आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद भवन अगाडि शक्तिशाली बम भेटियो, नेताहरु थरथर काप्न थाले

प्रकाशित
709
SHARES

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवन अगाडी शक्तिशाल कुकर बम फेला परेको छ। बम फेला परेपछि नेताहरुको सातो पुत्लो उडेको छ। बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ।

संसद भबन अगाडिनै बम भेटिएपछि प्रहरी समेत चकित परेको छ।  मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन्।

बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ।अहिले मुख्य सडक बन्द गरिएको छ। उक्त बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए।

उक्त प्रेसर कुकुर बममा नो एमसीसी लेखिएको छ। बम देखेर मान्छेहरुको भागाभाग भएको थियो। उता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ।

आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो। शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९:३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताए। अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ।

बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताए।

संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो।

संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए। त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो।

सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ। एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन्। सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो।

शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो। शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ।

संसद भवनको मुख्य गेटअघि बीच सडकमा राखिएको शंकास्पद प्रेसर कुकरका कारण प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ।सडकको बीच लेनमा राखिएको विधुतीय तारजडित बन्द प्रेस कुकर राखिएको करिब दुई घण्टापछि बम डिस्पोज भएको हो।

सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच सडकको मुख्य भागमा राखिएको उक्त प्रेसर कुकर कतिबेला त्यहाँ पुर्‍याइयो भन्नेबारे पत्तै पाउन नसकेको नजिकै पसल रहेका एक व्यवसायीले बताए।

एमसीसी पास गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न दलले सोमबार संयुक्तरुपमा नेपाल बन्द आयोजना गरेका छन्। एसपी मैनालीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ