आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी पास भएपछि बोल्यो अमेरिका, व्याख्यात्मक घोषणाबारे के भन्यो ?

प्रकाशित
2.4K
SHARES

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट पास भएपछि अमेरिकाले मुख खोलेको छ। एमसीसी सम्झौता अनुमोदन भएपछि अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्नसक्ने अवस्था सृजना भएको बताएको छ।

प्रधिनिधिसभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो। दुई करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो

दूतावासले विज्ञप्तिमा भनेको छ, अब यस पाँच–वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ। एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा रहेको विज्ञप्तिमा उल्लेख छ।

हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ, अमेरिकाले भनेको छ।

आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग मात्र अमेरिकाले एमसीसी सम्झौत गर्ने विज्ञप्तिमा स्मरण गरिएको छ।

यो वर्ष नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष पुगेको छ। यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको अमेरिकाले जनाएको छ।

परिवर्तनमा अमेरिका नेपालको साथमा उभिई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा मद्दत गरेको जनाइएको छ।

अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ। हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा संसदमा भएको व्याख्यात्मक घोषणाबारे केही पनि बोलेको छैन्। विवादित बुँदाहरुमा कानुनले नचिन्ने थप व्याख्या गर्दै एमसीसी अनुमोदन भएको हो।

तेस्तै, प्रतिनिधिसभाका चार जना सांसदले एमसीसीको विपक्षमा मतदान गरेका छन्। अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्दा विभिन्न पार्टीका चार सांसदले एमसीसीको विपक्षमा मतदान गरेका हुन्।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए। हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए।

प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाएका थिए।

त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए ।यता नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल र अन्जना विशुंखे तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि कतै पनि मत दिएनन्।

एमसीसी खारेज हुनपर्छ भन्ने माग राख्दै आएका उनीहरुले एमसीसी पक्ष र विपक्षमा मत नहाल्दा पनि एमसीसी संसदबाट अनुमोदन भएको छ।एमसीसी पास भएको विरोधमा विप्लल नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र

दुई राजनीतिक मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन्। एमसीसी संसदबाट अनुमोदन गरेपनि फिल्डमा काम गर्न नदिने संकेत स्वरुप भोली नेपाल बन्दको आयोजना गरिएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ