आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेलायती विमानलाई रुसको आकाशमा प्रतिबन्ध

प्रकाशित
454
SHARES

काठमाडौँ। रुसले बेलायतबाट हुने सबै उडानहरूलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको जवाफमा बेलायतले रुसी ध्वजाबाहक ‘एरोफ्लोट’लाई बेलायती आकाशमा प्रतिबन्ध लगाएपछि रुसले यस्तो घोषणा गरेको हो।

बेलायतसँग सम्बन्धित संस्थामा दर्ता गरिएका, स्वामित्व लिइएका, भाडामा लिइएका वा सञ्चालन गरिएका विमानहरूलाई रुसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले भनेको छ।

बेलायती उड्डयन अधिकारीहरूको असहयोग गर्ने निर्णय’को प्रतिक्रियास्वरूप उक्त प्रतिबन्ध लगाइएको रुसी प्राधिकरणले बताएको छ। तेस्तै,अमेरिकी अभिनेता तथा निर्देशक सिन पेन युक्रेनको राजधानी किभ पुगेका छन्।

अभिनेता तथा निर्देशक पेन रुसी आक्रमणबारे डकुमेन्ट्री बनाउन राजधानी किभ आएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ।दुईपटकसम्म ओस्कार अवार्ड विजेता पेन युक्रेन सरकारले राजधानी किभमा गरेको पत्रकार सम्मेलनमा देखिएका छन्।

युक्रेनको राष्ट्रपति कार्यालको इन्स्टाग्राम एकाउन्टबाट पोस्ट गरिएको भिडियोमा पेन युक्रेनका राष्ट्रपति भ्लाेदाेमिर जेलेन्स्कीसँग देखिएका छन्। निर्देशक पेन किभ आएका छन्।

विशेष गरी, युक्रेनमा भइरहेका सबै घटनाको रेकर्ड गर्न र एक डकुमेन्ट्री निर्माताका हिसाबले रसियाले हाम्रो देशलाई गरेको आक्रमणको सत्यता विश्वलाई सुनाउन उनी यहाँ आएका हुन्’, राष्ट्रपति कार्यालयले बिहीबार गरेको फेसबुक पोस्टमा भनिएको छ।

आज सिन पेन युक्रेनमा रहेर युक्रेनलाई समर्थन गर्नेहरूमध्ये एक हुन्। यस्तो साहस र इमानदारताका लागि हाम्रो देश उनीप्रति कृतज्ञ छ’, सो पोस्टमा भनिएको छ,‘पेनले यस्तो प्रकारको साहस देखाएका छन् जुन कैयौँ पश्चिमी राजनीतिज्ञलगायत धेरैसँग छैन।

पेनले गत नोभेम्बरमा युक्रेनको भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले युक्रेनका सैन्य अधिकारी तथा पत्रकारहरूसँग छलफल गरेको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ। ६१ वर्षीय निर्देशकले भाइस स्टुडियोका लागि डकुमेन्ट्री बनाउन लागेको बताइएको छ।

उनी रसियाले युक्रेनका विभिन्न सहरमा आक्रमण गर्दैगर्दा युक्रेन पुगेका हुन्। सन् २०१८ मा पेन साउदी अरेबियाका पत्रकार जमाल खसोगीको हत्याबारे डकुमेन्ट्री बनाउन टर्की पुगेको बताइएको थियो। सो डकुमेन्ट्री रिलिज भने भएको छैन।

तेस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई युरोपियन युनियन (इयू)को सदस्यता माग गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सो आग्रह गरेका हुन्।

राष्ट्रपति जेलेन्स्कीले ट्विटमा लेखेका छन्, अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन। हामी निकै अप्ठ्यारो अवस्थामा छौँ। त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस्।’ हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ।

तेस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन्। उनीहरूका बीचमा शुक्रबार भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले सो धारणा राखेका हुन्।

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन उनीहरूबीच फोनमा कुराकानी भएको थियो। त्यसक्रममा राष्ट्रपति म्याक्रोनले वार्ताको ढोका खुला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन्।

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन्। राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ। यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरू युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ।

आक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

युक्रेनले पूर्ण रूपमा सेना परिचालन गरेको बताएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यहाँ आमरूपमा सेना परिचालनको आदेश दिएका छन्। यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ।

त्यसैगरी, यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ। यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ