत्ता गठबन्धन प्रचण्डको पत्रकार सम्मेलन देखेर नेताहरु चकित

प्रकाशित
2.3K
SHARES

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ। जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो।

साथै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषणगर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ।

राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने जनाएको छ ।ध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

१) केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध हाम्रो पार्टीले प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको थियो। प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनले विघटित संसदको पुनस्र्थापना, ओली सरकारको अन्त्य, प्रतिगमनका विरोधी शक्तिहरुको नेतृत्वमा नयाँ सरकारको निर्माण तथा गणतन्त्रको रक्षाका लागि महत्वपूर्ण काम गरेको थियो ।

जुन सही थियो। एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता सडकमा उत्रेका छन्। हाम्रो पार्टीले लगातार एमसीसीको खारेजीमा जोड दिँदै आएको छ।

एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेना समेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ।

यस परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ। गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ।

२) एमसीसीलाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ। एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जसले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पुर्याउने छ। जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरियो।

यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुश्किल पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ। सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर गर्दछौँ।

३) एमसीसी सम्झौता संसदद्वारा षड्यन्त्रमूलक ढंगबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ। उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहिन ठहर गरेको छ। माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र हो।

अन्तिम अवस्थामा आएर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ। त्यसका साथै राष्ट्रियता जस्तो गम्भीर सवालमा एमालेले देखाएको रमिता गैर जिम्मेवार व्यवहार र प्रकारान्तरले एमसीसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भत्र्सना गरेको छ।

४० एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने ठेगान भएको छ।

तेस्तै, प्रचण्डको पत्रकार सम्मेलन देखेर नेताहरु चकित बनेका छन्। यसो भने प्रचण्डले, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो। प्रचण्ड’ले संसदमा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासम्बन्धी ‘आइडिया’ आफूले नै निकालेको र यसमा केही व्यक्तिले आफूलाई ठुलो आँट र हौसला प्रदान गरेको खुलासा गरेका छन्।

सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले गत वर्ष नै आफूले एमसीसीबारे संसदमा संकल्प प्रस्ताव ल्याएर होस् वा अन्य कुनै प्रस्तावमार्फत केही विवादास्पद विषय सुल्झाएर पारित गर्न सकिन्छ कि भनेर प्रस्ताव गरेको स्मरण गराए।

तर त्यतिबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेस आफ्नो प्रस्तावमा सहमत भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेको प्रचण्डले बताए। अहिले एमसीसीका कारण सत्तारुढ गठबन्धन नै विभाजन हुने हो कि भन्ने अवस्था आएको,

त्यतिमात्र नभएर शान्ति प्रकृयाका बाँकी काम तथा यो व्यवस्था नै उल्टिने हो कि भन्ने खतरा आएको सम्बन्धमा आफूले विभिन्न विज्ञसमेतको सुझावका आधारमा संसदमा एमसीसीबारे व्याख्यात्मक प्रस्तावमार्फत सहमति जुटाउन भूमिका निर्वाह गरेको उनको भनाइ छ।

एमसीसीका कारण सम्पूर्ण प्रकृयालाई दुर्घटनामा धकेल्न सकिँदैन। पार्लियामेन्टबाट एउटा प्रस्ताव पारित गरौं भनेर पोहोर नै मैले भनेको कुरामा मेरो दिमाग क्लिक भयो, प्रचण्डले भने।

यसबारे परराष्ट्रविद् डा. अर्जुनबहादुर थापाले आफूलाई केही उपाय सुझाएको पनि उनले जानकारी दिए। डा. थापाले एउटा पक्षबाट आधिकारिक रुपमा पार्लियामामेन्टबाट यस्तो व्याख्यात्मक घोषणा गर्दा अर्को पक्षले पनि मान्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान रहेकोबारे आफूलाई सुझाएको उनको भनाइ थियो।

यस अतिरिक्त गोविन्द बन्दीले पनि भियना सन्धि अनुसार यस्तो गर्न मिल्छ भनेर आफूलाई सुझाव दिएको र काँग्रेस महामन्त्री गगन थापा लगायत पनि यही बाटोबाट अगाडि जान सकिन्छ भन्नेमा पहल गरिरहेको अवस्थामा आफुहरुकै जोडबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने बाटो रोजिएको उनले बताए।

यो विकल्प रोज्दा विनाशर्त एमसीसी अनुमोदन गर्नु नपर्ने, व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्दा कानुनी मान्यता पाउने रहेछ, यो महाकाली सन्धिको संकल्प प्रस्तावजस्तोमात्र हुने होइन रहेछ भन्नेमा आफू विश्वस्त भएको प्रचण्डको भनाइ छ।

यसमा लन्डनमा रहँदै आएका अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. सूर्यप्रसाद सुवेदीले समेत आफूलाई सुझावसहितको चार पाने पत्र पठाएर धेरै आँट दिएको पनि उनले बताए। उनले पार्टीभित्र केही नेताले यसमा असहमति जनाएको बताउँदै केन्द्रीय कमिटी बैठकमा त्यसबारे छलफल गर्ने बताए।

कतिपयलाई एमसीसीको विरोध गर्ने बित्तिकै जनताको समर्थन पाइन्छ भन्ने लागेको हुन सक्ने भन्दै प्रचण्डले यदि त्यस्तो हुने भए नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी मुर्दावादको नारा संसदमै लगाएको स्मरण पनि गराए।

आफूले अब दायाँबायाँ हुन दिन हुँदैन, देशलाई दुर्घटनामा जान दिनु हुँदैन भनेर नै व्याख्यात्मक घोषणासहित पारित गरेर एमसीसीमा जोड्न पहल गरेको उनले प्रस्ट पारे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ